कला/मनोरञ्जन

मिस नेपाल यूएस  को सातौँ संस्कररण अक्टोबरमा नेब्रास्कामा हुने 


नेब्रास्का नेप्लीज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संयोजनमा मिस नेपाल यूएस  को सातौँ संस्कररण यस वर्षआगामी अक्टोबरमा नेब्रास्कामा हुने भएको छ ।

मिस नेपाल यूएस का संस्थापक अध्यक्ष अमित शाह र नेब्रास्का नेप्लीज सोसाइटीका अध्यक्ष राज आचार्यको पछिल्लो पटक भएको सहमति अनुसार सो प्रतियोगिता आगामी अक्टोबर १२ मा नेब्रास्काको ओमाहामा गर्ने निर्णय भएको हो । सन् २०११ मा न्यूयोर्कबाट सुरु गरिएको सो प्रतियोगितामा नेब्रास्का नेप्लीज सोसाइटी आयोजक र मिस नेपाल यूएस संरक्षकको रुपमा रही समन्वय गर्ने गरि सहमति भएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । अमेरिकामा स्थापना भएका पुराना संस्था मध्येकै एक सन् २००१ स्थापना भएको नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै नेपाली कला, साहित्य तथा संस्कृति जगेर्नामा महत्वपूर्ण भूमिका खेल्दै आएकाले यो कार्यक्रमको प्रस्ताव सहजै स्विकार गरेको उहाँले बताउनुभयो । आयोजक नेब्रास्का नेप्लीज सोसाइटीले यस वर्ष दशैँ तिहार शुभकामना सँगै मिस नेपाल यूएस २०१९ कार्यक्रम सफल पार्न सम्पुर्ण अमेरिकावासी नेपालीहरुमा सहयोगको अपिल समेत गरेको छ । सोसाइटीका संस्थापक पदाधिकारी , पूर्व अध्यक्षहरु, क्रियाशिल पदाधिकारीहरु तथा सम्पुर्ण नेब्रास्कावासी नेपाली समुदायको निरन्तरको साथ र सहयोगले नै कार्यक्रम सफल हुने  उहाँको  विश्वास छ ।

प्रतियोगिताको विजेताले नगद ५ हजार अमेरिकन डलर धनराशि सहित विभिन्न अवसरहरु प्राप्त गर्ने संस्थापक अध्यक्ष अमित शाहले जानकारी दिनुभयो । अमेरिकामा रहेका १९ देखि २९ वर्ष उमेर समूहका नेपाली यूवतीहरुलाई लक्षित सो प्रतियोगिता सौन्दर्यता सँगै बौद्धिकता मापनको स्वच्छ प्रतिस्पर्धात्मक कार्यक्रम रहेकोले यसमा भाग लिन आयोजकले सबैमा आग्रह गरेको छ । प्रतियोगिताको लागि आवेदन खुला गरिसकिएकोले इच्छुक यूवतीहरुले www.missnepalus.com  मा नाम दर्ता गर्न सकिने अध्यक्ष शाहले जानकारी दिनुभयो ।

“इम्पावरिंग यूथ, प्रोमाटिङ नेपाल” भन्ने नाराका साथ अगाडि बढाइएको सो प्रतियोगिताको हालसम्म अमेरिकाको विभिन्न शहरहरुमा ६ वटा श्रंखलाहरु सम्पन्न भैसकेका छन् । जसअनुसार सन् २०११ मा न्यूयोर्कमा सम्पन्न पहिलो प्रतियोगिताबाट वासिंटन डिसीकि सुजिता बस्नेत, सन् २०१२ मा डिसीमा भएको प्रतियोगिताबाट भर्जिनियाकि आस्था श्रेष्ठ, सन् २०१३, २०१४ र २०१५ मा न्युयोर्कमा सम्पन्न भएको प्रतियोगिताबाट क्रमश न्यूयोर्ककी बर्तिका राई, आहायोकि खुश्बु मिश्र र नर्थ क्यारोलिनाकि प्रियंका थपलियाले उपाधि हात पारेका थिए । यस्तै गतसाल टेक्सासमा सम्पन्न प्रतियोगिताबाट नेब्रास्का ओमाहाकी डिलासा न्यौपानेले मिस यूएस -२०१८ को ताज हात पारेकी थिइन् ।

