समिक्षा

तारा के.सी.को कवितासङ्ग्रह प्रिय छोरीमाथि अन्तरक्रियात्मक समीक्षा


काठमाडौँ, जेठ ३ गते ।
कवि तथा साहित्यकार तारा के.सी.को कवितासङ्ग्रह प्रिय छोरीमाथि अन्तरक्रियात्मक समीक्षा गरिएको छ । कार्यक्रममा ताराको भर्खरै प्रकाशन भएको चौथो कवितासङ्ग्रह ‘प्रिय छोरी’ को अन्तरक्रियात्मक कार्यक्रम राखेर सङ्ग्रहभित्रका कविताहरूको बारेमा बहस गरिएको हो । त्यस अवसरमा कविता के हो ? कविताको बनोट, सिल्प र कविले प्रयोग गर्ने कलात्मक बिम्बहरूको बारेमा र सङ्ग्रहभित्र समावेश भएका कविताहरूको बारेमा बडो मिहिन ढङ्गले आफ्ना कुराहरू, प्रतिक्रियात्मक रूपमा आफ्ना सुझावहरू दिएर कविलाई सचेत गराउँदै उर्जा थप्ने काम गरिएको थियो ।
कार्यक्रममा डा.शैलेन्दुप्रकाश नेपाल, कवि त्रिभुवनचन्द्र वाग्ले डा.बिदुर चालिसे, डा.गोपाल पौडेल, डा. सत्यराज थपलिया, कवि रत्नप्रसाद अनामणि श्रेष्ठ, कवि उमेश पाण्डे, चारवेदका अनुवादक तिलकप्रसाद लुइटेल, कवि द्वारिका कुइकेल, कवि चन्द्रा न्यौपाने, कवि सीता बिष्ट कार्की, कवि गङ्गा आचार्य सेढाई, कवि धरणिधर गुरागाई, कवि भवानी मैयाँ पन्त र बिरीन्द्रा घलेले सङ्ग्रहभित्रका कविता वाचनका साथै कविताको बारेमा आआफ्ना विचारहरू राख्नुभएको थियो ।

के.सी.को चौथो कृति कवितासङ्ग्रहमाथि टिप्पणी गर्दै लेखक तथा संस्कृत भाषा विज्ञ तिलकप्रसाद लुइटेलले कविताहरू आयतनको हिसावले लामाभन्दा छोटा धेरै छन् र उनका कविताले पोखरीमा नपसी समुद्रमा पौडन सकिन्न भन्ने शिक्षा दिन्छन्, भन्नुभयो । डा.गोपाल पौडेल मण्डनेले आयतनमा लामा–छोटाभन्दा पनि कवितामा बिम्ब र प्रतीक हुनुपर्छ र तिनले सन्देश दिनसक्नुपर्छ भन्नुहुँदै कविता लेखनले साहित्यका अन्य विधाको लेखनमा सुधार र परिष्कृत गर्न सिकाउँछ, ताराका कविताले पनि त्यो कुराको सङ्केत गरेको बताउनुभयो ।
डा.बिदुर चालिसेले ताराका कवितामा आमा, बा, छोरी जस्ता पारिवारिक बिम्बहरू बढी आएका छन् र महिलाका कुण्ठा कविताका मूल प्रवाह बनेर रहेका छन्, भन्नुहुँदै गद्य कवितामा हेर्ने नै बिम्ब हो, त्यसकारण संरचनागत् दृष्टिले कविता धेरै लामा हुनु राम्रो नहुने बताउनुभयो । पुस्तकको शीर्षक छनोट गर्दा त्यो कविताले केन्द्रीय भावलाई समात्न सक्ने हुनुपर्छ, डा.चालिसेले भन्नुभयो, ‘हरेक कविता परिष्कारतर्फ अगाडि बढ्ै गएर कविको निजत्व र पहिचान दिनसक्ने हुनुपर्दछ ।’
कवितामा सबैभन्दा मुख्य कुरा अनुभूति र चिन्तन चाहिने बताउँदै डा.शैलेन्दुप्रकाश नेपालले मन छुने सामाजिक विषयमा शीर्षकको छनोट गरेर कविता लेख्दा सहज हुने र कविता शीर्षकको केन्द्रीय भागको वरिपरि घुम्ने हुन्छ, भन्नुहुँदै ‘वादे वादे जायते तत्व बोध’ नै कविता लेखन, परिमार्जन र परिष्कृतको उत्तम उपाय हो, भन्नुभयो । यस्ता कार्यक्रमहरू नियमित हुनुपर्नेमा डा.नेपालको जोड थियो । ताराका कविता सरल र समसामयिक रहेको पत्रकार त्रिभुवनचन्द्र वाग्लेको भनाइ थियो । उहाँले कवितामा सौन्दर्य र सन्देशको सन्तुलन हुनुपर्ने बताउँदै शब्दलाई भिन्न तरिकाले प्रयोग गर्नसक्नु पर्छ, भन्नुभयो । आञ्चलिक शब्दको प्रयोग गर्दा ती शब्दमा नोटिफिकेसन दिनु जरुरी छ, भन्नुहुँदै वाग्लेले कवि आफ्नो कवितामा सन्टुष्ट भएर कविताको शीर्षक निबन्धजस्तो नराखी कुनै समसामयिक विषय र सन्दर्भ बोकेको कविता लेख्न सकियो भने नै त्यो कवि र कविता सफल र उत्कृष्ट बन्न सक्ने, बताउनुभयो ।
कवि रत्नप्रसाद अनामणि श्रेष्ठले विभिन्न संगम, दोभान र त्रिवेणीको रमणीय प्राप्ति नै कविता हो भने कविता लेख्दा विभिन्न आँखाले हेर्नुपर्ने रहेछ, भन्ने बताउनुभयो । त्यस अवसरमा डा.सत्यराज थपलिया, सीता बिष्ट कार्की, द्वारिका कुइकेलले पनि ताराका कवितामा आफ्ना विचारहरू राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण संसाकका सम्पादक÷प्रकाशक उमेश पाण्डेले गर्नुभएको थियो ।

