कला/मनोरञ्जन

बाग्लुङ्ग बुर्तिबाङ्गमा भब्य कार्यक्रम गरि मनाउदै जातीय भेदभाव तथा जातीय उन्मुलन दिवस ।

-जसिन्द्र श्रीपाली, काठमाण्डौ 


जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस यहि जेष्ठ २१ गते देशभर बिभिन्न कार्यक्रम गरि मनाउने तयारि रहेको छ । जस अन्तर्गत पश्चिम बाग्लुङ्गको बुर्तिबाङ्गमा पनि विविध कार्यक्रम गरि मनाउने तिब्र तयारी रहेको छ । क्षेत्रीय दलित सञ्जाल क्षेत्र नं २ बाग्लुङ्गको आयोजनामा सम्पन्न हुन लागेको उक्त कार्यक्रमको मुख्य उद्देश्य जातीय  भेदभाव र छुवाछुत अन्त्यका लागि सामाजिक जागरण सृजना र जनस्तरमा चेतना जगाउने रहेको आयोजक     को भनाई रहेको छ । ढोरपाटन नगरपालिकाको आर्थिक सहयोगमा, क्षेत्रीय दलित सञ्जाल क्षेत्र नं। २ बागलुङले उक्त दलित आम सभाको आयोजना गरी दिवस मनाउने तयारी गरेको हो, ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले प्रमुख आतिथ्यता रहने उक्त कार्यक्रममा  मोडेल तथा पछिल्लो समय अत्यन्तै चर्चामा रहन सफल गीत गलबन्दीका सर्जक, गायक प्रकाश सपुत, सोहि गीतका चर्चित गायीका शान्ति श्री परियार र अर्की गायीका  सीता परियारको बिशेष सांगेतिक प्रस्तुति रहने कार्यक्रम संयोजक अशोक विश्वकर्माले जानकारि दिएका छन् । २०६३ साल जेष्ठ १२ गते सरकारले देशलाई छुवाछुतल मुक्त देश भनेर घोषणा गरेपनी जनमानसमा चेतनाको कमी भएको कारण समाजमा अझै पनी जातीय छुवाछुत कायमै रहेको परिप्रेक्षमा यस्ता खाले कार्यक्रमले जनमानसमा शिक्षा फैलाउदै शान्ति र बिकासको बाटोमा लैजाने भन्दै सम्पुर्ण लाई कार्यक्रममा उपस्थितिको लागी समेत आयोजकले निमन्त्रणा गरेको छ ।
यस्तै पश्चिम बागलुङका स्थानिय तहहरु ढोरपाटन नगरपालिका, गल्कोट नगरपालिका, ताराखोला, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकाका प्रमुख तथा अध्यक्षहरुको आतिथ्यता रहने , ५ ओटै पालिकाका दलित समुदायका नागरिकहरु, दलित अधिकारकर्मीहरुको व्यापक सहभागिता रहने आयोजकले जनाएको छ ।
संयोजक अशोक विश्वकर्माका अनुसार, कार्यक्रममा पत्रकार तथा दलित अभियान्ता अशोक दर्नाल र हेमराज आचार्यको विशेष उपस्थिति रहने छ  , उक्त दिन बृहत ¥याली सहित कार्यक्रम हुने उनले बताए ।
त्यसैगरी कार्यक्रममा चर्चित गायक तथा मोडल प्रकाश सपुत, लोक दोहोरी गायिका शान्तीश्री परियार र सीता परियारको बेजोड सांगीतिक प्रस्तुति समेत रहने संयोजक विश्वकर्माले जानकारी दिए । कार्यक्रमलाई भव्य रुपमा सफल पार्नका लागि प्रचार, प्रसार लगायत व्यवस्थापनको तयारी तिब्र पारिएको विश्वकर्माको भनाई छ ।
कार्यक्रम सफल पार्नकै निमित्त आफुहरु प्रचारप्रसारमा निरन्तर खटेको र तयारी करिब अन्तिम चरणमा पुगेको आयोजक को भनाई रहेको छ।