सोम, जेष्ठ २७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गोसाईकुण्डको यात्रानुभव गत शनिवार एक समारोहका बीच  विमोचित

जिन्दगी यात्राहरुको अनवरत श्रृंखला हो । आफ्नो जीवनकालमा सबै मानिसले थुप्रै स्थानको यात्रा गरेका हुन्छन् । ती मध्ये धेरैले यात्रालाई आफ्नो मानस्पटलमा मात्र राखेर सन्सारबाट बिदा लिन्छन केहीले भने सबैलाई अनुभूति बाँडेर पुण्य कमाउछन् ।  यस्तै यात्रा अनुभूति बाँडेर पुण्य कमाउने व्यक्तित्व हुन कृष्ण...

रोशन बुढाथोकीको जोडदार अभिनयमा नयाँ तीज गीत

“लजाउन लाहुरे” बोलको तीज गीत भर्खरै प्रकाशमा आएको छ /उक्त गीतमा रोशन बुढाथोकीको बेजोड अभिनयका साथै नारायण रिजाल ,शोभा भण्डारी र उषा गुरुङले साथ दिएका छन् /कल्पना गुरुङ र श्याम परियारको मिठो स्वारमा रहेको सो गीतको शब्द रचना कल्पना गुरुङ्गको रहेको छ /माला श्री रेकर्दिङ्ग...

चर्चा बटुल्दै बिनोद ढकालको ब्यङग्यत्मक गित टिकटक गरम आउ ।

अाफ्नो काम नै छोडेर टिकटकमा रमाउने बिकृति बिरुद्धको ब्यङग्यत्मक झटारो । म्युजिक ल्याब प्रा.लि.को प्रस्तुति विनोद ढकाल र बिमला कुमालको तिज गित~ गित:टिकटक गरम अाउ, लय/शब्द:विनोद ढकाल, स्वर: विनोद ढकाल र बिमला कुमाल, अभिनय: पवन खतिवडा(म्याकुरि), शुशिला निरौला( बिम्लि), रोमा बिष्ट,बिनोद अधिकारी, प्रकाश कटुवाल,राजु बोहरा,...

यम लिम्बुको सशक्त अभिनयले सुसजित “चन्चले नानी” बोलको गीत सार्वजनिक

राई इज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” बोलको गीत सार्वजनिक भएको छ । गीतमा उमेश रार्ईको शब्द तथा डि आर अटुको संगीत रहेको छ ।   “चन्चले नानी” गीतलाई राजु कार्की ले एरेन्ज गरेका छन । गीतमा प्रेमी प्रमिका विचको प्रेमलाई गीत मार्फत ब्यक्त...

सुध्रिए एण्टिना स्कुल स्कुलमा चेतनामूलक फिल्म देखाउदै

कुनै बेला टेलिसिरियलहरुमा एउटा पात्र खुब चर्चित थियोे । लामो टुप्पी भएका चर्चित हास्यकलाकार एण्टिनालाइ मोबाइल को टावर नआउदा सम्झनेहरु अहिले पनि छन् । उनको अभिनयले एक समय देशमा तहल्का पिटेको थियोे । स्वभाविक छ अहिले उनि के गर्दैछ्न एण्टिना भन्ने प्रश्न । पछिल्लो केही बर्ष...

अनामणिको शब्दमा नेपाल आइडल सेकेन्ड रनरअप प्रताप दासको स्वरमा नयाँ गीत

  काठमाडौँ: नेपाल आइडल पहिलो सिजनका सेकेन्ड रनर अप प्रताप दासको स्वरमा नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनीक ‘माया के हो’बोलको गीतमा शब्द रत्न प्रसाद अनामनी श्रेष्ठको र संगीत रिमेश कुमारको रहेको छ । लिगेश भट्टराइले निर्देशन गरेको भिडियोलाइ सुमन कोइरालाले छायाँकन गरेका छन्...