कला/मनोरञ्जन

मौलिकताले सिङ्गारिएकोे गलबन्दी चर्चाको शिखरमा

-जसिन्द्र श्रीपाली


प्रकाश सपूतको आफ्नै च्यानल मार्फत बजारमा भित्रिएको मौलिक गीत गलबन्दीले छोटो समयमै धेरै दर्शक श्रोताको मन जितेको छ, प्रकाश सपूत र शान्तिश्री परियारको स्वर रहेको उक्त गीतमा स्वयम् प्रकाशकै शब्द, संगीत रहेको छ । प्रिज्म स्टुडीयोमा रेकड गरिएको यस गीतको एरेन्ज कृष्ण के.सी. “भान्जाले गरेका छन्” बोल मायाको टीमले निर्माण गरेको यस गीतले मौलिकता बोकेकै कारण छिट्टै चर्चामा आउन सफल बनेको धेरैको बुझाई रहेको छ । पछिल्लो पुस्ताले आधुनिकता अपनाउदै जादा मौलिकता छायामा पारि रहेको समयमा प्रकाशले आफ्नै गाँउघरमा प्रयोग हुने ठेट शब्द गीतको बिच बिचमा प्रयोग गरेकोले गीत अझ हेर्न र सुन्न आनन्द आउने दर्शक श्रोताको प्रतिक्रिया छ । गाँउघरमा रोधि बस्दाको त्यो समयलाई प्रकाशले गलबन्दीमा टपक्कै उतारेका छन् । नया नयाँ पुस्तक पढ्न, नयाँ ठाँउ घुमघाम गर्न र सृजनशीलतामा निक्कै रुचि राख्ने प्रकाशले हरेक गीतमा केहि न केहि कुरा फरक शैलीमा ल्याउने भएकै कारण उनी छोटो समयमै सबैको मनमा बसेको धेरैको भनाई रहेको छ ।

सबै संग सहजै घुल्न सक्ने मिलनसार स्वभावका प्रकाश पछिल्लो समय अत्यधिक ब्यस्त कलाकार मध्येको एक पर्छन । शब्द, संगीत,स्वर र मोडलिङमा सबैले रुचाइका प्रकाश दर्शक श्रोताको माया प्रति आफु निक्कै खुशी रहेको बताएका छन् । कार्यक्रम को शिलसिलामा नाम्चे बजार पुगेका प्रकाश भन्छन् हामीले जति बोल माया गीतको लागी समय र मेहनत खर्चियौ त्यति गलबन्दीको लागी खर्चिन र मेहनत गर्न पाएनौ, तै पनी उहाँहरुको माया कत्ति पनी कम भएन, म त शब्द हरुकै गरिबि जस्तो छु धन्यवाद बाहेक के दिन सक्छु र  ! गीत तयार गर्ने बेला सोच्नु हुन्थ्यो कि गलबन्दीले यो खुशी थप्ने छ भनेर भन्ने हाम्रो प्रश्नमा प्रकाश हास्दै जवाफ दिए, बोल माया गरिसके पछि त्यस्कै सफलताले पनी एउटा चुनौति थप्यो मलाई त्यो माया कायम राखि राख्न र थप दरिलो सृजन गर्न यो कुरा पटक पटक सम्झिदा चाहीँ आफै झस्किन्थे , सृजना कमजोर नबनोस भन्ने कुरामा निक्कै सजक रहे सायद त्यहि बेलाको डर ले नै आज शितलता प्राप्त भएको महशुस गर्दै छु म। गलबन्दीमा चकचके स्वभावमा देखिएका प्रकाश र लजालु स्वभावमा देखिएकी अन्जलीको भुमिकाको धेरैले तारिफ गरेका छन् । गीत चर्चाको शिखरमा जादै गर्दा यो सफलताको श्रेय आफुलाई मात्र नजाने भन्दै प्रकाशले सिंगो गलबन्दी टीमलाई धन्यवाद ब्यक्त गरेका छन् ।

