इतिहास

भक्तपुरको पाँच तले मन्दिर निर्माणमा नालाको योगदान

-रत्न प्रसाद अनामणि श्रेष्ठ ,नाला,काभ्रे


नेपालको प्रशिध्द प्यागोडा शैलीको मन्दिरहरु मध्य सबै भन्दा उत्कृष्ठ मन्दिर हो भक्तपुरको पाँच तले मन्दिर /यो मन्दिर भक्तपुरको टौमडीमा रहेको छ । यस मन्दिरको निर्माण १८औँ शताव्दीमा मल्लकालीन राजा भूपतिन्द्र मल्लले बनाएका हुन्। यस मन्दिरमा ठुला पाँच तला सिंढी र त्यस माथि पाँच तल्ला मन्दिर रहेका छन् । यस मन्दिर सिद्धीलक्ष्मीको मन्दिर हो । उक्त देवीलाइ तान्त्रिक शक्तिको स्वरुपमा पनि लिइन्छ ।यसको निर्माण ने.सं। ८२२ कार्तिक(बि.सं.१७५८ )देखि ने.सं.८२२ जेष्ठ (बि.सं.१७५९)भित्र निर्माण कार्यको प्रत्यक चरणमा तान्त्रिक कर्मकाण्ड कृत्य सम्पन्न गराइकन वास्तुशास्त्रिय विधि रीत पुर्याइकन यसको निर्माण कार्य र प्रतिष्ठा भएको थियो । यो मन्दिर जम्मा सात महिनामा निर्माण गरिएको मानिन्छ । यस मन्दिरको निर्माणका लागि छिमेकीराज्य देश ललितपुरबाट ,भक्तपुर राज्य अन्तर्गतका ठिमी,बोडे ,नगदेश, छालिङ, जितपुर, बागेश्वरी, साँखु, झौखेल, चाँगु, गोकर्ण,नाला ,बनेपा ,साँगा ,श्री खन्दपुर,धुलिखेल चौकोट र पनौती आदि ठाउँका बासिन्दाहरुले पनि सहयोग गरेको उल्लेख गरिएको छ । उपत्यकाका राज्यहरुसँग राम्रो सम्बन्ध नरहेको अवस्थामा राजा भुपतिन्द्र मल्लले आफ्नो शक्ति प्रदर्शनको लागि छिटो भन्दा छिटो यस मन्दिरको निर्माण गरि भक्तपुरका सबै जनता तथा छिमेकी राज्यका राजाहरुलाई समेत भोजमा निमन्त्रणा गरिएको थियो । यस भोजमा लगभग २३ हजार जना मानिसहरुको उपस्थिति थियो जुन भक्तपुरका बासिन्दा भन्दा ४ दोब्बर हुन्थ्यो ।संस्कृतविद् ओमप्रसाद धौभडेलका अनुसार पाँचतले मन्दिर नेपालकै एउटैमात्र नक्शा तयार पारि बनाइएको मन्दिर हो ।

यस मन्दिर निर्माणमा नालाको ठुलो योगदान रहेको छ / यस बारे नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ,काठमाडौँ द्वारा बि.स.२०६१ सालमा प्रकाशित डा.जनकलाल बैद्यद्वारा लिखित सिद्धाग्नी कोट्याहुति देवल प्रतिष्ठा ग्रन्थमा उल्लेख गरिएको छ /

सिद्धाग्नी कोट्याहुति देवल प्रतिष्ठा
अभिलेख ग्रन्थको मूल पाठ

(देवनागरी लिपिमा)

पत्राङ्क २८ ख

नालाया ।। त्वा २ बेतारि,पंच,मो १ * ।।   ।। पाचुलया, त्वा १ बे, श्री चुकुति भाजु, मो १, त्वा १ जरि, बे, अंमलया, मो ३ ।।