आइत, जेष्ठ १९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मिस नेपाल यूएस  को सातौँ संस्कररण अक्टोबरमा नेब्रास्कामा हुने 

नेब्रास्का नेप्लीज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संयोजनमा मिस नेपाल यूएस  को सातौँ संस्कररण यस वर्षआगामी अक्टोबरमा नेब्रास्कामा हुने भएको छ । मिस नेपाल यूएस का संस्थापक अध्यक्ष अमित शाह र नेब्रास्का नेप्लीज सोसाइटीका अध्यक्ष राज आचार्यको पछिल्लो पटक भएको सहमति अनुसार सो प्रतियोगिता आगामी अक्टोबर १२ मा नेब्रास्काको ओमाहामा गर्ने निर्णय भएको हो । सन् २०११ मा...

स्वर्गीय कलाकार तथा पत्रकार चन्द्रमणि मुडभरिको आत्माको चिर शान्तिको कामना

२०४८ असार ३० गते नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ कुमरीमा पिता नवराज मुडभरी र माता गङ्गा मुडभरीको कोखबाट जन्मेका अन्त्यन्त मिजासिला र हसिला ब्यतित्व थिए , नायक चन्द्रमणि मुडभरी । सानै देखि गीत संगीत र कलाकारितामा रुचि राख्ने मुडभरिको बाल्यकाल नुवाकोट मै बित्यो...

मौलिकताले सिङ्गारिएकोे गलबन्दी चर्चाको शिखरमा

प्रकाश सपूतको आफ्नै च्यानल मार्फत बजारमा भित्रिएको मौलिक गीत गलबन्दीले छोटो समयमै धेरै दर्शक श्रोताको मन जितेको छ, प्रकाश सपूत र शान्तिश्री परियारको स्वर रहेको उक्त गीतमा स्वयम् प्रकाशकै शब्द, संगीत रहेको छ । प्रिज्म स्टुडीयोमा रेकड गरिएको यस गीतको एरेन्ज कृष्ण के.सी. “भान्जाले गरेका...

धुर्मुसद्वारा कुलमान घिसिङसँग सहयोगको माग, समस्या समाधान गर्न घिसिङको निर्देशन

काठमाण्डाै –चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्नुभएका हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सहयोग माग गर्नुभएको छ । सोमबार घिसिङलाई भेटेर धुर्मुसले आयोजनास्थलमा उच्च भोल्टेजको बिजुली नहुँदा ठूला संरचनाको काम गर्न अप्ठेरो भएको गुनासो गर्नुभएको थियो । भेटमा कार्यकारी निर्देशक कुलमान घिसिङले आफू...

दोहोरी साँझको वास्तविकता खुलाउदै प्रकाश कटुवाल र बिनोद ढकाल

नेपाली गीत संगीतमा निरन्तरता मौलिकतालाइ प्राथमिकता, यसै भावनालाई आत्मसाथ गर्दै म्युजिक ल्याब प्रा लि ले फेरी अर्को लोक दोहोरि गीत बजारमा ल्याएको छ। नेपाली मौलिक कला र संस्कृतिको संरक्षणमा जुटिरहेको यस कम्पनीले एकपछि अर्को गीत बजारमा ल्याउने क्रममा दोहोरि साझामा भन्ने गीत बजारमा ल्याएको हो।...

माधब प्रसाद सिग्देलको मार्मिक लोकदोहोरी ”जोगी” (भिडियो सहित)

पछिल्लो समयमा निकै चर्चा परिचर्चा बटुल्न सफल सर्जक रामु विरहीको लय तथा शब्द सिर्जनामा नयाँ लोक दोहोरी “जोगी” बजारमा आएको छ । गीतमा गायक सञ्जय परियार र गायिका धर्तिमा थापा मगरको आवाजमा सजिएको मार्मिक लोकदोहोरी गीत बजारमा आएको हो । छोटो समयमा नै यस गीतले...