साहित्य गतिबिधि

“सपनामा भगवानसँगको कुरा” कथा संग्रह लोकार्पण 


 

काठमाडौँ, असार ६ गते ।
पूर्व मेजर टंकबहादुर बजगाई खत्रीको कथासङ्ग्रह ‘सपनामा भगवानसँगको कुरा’ एक कार्यक्रमको बीच लोकार्पण गरिएको छ । गुरू नारायणाचार्य कौशिक रिमालको सभापतित्वमा सञ्चालन भएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि पूर्व सहायक रथी तेजप्रकाश बानियाँ लगायत विशिष्ट अतिथि तथा अतिथिहरूले खत्रीको कथासङ्ग्रहको सामूहिक रूपमा लोकार्पण गर्नुभएको थियो ।
कथासङ्ग्रहको लोकार्पण गर्दै प्रा.डा. गार्गी शर्माले लेखकले कृति आफ्नो पहिचानको लागि छोडेर जान लेखिनुभन्दा कृतिको सिर्जनाले आपूmलाई सन्तुष्टी दिनुपर्छ र आत्म सन्तुष्टीकोे लागि नै सिर्जनाले बढी जोड दिनुपर्छ, भन्नुभयो । प्रमुख अतिथि बानियाँले लेखकका सिर्जनाहरू समाज हितको लागि हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथिहरू डा.सत्यराज थपलिया, डा.शैलेन्दुप्रकाश नेपाल र डा.बिदुर चालिसेले लेखक टंक खत्रीका सङ्ग्रहभित्रका कथाहरू छोटा र थोरै भए पनि कथाले धर्म, संस्कृति, इतिहास, देश, समाज र प्रकृतिलाई कुनै न कुनै रूपमा छोएका छन्, तिनमा आफ्ना विचार र भावना प्रस्तुत गरेका छन्, भन्नुभयो । भाषा बोधगम्य, सरल र हृदय स्पर्शी रहेको पनि बताउनुभयो । आफ्नो समीक्ष्यात्मक विचार राख्दै रत्नप्रसाद अनामणि श्रेष्ठले जसरी हतियारलाई नचलाई राख्दा खिया लाग्छ, त्यसैगरी सिर्जनामा पनि सधैँ निखार ल्याउनुपर्ने, तिखार ल्याउनुपर्ने र साँध लगाइरहनुपर्छ, भन्ने बताउनुभयो ।
त्यस अवसरमा उमेश पाण्डे, कृष्णप्रसाद अधिकारी, दुर्गाप्रसाद अधिकारी, दामोदार ढकाल दीपक, भगीरथ काफ्ले, तारा के.सी., धरणीधर गुरागाई, प्रशान्त डंगोल, गङ्गा आचार्य सेढाई, सुचिता काफ्ले, डिकेस मगर र आशिष तामाङले पनि लेखक खत्रीलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
लामो समय सैनीक पेसामा रहेर सेवा निवृत्त हुनुभएको २० वर्षपछि सेनानी खत्रीका सपनामा भगवानसँगको कुरा (कथासङ्ग्रह–२०७६) को साथै उग्रचण्डी नाला (सन्देशमूलक चिनारी–२०७३), हजुरआमाको गीत (बाल गीतसङ्ग्रह–२०७४) र सम्झना (जीवनी–२०७५) समेत गरी ४ वटा कृतिहरू प्रकाशित भइसकेका छन् ।
गौरी पब्लिक रिलेशन एन पब्लिकेशन काठमाडौँले प्रकाशनमा ल्याएको ‘सपनामा भगवानसँगको कुरा’ कथासङ्ग्रह ३ वटा कथाहरू रहेका छन् भने यसको मूल्य रु.५५।– राखिएको छ ।

शनि, असार ७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु भएको छ । यही आन्दोलनको क्रममा मंगलबार काठमाडौंको गोङ्गबु चोकमा कवि र सर्जकहरुले कविता वाचन गरेका छन् । कार्यक्रममा युवा साहित्यकार रसुवाली कवि, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य बीपी विद्रोही,...

पनौती विशेष कवि गोष्ठी

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा पनौती नगरपालिकाको आयोजना र साहित्यकार खेलकुद समाजको सहकार्यमा आयोजित “पनौती विशेष कवि गोष्ठी” सम्पन्न भएको छ। पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ कबि तथा सस्कृतिबिद तुलसी दिबशको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रम पनौती नगर पालिकाको रमणीय स्थान...

सिमानाको बिषयमा कविता प्रतियोगिता

सिर्जनशील नेपालले  राजधानीमा एक कविता प्रतियोगिता गरेको छ । सिमानाको बिषयमा भएको कविता प्रतियोगितामा तार्केस्वर नगर पालिकाका बिभिन्न विद्यालय समाबेस भएका थिए । कार्यक्रम आयोजक सिर्जनशील नेपालका अध्यक्ष सुशील अचार्यका अनुसार कार्यक्रम भब्य रूपमा भएको छ । जस्को निर्णायकमा साहित्यकारहरु रसुवाली कवि ;रुपक अधिकारी र...

नेपालको साहित्यिक इतिहासमा पहिलो रेकर्ड

आधुनिक साहित्य परिषद को आयोजनामा नेपालमा पहिलो चोटी ६३ वटा कृतिको बिमोचन भएकोछ / गौरी पब्लिलिक रिलेशन ले हालै दिल्ली रमण पुस्तकालयमा मंशिर १,२,र ३ गते भएको बाल साहित्य महा उत्सबमा बाल साहित्यको पुस्तकहरु बिमोचन गरेका थिए / उक्त कार्यक्रमको प्रमुख अतिथि डा शैलेन्दु प्रकाश...

व्यथित सिन्धु प्रतिभा सम्मान अर्पण कार्यक्रम सम्पन्न।

व्यथित सिन्धु प्रतिभा सम्मान कोषले २०७६ सालको व्यथित सिन्धु प्रतिभा सम्मानबाट जनकवि श्री दुर्गालाल श्रेष्ठ र सिन्धु प्रतिभा सम्मान कवि श्री रामेश्वर राउत मात्रिदासलाई प्रदान गरेको छ। आज साहित्य सदन नेपाल, का. म. न. पा. ६, वौध्द काठमाडौमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपति माननीय श्री...

हाइकु सङ्ग्रह ‘सम्बन्ध सूत्र’ सार्वजनिक

काठमाडौं / नेपाली साहित्यमा सबैभन्दा छोटो सिमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरि तीन हरफमा जम्मा १७ अक्षरमा लेखिने वातावरण अनि रितुबोधक, प्राकृतिक विषयका साथै जीवन र जगतका कुराहरू समेटिने शव्द रहेको जापानी शैलीको लधुतम् विद्यामा लेखिने हाइकुमा शास्त्रीय सिद्धान्त र जीवन...