पत्राङ्क  ३१ क

।। नारा देशया प्रजा , म्हं ६२२ थिक ।।

पत्राङ्क ३५ क

नालाया पंचताल खलकयाता ।।

फं १२*जाके, फं १२*बजि, कु १ चि, कु ३ चेकन, मं ६ हिं, अस्ता, १ जील, प्ल १ हरडि, कु १ पारु,ग्वं १३ खेज, प्ल ३ साखल, ग्व ३ धलि, कु ३ दुदु, फं १ क्वातल धलि, ता ५० माधे नेता जोलन, पोल २५ मेकशिल, ता ४, कु २*मास, कु २*कलसुल, ऌ*मेश, ऌ*बद्या, लप्ते, सि, भाडा मालको, बसुजात,

क्रमश। …………

 

 

 

 

सोम, जेष्ठ २०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अनामणि बंशावलीको आवश्यकता

नेपालमा पाइएको बंशावलीहरु मध्ये गोपाल बंशावली सबैभन्दा पुरानो बंशावली हो । यो बंशावलीमा नेपालमा सबैभन्दा पहिले राजतन्त्र स्थापना गर्ने नेपजातीको बंशावलीको रुपमा लिएको छ । नेपाली इतिहासमा गोपालकाल र महिषपालकाल पछि मात्र किँरातकाल शुरु भएको मानिन्छ । गोपालकालको प्रमाणको रुपमा “गोपालराज बंशावली” लाई लिइने गरिएको...

आज नालामा सिन्दुर जात्रा भब्य रुपमा मनाउंदै

आज नाला प्राचिन शहरमा महालक्ष्मीको तेस्रो दिनको जात्रा हुदैछ/ आजको दिन मुख्य जात्राको दिनको रुपमा लिइन्छ/आजको दिनमा अथवा  बैशाख शुक्लपक्षको चतुर्थिको दिन नालाबासीलाइ हिदुम्ब राक्षसबाट मुक्त गरेको विजय उत्सवको रुपमा लिने गरिन्छ/नाला लागन टोलमा रहेको महालक्ष्मीको मुर्तिलाई रथमा राखी नालाशहर परिक्रमा गरिन्छ/ठाउं  ठाउंमा सिन्दुर एक...

नाला ब्याङ्ग ढुंगाको किम्बदन्ती

वास्तबमा किम्बदन्तीहरु ईतिहास होइनन तर पनि इतिहासलाई थप पुष्टि र प्रमाण जुत्ताउने आधार बनिदिन्छ /किम्बदन्तीहरु रोचकता ,उत्सुकता ,साछी र जन विश्वासलाई मन जित्ने खालको हुन्छ /कुनै कुनै किम्बदन्तीहरु बिज्ञानसंग निकै नाजिकता भएता पनि कुनै पत्याउन नै गाह्रो खालको हुन्छ /कुनै  किम्बदन्तीहरुले लोक संस्कृति नै जन्माएको हुन्छ...

श्री माधव नारायण स्वस्थानी पुरानो श्रीखण्ड मुर्ति नालाको रहेछ

१. छगु पुलांगु धापुकाथं माधव नारायण द्यो या सियागु मुर्ति खुयाहगु ख: अले लिपा थ्व मुर्ति चना वंगुलिं ढलौट यागु दयाका पलिस्था यागु ख:/ थौं कन्य पुज्याना वयाच्वंगु मुर्ति ३० से.मि.धिक सा उकिया तौल २ के.जी.दु /द्यो या ल्युने रिखाय च्वया तगु वाक्य कथं थ्व मुर्ति...

नालामा भजन गाउँदा सबै भन्दा पहिलो गाउनु पर्ने भजन गीत “श्रित कमला कुच मण्डल”

मलाई बच्चामा करिब करिब यो भजन कण्ठ थियो /हाल मैले बिर्सी सके /यो गीत बारे मैले मेरो बुबालाई सोध्ने गर्थे /बुबाले देबी देउताको भजन हो भन्ने कुरा गर्नु हुन्थो / बच्चा देखि यो गीत कसले रचना गर्यो / किन यो गीत पहिला गाउनु पर्ने /यस गीतको भाब...

सडक खन्दा सिक्का भेटिन थालेपछि बर्दियामा अच्चम भए

सडक खन्दा सिक्का भेटिन थालेपछि बर्दियामा अच्चम भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ । प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्राम बराबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय...