प्रमुख समाचार

सांसदहरु द्वारा गुठी संसोधन बिधेयक फिर्ता गर्न माग


भुमिसुधार मन्त्रीद्वारा हालै संसदमा प्रस्तुत गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक फिर्ता लिन सरकारसँग जोडदार माग भएको छ । नरदेवी श्री श्वेतकाली गुठी, परम्परागत ङ्यत त्वाः को आयोजनामा आज भएको टोल समाजको विशेष भेलामा बोल्दै सहभागि सांसदहरुले हालै प्रस्तुत बिधेयक नेवाः सभ्यता र अस्तित्वका साथै सम्पूर्ण राष्ट्रकै निम्ति घाटक हुने दावी गर्दै यसको विरुद्धमा आफ्ना भनाईहरु राख्नु भयो ।

समाजका कोषाध्यक्ष मचाराजा डंगोल ज्यूबाट बिषय प्रबेश गर्दै, शदियौं वर्ष अघिदेखि रहिआएको श्वेतकाली गुठीको व्यबस्था र प्रचलित गुठी ऐन कानुन कमजोर हुनाकै कारण श्रीको सम्पति संरक्षण गर्न नसकेर हाल गुठीले भोग्दै आएको आर्थिक समस्याका बाबजुत पनि गुठीयारहरुको व्यक्तिगत पहलमा हालसम्म श्रीको देवीनाच लगायत, गुठीपर्वहरु जीवन्त राखिँदै आएको उल्लेख गर्दे यदि यो प्रस्ताबित बिधेयक अक्षरस पारित भएमा हाम्रा सारा गुठी परम्पराहरुको अस्तित्व नैं नरहने खतरा रहेको भन्दै सम्बन्धित सबैको गम्भिर ध्यानाकर्षण गर्नु भएको छ ।

कार्यक्रममा उपस्थित सांसदहरु भिमसेनदास प्रधान, नविन्द्रराज जोशी, राजेन्द्र श्रेष्ठ, जीवनराम श्रेष्ठ, रामबीर मानन्धर, राजु शाक्य, जीवना डंगोल, १८ वडा अध्यक्ष न्हुच्छेकाजी महर्जन लगायतले आफ्ना मन्तब्य राख्ने क्रममा नेवाःसमुदायको परम्परागत गुठी, जात्रा, संस्कृति प्रति लक्षित यो बिधेयक कुनैपनि हालतमा स्वीकार्य नभएको उल्लख गर्नुभएको छ । शदियौं देखि चल्दै आएको हाम्रो मौलिक सनातन धर्म सभ्यता र संस्कृति संबिधान भन्दा माथि हुने कुरा उल्लेख गर्दै प्रस्तुत बिधेयक फिर्ता हुनु पर्ने माग गर्नुभएको छ । त्ससैले आफुहरु पार्टीभन्दा माथि उठेर एक आपसमा गहन छलफल गरि गुठी, जात्रा पर्वको संरक्षण सम्वर्द्धनमा आफ्नो तर्फबाट पार्टी र सदन दुबैमा शसक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसै गरि जेष्ठ २६ गते माइतिघर मण्डलामा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन गरेर संबिधानले प्रद्त्त गरेको नागरिकले आफु बिरुद्धभएको अन्यायको बिरुद्ध स्वतन्त्ररुपमा शान्तिपुर्बक ढंगबात बिरोध गर्ने नैसरगिक हकमा समेत ढावा बोलेको छ भन्दै प्रहरीको उक्त बरबर दमनको घोर भत्सर्ना गरेको छ ।

श्वेतकाली गुठीका मूल धामी देवकृष्ण महर्जनज्यूको अध्यक्षतामा भएको उक्त छलफल कार्यक्रम, समाजका सचिव रामकाजी महर्जनले संचालन गर्नुभएको हो ।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सातवटै प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष २०७६-७७ का लागि आइतबार बजेट सार्वजनिक गरे

काठमाण्डाै – सातवटै प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष २०७६-७७ का लागि आइतबार बजेट सार्वजनिक गरेका छन् । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले आइतबार बजेट सार्वजनिक गरेका हुन् । प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले वार्षिक बजेट सार्वजनिक गरेकाे याे...

देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट आज सार्वजनिक गर्दै

असार, काठमाडौं । देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक...

प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सका प्रधानमन्त्री इडियार्डों फिलिपेसँग भेटवार्ता

३१ जेठ, पेरिस। प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सका प्रधानमन्त्री इडियार्डों फिलिपेसँग भेटवार्ता गरेका छन्। दुई समकक्षीबीच बिहीबार साँझ प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो । नेपाल र फ्रान्सबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको सन्दर्भमा फ्रान्स भ्रमण गरेका प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ...

गृहमन्त्री राम बहादुरले माइतीघर धरपकडको नैतिक जिम्मेवारी सरकारले लिने

२८ जेठ, काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले आइतबार माइतीघर मण्डलामा भएको धरपकडको नैतिक जिम्मेवारी सरकारले लिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री बादलले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिककामे अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । गुठी विधेयकको विरोधमा आइतबार भएको...

रंगशाला विवाद समाधानः पहिले बार भत्काए, अहिले मिलेर उठाए

अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धर्मुस सुन्तली फाउण्डेशन र स्थानीयबीच सहमति भएको छ । सहमति लगतै भरतपुर महानगरको पहलमा स्थानीयबासीले भत्काएको बार उठाउन थालेका छन् । फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले पनि सहमतिमा कार्यान्वयनसँगै काम सुरु गर्ने बताए । जेठ १५ गते विहानै रंगशाला निर्माण स्थलमा...

संघीय संसदमा अर्थमन्त्रीले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेशगरे gare

जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४...