राजनिति

समानुपातिक सांसदले पनि रकम पाउने


२९ जेठ, विराटनगर । प्रदेश १ सरकारले समानुपातिक सांसदहरुलाई पनि संसद् विकास कोषमार्फत रकम बाँड्ने भएको छ ।

संघीय सरकारको अनुशरण गदै आगामी आर्थिक वर्ष ०७६/७७ देखि प्रदेश १ सरकारले समानुपातिक सांसदहरुका लागि पनि रकम बाँड्न लागेकाे हाे । त्यसका लागि उसले संसद् विकास कोष निर्माण गर्न लागेकाे छ ।

समानुपातिक सांसदहरुले संसद् विकास कोषको बजेट नपाएको भन्दै चर्को विरोध गरेपछि प्रदेश १ सरकारले संसद विकास कोष निर्माण गर्न लागेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

मन्त्रालय स्रोतका अनुसार, आगामी आर्थिक वर्षको बजेटमार्फत समानुपातिक सांसदका लागि संसद् विकास कोष निर्माण गर्ने तयारी भएको छ ।

‘सांसद् विकास कोष निर्माणको लागि आवश्यक छलफल भइरहेको छ, समान्यतया २५ देखि ५० लाखको कोष बनाउनेबारे छलफल भइरहेको छ’, मन्त्रालय स्राेतले भन्याे ।

आगामी आर्थिक वर्ष ०७६/७७ का लागि प्रदेश सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमको विषयमा उठेका प्रश्नको जवाफ दिँदै यसअघि मुख्यमन्त्री शेरधन राईले पनि सबै सांसदलाई उचित सम्मानका साथ रकम प्रदान गरिने बताएका थिए । प्रदेश १ संसद्मा हाल ९३ सांसद् छन् । जसमा ५६ प्रत्यक्ष र ३६ समानुपातिक छन् ।

‘प्रदेश सरकार सबै सांसदलाई विकास बजेटको माध्यमबाट जनतासँग जोड्न चाहन्छ’, राईले भने, ‘अघिल्लोपटक ५६ जनामा केन्द्रित भयो भन्ने सुनेको छु । तर, यस वर्ष ९३ जनालाई नै दिने गरी गृहकार्य भइरहेको छ ।’

यसअघि सांसदले संसद् विकास कोषमार्फत प्रत्येक सांसदलाई एक करोड दिनुपर्ने र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम पाँच करोडसम्म पुर्‍याउन माग गरेका थिए । प्रदेशमा प्रत्यक्ष निर्वाचित सांसदका लागि पूर्वाधार विकास कार्यक्रममार्फत चालू आर्थिक वर्षमा सरकारले दुई करोड बजेट छुट्याएकाे थियो ।

यसैबीच, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रलाई तीन करोडका दरले रकम विनियोजन गर्ने तयारी पनि प्रदेश सरकारले गरेको छ ।

आर्थिक मार्मिला तथा योजना मन्त्री इन्द्र आङ्म्बोले संसद् विकास कोष र निर्वाचन क्षेत्र विकास कोषका लागि २ अर्बको सीमाभित्र समेट्ने तयारी भइरहेको जानकारी दिए ।

‘निर्वाचन क्षेत्र विकास कोषसँगै संसद विकास कोष स्थापनाले प्रदेश सरकारको व्ययभार थपेको छ’, मन्त्री आङ्म्बोले भने, ‘यी दुवै कार्यक्रम वितरणमुखी हुनेछन ।’

उनले संसद विकास कोषमार्फत सांसदले छनौट गरेको योजनाका लागि प्रदेश सरकारले स–शर्त स्थानीय तहको सञ्चित खातामा रकम पठाउने जानकारी दिए ।

‘योजना र कार्यक्रम छनौट स्थानीय तहले गर्नेछ’, मन्त्री आङ्म्बोले भने, ‘त्यसको अनुगमनको काम माननीयबाट हुनेछ ।’

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगे

२७ असोज, काठमाडौं । मंगलबारदेखि काठमाडौंमा सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । एनआरएनएका महासचिव बद्री केसीले सोमबार पत्रकार सम्मेलन गरी ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनको तयारी करिब पूरा भएको जानकारी दिएका हुन्...

आइतबार सार्वजनिक बिदा दिने घोषणा

नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको...

नेपाली कांग्रेसका मीनेन्द्र रिजाललाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ताले अवरोध

तनहुँस्थित ऋषिङ गाउँपालिकाको भवन शिलान्यास गर्न पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ताले अवरोध गरेका छन्। दमौलीबाट रिसिङ जाँदै गरेका रिजाललाई अैरिचौतारीस्थित कार्यक्रमस्थल जान नदिन रूख ढालेर सडक अवरोध गरिएको थियो। ‘सडकमा रूख ढालेर अवरोध गरे। लाठी बोकेका युवा तैनाथ...

चीनले ११ अर्ब डलर खर्च गरेर चार वर्षमा निर्माण गरेको विशाल विमानस्थल बुधबारदेखि खुला गरे

चीनले ११ अर्ब अमेरिकी डलर खर्च गरेर चार वर्षमा निर्माण गरेको विशाल विमानस्थल बुधबारदेखि खुला गरेको छ । देशको ७० औँ वार्षिकोत्सवको अवसर पारेर चीनका राष्ट्रपति सी जिङपिङले बुधबार नयाँ ‘ड्याक्सिङ इन्टरनेसनल एअरपोर्ट’ को औपचारिक उद्घाटन गरेका हुन् । यो नयाँ विमानस्थल ९८ ओटा फुटबल...

नेपाल-भारत पेट्रोलियम पाइपलाइन परियोजना आजबाट औपचारिक रूपमा सञ्चालनमा आउने

भदौ, काठमाडौं । नेपाल-भारत पेट्रोलियम पाइपलाइन परियोजना आजबाट औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म बिछ्याइएको पाइपलाइन परियोजनाको परीक्षणपछि उदघाटन गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार, नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ-आफ्नो देशबाट ‘स्वीच’ थिचेर पाइपलाइन उद्घाटन...

पशुपतिनाथ मन्दिरको पूर्वी ढोका सर्वसाधारणका लागि खुल्ला

भदौ, काठमाडौं । पशुपतिनाथ क्षेत्र विकास कोषले १० वर्षपछि पशुपतिनाथ मन्दिरको पूर्वी ढोका सर्वसाधारणका लागि खुल्ला गरेको छ । २०६५ सालदेखि सर्वसाधारणका लागि बन्द गरिएको पूर्वी ढोका यसै वर्षको तीजदेखि खुला गरिएको हो । कोषले पूर्वी गेटलाई लामो समयदेखि पशुपतिनाथ मन्दिरमा जल ल्याउनका लागि मात्र प्रयोग...