साहित्य गतिबिधि

साहित्यिक मैत्रीपूर्ण भलिबल खेल नुवाकोटमा सम्पन्न


काठमाडौँ, जेठ १७ गते शुक्रबार ।
संसाक मासिक र साहित्यकार खेलकुद समाज नेपालको आयोजनामा श्रीजनज्ञान निकेतन मा.वि., थानापति, नुवाकोटमा साहित्यकार र शिवपुरी गाउँपालिका भित्रका शिक्षकहरूको बीचमा मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भयो ।
खेल उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष, रामकृष्ण थापाले साहित्यकार तथा विद्वान मित्रहरूसँगको सामिप्यमा यसरी खेल खेल्न पाउँदा आपूmलाई निकै खुशी लागेको बताउँदै तपाईंहरूको साथमा त्यही खुशी बाँड्न आपूm पनि खेल खेल्न समावेश भएको बताउनुभयो ।
विशिष्ट अतिथि साहित्यकार रामबाबु सुवेदीले बालबालिकाको सर्वाङ्गीण विकासको लागि कला, साहित्य, संस्कृति र खेलकुदलाई सँगै लिएर हिड्नुपर्ने बताउँदै त्यसको लागि विद्यालयहरूको झन् ठूलो भूमिका हुने कुरा बताउनुभयो । साखेस नेपालका अध्यक्ष, डा.शैलेन्दुप्रकाश नेपालले ‘साहित्य र खेलकुदको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै यस्ता कार्यक्रमहरूले बालबालिकामा पु¥याउने फाइदाका बारेमा बताउनुभएको थियो ।’ कार्यक्रमका संयोजक तथा संसाकका सम्पादक÷प्रकाशक उमेश पाण्डेले यसरी विभिन्न ठाउँमा सञ्चालन गरिने खेलकुदले साहित्यकारहरूलाई गतिशील बनाउँदै साहित्यिक उर्जा थपिने धारणा राख्नुभएको थियो ।
त्यस अवसरमा साहित्य र साहित्यकारहरूलाई अति मन पराउनुहुने शिक्षा र समाज सेवाका अथक साधक जनज्ञान मा.वि.का निवर्तमान प्रधान अध्यापक ताराप्रसाद पाठकलाई उहाँको योगदानको उच्च कदर गर्दै संसाक मासिक र साहित्यकार खेलकुद समाजको तर्फबाट सम्मान गरिएको थियो ।
उद्घाटन कार्यक्रम शिवपुरी गाउँपालिका ११ नं. का वडाका वडा अध्यक्ष पदम थपलियाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा हालै सेवा निवृत्त हुनुभएका प्र.अ.ताराप्रसाद पाठक र वर्तमान प्र.अ. महेशप्रसाद सिलवालले पनि साहित्य र खेलकुदको सम्बन्धका बारेमा आफ्ना धारणा राख्नुभएको थियो ।
उद्घाटन कार्यक्रमपछि आयोजित मैत्रीपूर्ण खेलमा साखेस नेपालका अध्यक्ष डा.शैलेन्दुप्रकाश नेपालको नेतृत्वको टोलीमा उमेश पाण्डे, बलराम दाहाल, दुर्गाप्रसाद अधिकारी, प्रह्लाद लामिछाने, कृष्णप्रसाद अधिकारी, भगवती रोका भूमिका, कृष्ण मोक्तान र प्रशान्त डंगोल रहनुभएको थियो । त्यसैगरी शिवपुरीको शिक्षक टोलीको नेतृत्व जनज्ञान मा.वि.का शिक्षक श्रीराम पाठकले गर्नुभएको थियो भने उहाँको टोलीका अन्य खेलाडीहरूमा बोधनाथ लामिछाने, जनक थपलिया, माधव ठकुरी, जीवन हितान र अन्जान अन्जान रहनुभएको थियो ।
दुई सेट मात्र खेलिएको मैत्रीपूर्ण खलिबल खेलमा पहिलो सेट शिवपुरी शिक्षक टिमले २५–१८ मा जितेको थियो भने दोस्रो सेट साखेस नेपालको टिमले २५–२० मा जितेको थियो ।
खेलमा अतिथि खेलाडीमो रूपमा शिवपुरी गाउपालिकाका प्रमुख रामकृष्ण थापा, निवर्तमान प्र.अ.ताराप्रसाद पाठक, विशिष्ट अतिथि रामबाबु सुवेदी र डा.बिदुर चालिसेले पनि सहभागी हुनुभएको थियो ।
खेलमा उत्साह र हौसला प्रदान गर्न सयौँ शिक्षक, विद्यार्थी, अभिभावक र वरपरका दाजुभाइ तथा दिदीबहिनीहरूको उपस्थिति रहेको थियो ।
यस अघि काठमाडौँबाट गएको साहित्यकारको टोलीलाई ज्योति कुञ्ज एकेडेमी, थानसिङमा भव्य स्वागत गरिएको थियो । विद्यालयका प्रिन्सिपल रविन्द्र डंगोलले उपस्थित साहित्यकारहरूलाई स्वागत गर्दै देशका विभिन्न ठाउँबाट पाल्नुभएका साहित्यकारहरूको आगमनले विद्यालय परिवारलाई खुशीलागेको कुरा व्यक्त गर्दै यसबाट विद्यालयका भाइबहिनीहरूलाई पनि हौसला र प्रेरणा मिल्ने बताउनुभयो । साखेसका अध्यक्ष डा.शैलेन्दुप्रकाश नेपालले यसरी विभिन्न ठाउँमा गरिने भ्रमण, खेलकुद र साहित्य लेखनको आवश्यकता र महत्वको बारेमा बताउनुभएको थियो । स्वागत समारोहमा विशिष्ट अतिथि रामबाबु सुवेदीले बालगीत गाएर सुनाउनुभएको थियो ।

