कला/मनोरञ्जन

स्वर्गीय कलाकार तथा पत्रकार चन्द्रमणि मुडभरिको आत्माको चिर शान्तिको कामना


२०४८ असार ३० गते नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ कुमरीमा पिता नवराज मुडभरी र माता गङ्गा मुडभरीको कोखबाट जन्मेका अन्त्यन्त मिजासिला र हसिला ब्यतित्व थिए , नायक चन्द्रमणि मुडभरी । सानै देखि गीत संगीत र कलाकारितामा रुचि राख्ने मुडभरिको बाल्यकाल नुवाकोट मै बित्यो । कुमरिकै बिरेन्द्र उच्च माबिबाट २०६६ सालमा +२ पास गरेका उनि त्यति बेला नै नुवाकोट मै रहेको रेडियो जलपामा काम गर्थे । ब्याचलर पढ्दै कलाकारिता संगै पत्रकारितामा पनि सक्रिय मुडभरी नवज्योति एफएम संगै विभिन्न टिभि हरुमा पनि प्रस्तोताको रुपमा काम गर्थे । थुप्रै म्युजिक भिडियो निर्देशन र अभिनय गरेका मुडभरिले अभिनय गरेको फिल्म म्हेन्दु रिलिजको तयारीमा छ । ‘ सपनाको महल ‘ , ‘तिमि आउने खुशीमा ‘ , ‘ कशम ‘, ‘ भाग्यमानि ‘ , लोक दोहोरि गीत ‘ शहर आएपछि ‘ लगायत दर्जन भन्दा धेरै म्युजिक भिडियो मा उनले अभिनय गरेका थिए । ‘गुड लक् ‘ , ‘उल्टो जुत्ता’ , ‘ रंगमंच ‘ जस्ता डिजिटल फिल्ममा काम गरेका मुडभरीको मुख्य अभिनय रहेको चलचित्र ‘सिमल’ र ‘म्हेन्दु’ प्रदर्शनको तयारीमा छ । उनि हाल ब्ल्याक स्टोन फिल्म्सका संचालक तथा कान्तिपुर आज अनलाइन न्युज पोर्टलका संचालक तथा प्रधान सम्पादक थिए । स्वर्गीय कलाकार तथा पत्रकार चन्द्रमणि मुडभरिको आत्माको चिर शान्तिको कामना ।

सोम, जेष्ठ २०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चाहना अनुरुप मिहिनेत र संघर्ष गर्दै सपना बिस्ट

चाहना अनुरुप हाल मिहिनेत र संघर्ष गर्दै छिन /उनी भन्छिन काठमाडौँमा अवसर प्राप्त गर्न र केही नौलो नयाँ सिक्न पाइला अगाडी बदाउदै छु /मिस नेपालगन्जका सेकेन्ड रनरअफ हुन सपना बिस्ट । उनी हाल प्रन्जाली वर्ड स्कुल बालाजुमा कक्षा नौ मा पढछिन । भबिस्यमा सफल मोडेल...

प्रसंशा घिमिरे अब चांडै नै खोज टेलिभिजनमा कार्यक्रम लिएर आउंदै

नुवाकोट बेल्कोटकी प्रशन्सा घिमिरे अब चाढै टेलिभिजन कार्यक्रम लिएर आउने भएकी छिन । अहिले खोज टिभी मार्फत आउने उक्त कार्यक्रम केही  समयमा मै राष्ट्रिय स्तरको टेलिभिजनवाट आउने छ । सानै उमेरदेखि सन्चार जगतमा रुचि राख्ने घिमिरे धादिङ रेडियो राजमार्गमा समेत कार्यक्रम संचालन गरेर चर्चामा आएकी...

रिमालको पिपल छायाले बजारमा

सितल दिने पिपल छायाले ” केही समय अगाडिबाट बजारमा आएको छ । मनिशा धमला र बिष्णु रिमालको स्वरमा रहेको यस गीतमा शब्द संगीत बिष्णु रिमालकै रहेको छ । गीतको भिडियो निकै नै उत्कृष्ट बनेको छ । नेपाली लोक संगीतमा   मोडल सरोज लामा रिना लामा सरु राइले...

नुगलय् जायक मतिना नेपाल भाषाको म्यूजिक भिडिओ सावर्जनिक

काठमाडौं / तिहार तथा नेपाल संबत ११४० को उपलक्ष्यमा नुगलय् जायक मतिना नेपाल भाषाको म्यूजिक भिडिओ काठमाडौंमा डिभिडी एल्बम सावर्जनिक भएको छ । नेपाल भाषाको ६ वटा गीत समोवश गरीएको एल्बममा गीतका रचनाकार तिर्थमान महर्जन हुन् । जसमा नुगले जाय्क मतिना, न्यासी न्यासी चाया जुइम्ह,...

विद्यार्थी नेतादेखि चर्चित गायकसम्म म्युजिक भिडियोमा

नेपाली कला जगतमा नयाँ कलाकार थपिने क्रम जारी छ । हालै बनेको नयाँ म्युजिक भिडियोमा अखिल क्रान्तिकारीका रसुवा जिल्ला पुर्ब अध्यक्ष नवीन घिमिरेदेखि चर्चित गायक सरोज लामाले समेत अभिनय गरेका छ्न । आस्था अबिचलले लेखेको हराए डराए बोलको उक्त गीतमा नवीन सरोजको अलवा बिराज भुजेल...

कलाकारिताको पृष्ठभुमिलाई संघर्ष मान्ने निसा छिट्टै नै एक शैक्षिक फिल्ममा

आजभन्दा २० बर्ष अगाडि बारा जिल्लाको निजगढमा जन्मिएकी निसा न्यौपाने सानो उमेर देखिनै राम्रो नृत्य गर्ने गर्दथिन। स्कुले जिवनमा विभिन्न नाटक तथा नृत्य प्रतियोगिता मा बिजयी भयर सबैको वाहवाही पायकी निसा हाल रेडियो निजगढ मा कार्यरत छिन,उनी भन्छिन मेरो आगामी सोच भनेको कलाकारिता क्षेत्रमा केही गर्नु...