आइत, जेष्ठ १९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न.२ /अक्षर बिम्बमा लेखिकाहरु

पुस्तकको नाम : अक्षर बिम्बमा लेखिकाहरु (खण्ड १ )   विधा : लेखिका परिचय+लेखहरु संकलन तथा सम्पादन : मोहन दुवाल प्रकाशक : जनमत प्रकाशन,बनेपा संस्करण : पहिलो पुस्तकको मुल्य :  ११११ /-  संस्थागत ०००/- आवारण : सुन्दर श्रेष्ठ मुद्राक : कम्प्युटर सेटिंग:श्रीकृष्ण बादे पृष्ठ संख्या : ५२८+८ पृष्ठ पुस्तकको साइज : A 4 ISBN NO.: 9789937924641 रचना संख्या...

अनामणिका चम्ल्याहा बाल कृति

बाल साहित्य विषय उठान कुराकानीमा साह्रै नरम, लगनशीलताका पक्षमा कछुवा जस्तो बिस्तारै अघि बढिरहने नजानिँदो साहित्यिक व्यक्तित्वको नाम हो – रत्नप्रसाद अनामणि श्रेष्ठ । पुख्र्यौली घर काभ्रेपलाञ्चोकको नालालाई मनबन्धकीमा राखेर उहाँ बसिरहनु भएको छ काठमाडौँस्थित गोङ््गबुँको टोखा नगरपालिकामा । सडकको धुलो र कसिङ््गरले ढाकिराखेका साना ठुला सबै आकार...

“हिरासतका दिन”भित्र सरसर्ती पस्दा

कवि रसुवालीको पछिलो प्रकाशित कृतिको नाम हो हिरासतका दिन । आफ्नो जीवनको महत्वपूर्ण समय हिरासतमा बिताउनु पर्दाको अनिभुतिलाई यस कृतिमा सजाउनु भएको छ ।  यस कृतिलाई रातो हिमाल द्वौ मासिकबाट प्रकाशित भएको हो । स्मार्ट साइजको आकर्षक वेट लेस पेपरमा छापिएको उक्त पुस्तकको मुल्य २५०/-रहेको...

“तँ” उपन्यास भित्र खोतल्दा

याे उपन्यास दश भागमा विभाजन गरिएकाे छ भाग एकमा उपन्यासकार स्वयंम याैटा पात्र हुनुहुन्छ साथै अर्काे मुख्य पात्र या तँ का जन्मदाताका रुपमा एक जना भुतपूर्व सिडियाे लाई खडा गर्नु भएकाे छ जुन पात्रकै घरमा उहाँले आफ्नो व्यवसाय संचालन गर्नु भएकाे रहेछ तसर्थ उहाँ घर...

अक्षरमार्ग सिर्जना समूहको चौथो श्रृङ्खला

अक्षरमार्ग सिर्जना समूहले चौमासिक रूपमा संचालन गर्दै आएको सिर्जनालयको चौथो श्रृङ्खलामा रेखाकवि टंक साम्बाहाम्फे, कवि तारा के.सी. र मुक्तककार मीलन समीर सुनिएका छन् । लामो समयदेखि साहित्यको कविता विधामा कलम चलाउँदै रेखा कवितालाई स्थापित बनाउन सक्रिय हुँदै आएका आएका रेखाकवि टंक साम्बाहाम्फेले समसामयिक विषयका आधा दर्जन...

गाविस/जिबिस खारेज, नयाँ संरचनामा आफ्नो ठेगाना खोज अनलाइन खोलेर हेर्नुहोस् खोजअनलाइनलाई पुस्तक प्राप्ति-१ / एक सुर्य ,अनेक आलोक

पुस्तकको नाम : एक सुर्य ,अनेक आलोक विधा : समिक्षा पुस्तकको लेखक : भीमप्रसाद काफ्ले प्रकाशक : जनमत प्रकाशन,बनेपा संस्करण : पहिलो पुस्तकको मुल्य :  ७५०/-  संस्थागत १०००/- आवारण : पूर्णराम तुलाधर मुद्राक : न्यू पनौती प्रिन्तिंग प्रेस कम्प्युटर सेटिंग: पृष्ठ संख्या : ५६०+८ पृष्ठ पुस्तकको साइज :  डिमाइज ISBN NO.: 9789937897280 रचना संख्या : खण्ड-१...