शुक्र, जेष्ठ १७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गोसाईकुण्डको यात्रानुभव गत शनिवार एक समारोहका बीच  विमोचित

जिन्दगी यात्राहरुको अनवरत श्रृंखला हो । आफ्नो जीवनकालमा सबै मानिसले थुप्रै स्थानको यात्रा गरेका हुन्छन् । ती मध्ये धेरैले यात्रालाई आफ्नो मानस्पटलमा मात्र राखेर सन्सारबाट बिदा लिन्छन केहीले भने सबैलाई अनुभूति बाँडेर पुण्य कमाउछन् ।  यस्तै यात्रा अनुभूति बाँडेर पुण्य कमाउने व्यक्तित्व हुन कृष्ण...

रोशन बुढाथोकीको जोडदार अभिनयमा नयाँ तीज गीत

“लजाउन लाहुरे” बोलको तीज गीत भर्खरै प्रकाशमा आएको छ /उक्त गीतमा रोशन बुढाथोकीको बेजोड अभिनयका साथै नारायण रिजाल ,शोभा भण्डारी र उषा गुरुङले साथ दिएका छन् /कल्पना गुरुङ र श्याम परियारको मिठो स्वारमा रहेको सो गीतको शब्द रचना कल्पना गुरुङ्गको रहेको छ /माला श्री रेकर्दिङ्ग...

चर्चा बटुल्दै बिनोद ढकालको ब्यङग्यत्मक गित टिकटक गरम आउ ।

अाफ्नो काम नै छोडेर टिकटकमा रमाउने बिकृति बिरुद्धको ब्यङग्यत्मक झटारो । म्युजिक ल्याब प्रा.लि.को प्रस्तुति विनोद ढकाल र बिमला कुमालको तिज गित~ गित:टिकटक गरम अाउ, लय/शब्द:विनोद ढकाल, स्वर: विनोद ढकाल र बिमला कुमाल, अभिनय: पवन खतिवडा(म्याकुरि), शुशिला निरौला( बिम्लि), रोमा बिष्ट,बिनोद अधिकारी, प्रकाश कटुवाल,राजु बोहरा,...

यम लिम्बुको सशक्त अभिनयले सुसजित “चन्चले नानी” बोलको गीत सार्वजनिक

राई इज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” बोलको गीत सार्वजनिक भएको छ । गीतमा उमेश रार्ईको शब्द तथा डि आर अटुको संगीत रहेको छ ।   “चन्चले नानी” गीतलाई राजु कार्की ले एरेन्ज गरेका छन । गीतमा प्रेमी प्रमिका विचको प्रेमलाई गीत मार्फत ब्यक्त...

सुध्रिए एण्टिना स्कुल स्कुलमा चेतनामूलक फिल्म देखाउदै

कुनै बेला टेलिसिरियलहरुमा एउटा पात्र खुब चर्चित थियोे । लामो टुप्पी भएका चर्चित हास्यकलाकार एण्टिनालाइ मोबाइल को टावर नआउदा सम्झनेहरु अहिले पनि छन् । उनको अभिनयले एक समय देशमा तहल्का पिटेको थियोे । स्वभाविक छ अहिले उनि के गर्दैछ्न एण्टिना भन्ने प्रश्न । पछिल्लो केही बर्ष...

अनामणिको शब्दमा नेपाल आइडल सेकेन्ड रनरअप प्रताप दासको स्वरमा नयाँ गीत

  काठमाडौँ: नेपाल आइडल पहिलो सिजनका सेकेन्ड रनर अप प्रताप दासको स्वरमा नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनीक ‘माया के हो’बोलको गीतमा शब्द रत्न प्रसाद अनामनी श्रेष्ठको र संगीत रिमेश कुमारको रहेको छ । लिगेश भट्टराइले निर्देशन गरेको भिडियोलाइ सुमन कोइरालाले छायाँकन गरेका छन्...