कार्यक्रममा काठमाडौँबाट निम्न साहित्यकारहरूको सहभागिता रहेको थियो ः
रामबाबु सुवेदी, डा.बिदुर चालिसे, डा.बमबहादुर जिताली, पुष्करराज रेग्मी (पाल्पा), बासुदेव गुरागाई, डा.गोपाल पौडेल मण्डने, प्रेम राई परीक्षित (खोटाङ), रामप्रसाद पन्त, ठाकुर शर्मा, प्रह्लाद लामिछाने, भगवती रोका भूमिका, दुर्गाप्रसाद अधिकारी भमरकोटे, बलराम दाहाल, भैरवी ढुङ्गाना भूगोल, मुरली प्रसाद ढकाल, दामोदर ढकाल दीपक, गङ्गा आचार्य सेढाई, गङ्गा आचार्य (पर्वत), राधादेवी पाण्डे र लक्ष्मी बस्नेत ।

कार्यक्रममा खेलकुद समितिका निम्न पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ः
अध्यक्ष डा.शैलेन्दुप्रकाश नेपाल, महासचिव उमेश पाण्डे, कोषाध्यक्ष तारा के.सी., सहकोषाध्यक्ष प्रशान्त डंगोल, सदस्य टंकबहादुर खत्री, सदस्य सीता बिष्ट कार्की, सदस्य धरणीधर गुरागाई, सदस्य सानु शर्मा, सल्लाहकारहरू कृष्णप्रसाद अधिकारी र द्वारिका कुइकेल ।
काठमाडौँबाट बिहान १०ः३० मा हिडेको साहित्यिक टोलीले गोंगबुँ, टोखा, झोर, जगात, गुर्जेभङ्ज्याङ, ठानाभङ्ज्याङ, काफलडाँडा (शीतलपाटी), जनज्ञान मा.वि.(थापागाउँ), ज्योति कुञ्ज एकेडेमी (थानसिङ, छहरे) सम्म पुगी विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउँदै पुनः सोही बाटो हुँदै साँझ ६ः३० मा काठमाडौँ आइपुगी आफ्नो यात्रा समापन गरेको थियो ।

आइत, जेष्ठ १९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मैत्रीपूर्ण साक थोन–२०७६ सम्पन्न

काठमाडौँ, असोज ११ गते । संसाक मासिक, साहित्यकार खेलकुद समाज नेपाल र काठमाडौँ ग्लोबल स्कुलको संयुक्त आयोजनामा डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्व र नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगत्प्रसाद उपाध्याय प्रेक्षितको प्रमुख आतिथ्यको साथै प्रदेश नं. ३, काठमाडौँ क्षेत्र नं. ६ का सभासद् दीपक निरौलाको विशिष्ट आतिथ्यमा साहित्यकार, कविहरूको...

राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्षमा प्रवेश

७ असोज, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्षमा प्रवेश गरेका छन् । विक्रम संम्वत् १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका घिमिरे आजबाट १०१ वर्षमा प्रवेश गरेका हुन् । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता,...

गोंगबु साहित्य समाजका सचिब तारा केसीलाई इडन ब्रिज एकेडमी बाल साहित्य सम्मान

इडन ब्रिज एकेडेमीले काभ्रेपलाञ्चोक पनौतीकी कवि तथा कथाकार तारा केसीलाई इडन ब्रिज एकेडमी बाल साहित्य सम्मान प्रदान गरेको छ । नेपाली साहित्यमा ओझेलमा परेको बाल साहित्यको उत्थान र विकासमा पुयाएको योगदानको कदर गर्दै एकेडेमीले कवि तथा कथाकार केसीलाई दोसल्ला ओढाएर सम्मानपत्रका साथमा नगद तीन हजार...

अक्षरमार्ग साहित्यिक त्रैमासिकको सातौं वार्षिक उत्सवको अवसरमा छ श्रष्टा सम्मानित

पनौतीमा वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति श्री बैरागी काइँलाले नेपाली भाषा र साहित्यको श्रीबृद्धिमा उल्ल्ेखनीय योगदान पु¥याएका छ जना वाङ्मयसेवीहरूलाई एक कार्यक्रम वीच सम्मान गरेका छन् । अक्षरमार्ग साहित्यिक त्रैमासिकको सातौं वार्षिक उत्सवको अवसरमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि श्री नेपालीले उहाँहरुलाई सम्मान...

‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा

२५ असार, काठमाडौं । ‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा परेका छन् । मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले विभिन्न सात कृति पुरस्कारका लागि छनोट गरेको हो । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त २५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा...

“सपनामा भगवानसँगको कुरा” कथा संग्रह लोकार्पण 

  काठमाडौँ, असार ६ गते । पूर्व मेजर टंकबहादुर बजगाई खत्रीको कथासङ्ग्रह ‘सपनामा भगवानसँगको कुरा’ एक कार्यक्रमको बीच लोकार्पण गरिएको छ । गुरू नारायणाचार्य कौशिक रिमालको सभापतित्वमा सञ्चालन भएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि पूर्व सहायक रथी तेजप्रकाश बानियाँ लगायत विशिष्ट अतिथि तथा अतिथिहरूले खत्रीको कथासङ्ग्रहको सामूहिक रूपमा...