राजनिति

प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै


काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै हुनुहुन्छ । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जानुभएको प्रधानमन्त्री आइतबार स्वदेश फर्कन लाग्नुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार साँझ ५ बजे स्वीट्जरल्याण्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट स्वदेशका लागि प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली आइतबार बिहान ९ बजेर ४० मिनेटमा काठमाण्डौ आइपुग्नुहुनेछ ।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुनुभएको थियो । दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत जानुभएको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई उहाँले सम्बोधन गर्नुभएको थियो ।

यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गर्नुभएको थियो । यस्तै फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।

राजनीतिक स्थिरता हासिल गरेसँगै अब आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी हुने विश्वास लिइएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद विन्दा पाण्डेलगायत हुनुहुन्छ ।

आइत, असार १, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाल-भारत पेट्रोलियम पाइपलाइन परियोजना आजबाट औपचारिक रूपमा सञ्चालनमा आउने

भदौ, काठमाडौं । नेपाल-भारत पेट्रोलियम पाइपलाइन परियोजना आजबाट औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म बिछ्याइएको पाइपलाइन परियोजनाको परीक्षणपछि उदघाटन गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार, नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ-आफ्नो देशबाट ‘स्वीच’ थिचेर पाइपलाइन उद्घाटन...

पशुपतिनाथ मन्दिरको पूर्वी ढोका सर्वसाधारणका लागि खुल्ला

भदौ, काठमाडौं । पशुपतिनाथ क्षेत्र विकास कोषले १० वर्षपछि पशुपतिनाथ मन्दिरको पूर्वी ढोका सर्वसाधारणका लागि खुल्ला गरेको छ । २०६५ सालदेखि सर्वसाधारणका लागि बन्द गरिएको पूर्वी ढोका यसै वर्षको तीजदेखि खुला गरिएको हो । कोषले पूर्वी गेटलाई लामो समयदेखि पशुपतिनाथ मन्दिरमा जल ल्याउनका लागि मात्र प्रयोग...

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदै

भदौ, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदैछन् । उनी बुधबार मध्याह्न करिब १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भारतीय दूतावास स्रोतले जनाएको छ । विदेशमन्त्री जयशंकर नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । बैठक बुधबार र बिहीबार बस्दै छ...

नेकपा नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट राजीनामा दिए

भदौ, काठमाडौं । नेकपा नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । स्थायी कमिटी सदस्यका प्रवल दाबेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि उनी असन्तुष्ट थिए । तर पनि पार्टी एकीकरणलाई...

“गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ ” प्रधानमन्त्री केपी शर्मा ओली

 भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको उदारताबाट नहौसिन राजावादीहरुलाई चेतावनी दिएका छन् । राजतन्त्र र्फकन्छ भन्ने विश्वास नलागेर सरकार मौन बसेको भन्दै उनले त्यस्तो लागेको दिन संविधान र गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रने बताए । आइतबार संसदलाई सम्बोधन गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का...

काश्मीरमा भारतविरोधी ठूलो आन्दोलन उठ्न खोज्दै

साउन । भारत सरकारले झन्डै ७० वर्षसम्म कायम रहेको विशेष संवैधानिक हैसियत खारेज गरिदिएपछि सोमबार यता भारत प्रशासित कश्मीर अभूतपूर्व बन्दको अवस्थामा छ । श्रीनगरस्थित बीबीसी सम्वाददाताका अनुसार कश्मीर क्षेत्रका जनता धोका पाएको तीतो अनुभूति गरिरहेका छन् र भित्रभित्रै आक्रोशित छन् । बन्दुक बोकेका हजारौँ सुरक्षा...