समिक्षा

अक्षरमार्ग सिर्जना समूहको चौथो श्रृङ्खला


अक्षरमार्ग सिर्जना समूहले चौमासिक रूपमा संचालन गर्दै आएको सिर्जनालयको चौथो श्रृङ्खलामा रेखाकवि टंक साम्बाहाम्फे, कवि तारा के.सी. र मुक्तककार मीलन समीर सुनिएका छन् ।
लामो समयदेखि साहित्यको कविता विधामा कलम चलाउँदै रेखा कवितालाई स्थापित बनाउन सक्रिय हुँदै आएका आएका रेखाकवि टंक साम्बाहाम्फेले समसामयिक विषयका आधा दर्जन आफ्ना रेखा कविताहरू सुनाएका थिए । त्यस्तै कवि तारा के.सी. ले पनि समसामयिक विषयक आधा दर्जन कविताहरू सुनाए । उनले बा, बुढो मास्टर, प्रिय छोरी लगायतका कविता सुनाइन् । स्याङजाली मुक्तककार मीलन समीरले देशप्रेम, जातिय स्वाभिमान, प्रेमप्रणय जस्ता विषयमा आफ्ना एक दर्जन चोटिला मुक्तकहरू सुनाए ।
ज्ञान विकास पुस्तकालय, काभ्रेको सभाकक्षमा भएको सो कार्यक्रममा विशिष्ट अतिथि साहित्यकार सूर्यप्रसाद लाकोजू, डा. गोपाल पौड्याल मण्डने, खेम पोखरेल, उमेश पाण्डे सिर्जनालयमा प्रस्तुत सिर्जनाहरूका बारेमा आ-आफ्ना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सिर्जनालयका संयोजक शम्भुलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो

बुध, असार ४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न. ५ / ख्वबि झसुका

पुस्तकको नाम : ख्वबि झसुका विधा : कविता  संग्रह लेखक  : तिलक प्रकाश प्रकाशक : नेपाल साहित्य मन्दिरया निंति कुमार साख: संस्करण : पहिलो पुस्तकको मुल्य : ५० /-  संस्थागत ०००/- आवारण :केदार जोशी मुद्राक : भाषा : नेवारी कम्प्युटर सेटिंग: अगिब बनेपाली पृष्ठ संख्या : ६८ +३०    पृष्ठ पुस्तकको साइज : दिमाइज ISBN NO.:...

पहिलो बालआत्मकथा

हाइकु, मुक्तक, गजल, कविता, भूमिका, लेख, बालकथा गरी करिब  दुई दर्जन कृतिहरू प्रकाशित गरिरहेका बहुमखी साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठद्वारा लिखित सत्य घटनामा आधारित बालआत्मका हो, “कथा गोविन्दको ।” * गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाडौँद्वारा प्रकाशित बालआत्मकथा “कथा गोविन्दको” यो कृति बिना सोच आकस्मिक रुपमा जन्मेको...

साहित्यका बहुविधामा कलम चलाउन खप्पिस रत्नप्रसाद अनामणि श्रेष्ठका तीन कृतिहरु

बहुआयमिक प्रतिभाका धनी, साहित्यका बहुविधामा कलम चलाउन खप्पिस रत्नप्रसाद अनामणि श्रेष्ठका चम्ल्याहा कीर्ति सन्तान मध्ये मेरो हातमा ‘टाटु’ ‘कथा कसरी लेख्ने’ र ‘नेपालको पहिलो भू–उपग्रह’ आइसकेका छन् । अर्को बहुप्रजातिका चराहरूको चित्र सहित विवरण प्रस्तुत गरिएको एक पुस्तक कम्प्युटर गर्दैको स्थितिमा मैले देखें । उहाँको...

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न. ४ / आमाको खोजी

पुस्तकको नाम : आमाको खोजी विधा : लघु कथा संग्रह लेखक  : डा.गणेशकुमार पौडेल प्रकाशक :जनमत  प्रकाशन नेपाल बनेपा ,काभ्रे संस्करण : पहिलो पुस्तकको मुल्य : २००/-  संस्थागत ०००/- आवारण : मुद्राक : कम्प्युटर सेटिंग:श्रीकृष्ण बादे पृष्ठ संख्या : ७६ +२२   पृष्ठ पुस्तकको साइज : स्मार्ट ISBN NO.: 9937924672 रचना संख्या : ७५ भूमिका लेखक : डा.पुष्करराज...

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न.३ / समयको आवाज

पुस्तकको नाम : समयको आवाज  विधा : संस्मरण संग्रह लेखक  : ठाकुरप्रसाद अधिकारी प्रकाशक : ट्रिनिटी  प्रकाशन प्रा लि.,काठमाडौँ संस्करण : पहिलो पुस्तकको मुल्य : २७५  /-  संस्थागत ०००/- आवारण : रमेश पौडेल मुद्राक : कम्प्युटर सेटिंग:शैलेश श्रेष्ठ पृष्ठ संख्या : १९० +१०  पृष्ठ पुस्तकको साइज : डिमाइज ISBN NO.: 9789937905978 रचना संख्या : २५ भूमिका लेखक :पुस्तक ...

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न.२ /अक्षर बिम्बमा लेखिकाहरु

पुस्तकको नाम : अक्षर बिम्बमा लेखिकाहरु (खण्ड १ )   विधा : लेखिका परिचय+लेखहरु संकलन तथा सम्पादन : मोहन दुवाल प्रकाशक : जनमत प्रकाशन,बनेपा संस्करण : पहिलो पुस्तकको मुल्य :  ११११ /-  संस्थागत ०००/- आवारण : सुन्दर श्रेष्ठ मुद्राक : कम्प्युटर सेटिंग:श्रीकृष्ण बादे पृष्ठ संख्या : ५२८+८ पृष्ठ पुस्तकको साइज : A 4 ISBN NO.: 9789937924641 रचना संख्या...