राजनिति

टोखाको मौलिकता फर्काउन विदेशीको सहयोग लिन सुझाव


टोखा ⁄ सांस्कृतिक संरक्षित क्षेत्र टोखाको मौलिकता संरक्षण गर्न विदेशीको सहयोग लिन सुझाव दिन थालिएको छ । मंगलबार टोखा केब मिनी फन पार्कमा आयोजना गरिएको टोखा संस्कृति सम्पदा संरक्षण दबूको विशेष भेलामा प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपक राज जोशीले भक्तपुर, बन्दीपुर, पनौती र हनुमानढाकाको संरक्षणमा विदेशी राष्ट्रको संलग्नताको उदाहरण दिंदै जापानी, अमेरिकी, चीनियाँ, फ्रेञ्च सरकारको सहयोग लिन सकेमा टोखाको मौलिकता फर्किन सक्ने र पर्यटकहरु भित्रिन सक्ने स्पष्ट गर्नुभयो ।
दबूका अध्यक्ष मनिराज डंगोलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा संरक्षणका लागि बजेट अभाव रहेको बताउनुभयो । उपपमुख ज्ञानीमाया डंगोलले आफूहरु टोखाको मौलिकता फर्काउन लागिपरेको स्पष्ट गर्नुभयो । पत्रकार कुमार रञ्जितले नेपालमा संस्कृति सम्पदाको मुहानका रुपमा रहेको प्राचीन गुथि व्यवस्थामा सरकारले थप हस्तक्षेप गरेर प्राधिकरण बनाउन संसदमा विधेयक ल्याएकोमा ध्यानाकर्षण गर्दै त्यसतर्फ सम्पूर्ण गुथि सम्बन्धितहरुले संरक्षणमा जोड दिनुभयो ।
नेवाः दबू टोखाका अध्यक्ष देवराज डंगोलले स्वागत गर्नुभएको  कार्यक्रममा दबूका सचिव गणेशमान श्रेष्ठले आफूहरु टोखा संरक्षित क्षेत्रको कार्यविधि कार्यान्वयन गर्न लागि परेको स्पष्ट पार्नुभयो ।

बुध, जेष्ठ २२, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै हुनुहुन्छ । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जानुभएको प्रधानमन्त्री आइतबार स्वदेश फर्कन लाग्नुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार साँझ ५ बजे स्वीट्जरल्याण्डको...

समानुपातिक सांसदले पनि रकम पाउने

२९ जेठ, विराटनगर । प्रदेश १ सरकारले समानुपातिक सांसदहरुलाई पनि संसद् विकास कोषमार्फत रकम बाँड्ने भएको छ । संघीय सरकारको अनुशरण गदै आगामी आर्थिक वर्ष ०७६/७७ देखि प्रदेश १ सरकारले समानुपातिक सांसदहरुका लागि पनि रकम बाँड्न लागेकाे हाे । त्यसका लागि उसले संसद् विकास कोष निर्माण...

‘विप्लव’ समूहले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रु बसमा आगजनी

१३ जेठ, सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रु बसमा आगजनी गरेको छ । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा विप्लव समूहका कार्यकर्ताले सोमबार बिहान आगजनी गरेका हुन् । हतियारसहित आएका विप्लवका कार्यकर्ताले आइतबार राति साढे...

भाइले चलाएको पेस्तोलको गोली लागेर घाइते ४८ वर्षीय शेष फारुकको मृत्यु

३ जेठ, वीरगञ्ज । भाइले चलाएको पेस्तोलको गोली लागेर घाइते भएका जिराभवानी गाउँपालिकाका ४८ वर्षीय शेष फारुकको मृत्यु भएको छ । घरायसी विवाद हुँदा जिराभवानी-१ महादेवपट्टीको बलुवाका शेषलाई उनका कान्छा भाइ ३८ वर्षीय शेख सेराजुद्धिन पेस्तोलले हानेका थिए । दाहिने पाखुरा छेडेर छातीमुनी गोली लागेका शेषलाई...

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजबाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने

वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजबाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि कांग्रेसले जागरण अभियान सुरु गर्न लागेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गरेका गलत काम–कारबाहीलाई जनतामाफ लैजान र पार्टी संगठनलाई थप सुदृढीकरण...

दुई सय इस्लामिक धर्मगुरुसहित छ सय विदेशीलाई देश निकाला गरे

वैशाख, काठमाडौं । इस्टर सन्डेको बेला भएका श्रृंखलाबद्ध विष्फोटपछि श्रीलंकाले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको छ । गृहमन्त्री बी. अबयवर्दनाले विष्फोटपछि छानविनको क्रममा भिसा अवधि समाप्त भइसकेको र केहीको गतिविधि शंकास्पद पाइएकाले देश निकाला गरिएको बताएका छन् । तर, देश निकाला गरिएकाहरु कुन-कुन...