प्रमुख समाचार

  100′ s Groups द्धारा सडकमै ट्राफिक जवान टीकाराम लाई माला खाडा लाएर सम्मान ।

-जसिन्द्र श्रीपाली 


“जहाँ हुन्छ राम्रो काम त्यहीँ गर्नुपर्छ सम्मान” भन्दै सामाजिक कार्यमा निरन्तर लागीरहेको एक   100′ s Groups  नामक संस्थाका युवाहरुले ट्राफिक जवान टीकाराम बुढालाई सोहि ठाँउमा गएर माला खाडा लगाई सम्मान गरेका हुन ।
नियम मिचेर सडकमा रोकिएको गृहमन्त्रालयका सह सचिव तथा प्रवक्ता रामकृष्ण सुबेदीले प्रयोग गरेको बा २ झ ४३८८ नम्बरको गाडी लाई ह्वील लक लगाई छोड्नको निमिक्त चर्को दबाद  आईरहदा समेत १ हजारको चिट कातेर सजाय दिलाउन सफल बनेको मा धन्यबाद ज्ञापन गर्दै युवाहरुले डयुटीमै रहेको बेला  सडकमै पुगेर सम्मान गरेका थिए !
सिंहदरबार पूर्वी गेट अगाडिको सडकमा अनाधिकृत रुपमा पार्किङ गरिएको सो गाडि पटकपटक सिठि बजाएर हताउन आग्रह गर्दा समेत मान्छे नआएपछि लक गरिएको बुढाको भनाई छ, नियम ले साना ठुला नभन्ने भन्दै सबैलाई ट्राफिक नियम पालना गर्न समेत उन्ले आग्रह गरेका छन् । आफुले गाडि कस्को भन्दा नी आफ्नो कर्तब्य पालना गरेकोमा खुशी रहेको बताएका छन् ।
यता पछिल्लो समय सामाजिक काममा निक्कै सक्रिय बन्दै आएको  100′ s Groups  नामक संस्थाका युवाहरुले प्रहरी जवान टीकाराम बुढाले प्रंससनीय काम गरेको भन्दै बुढाको तारिफ गरेको छन ।
प्रहरीप्रति जनताको  बिश्वास गुम्दै गईरहेको समयमा बुढाले फेरी बिश्वासको आधार तय गरेको भन्दै आफुहरुले यस्ता देश र जनताको पक्षमा काम गर्ने जो कोहिलाई सम्मान र साथ सहयोग गर्ने बताएका छन् ! देशमा देखिएका बिभिन्न समस्या समधानप्रति आफुहरु दिन रात नभनी खटेको हुदा सबैले साथ सहयोग गर्न समेत उनीहरुले आग्रह गरेका छन ।

शुक्र, असार १३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

ढुक्क हुनुहोस् मंसिरदेखि रेल गुड्छ

धनुषा – जनकपुर–जयनगर रेल चल्ने कुरा हुन थालेको धेरै भयो । तर रेल चल्छ कि चल्दैन, चल्यो भने कहिलेदेखि चल्छ भन्ने यकिन हुन नसक्दा आशाभन्दा बढी निराशा छाउन थालेको छ । ‘रेल चल्ने कुरा हात्ती आयो हात्ती आयो फुस्सा भन्ने उखान जस्तै भयो । झण्डै डेढ...

समिट होटलको ३९ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न

हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन यस समिट होटलको ३९ औ बार्षिक उत्सब मा समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ५७  र महिला १४  गरि जम्मा ७१ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा पुरष तर्फ़ प्रथम बुद्ध घिसिंग, (१५.६) दोस्रो बाबुराम राई,(१६.६) तेस्रो मनोज...

गोलढुंगामा प्रहरीले गोली हानी पक्राउ गरे साजन गुरुङलाई

२७ भदौ, काठमाडौं । काठमाडौंको गोलढुंगामा प्रहरीले गोली हानी पक्राउ गरेको साजन गुरुङ उर्फ नजोक गुण्डा नाइके समिरमान सिंह बस्न्यातको सहयोगी भएको खुलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका एक अधिकृतका अनुसार साजनले समिरको समूहमा दोस्रो तहको सदस्यको रुपमा काम गर्ने गरेका थिए । बस्न्यात अहिले केन्द्रीय कारागार...

नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त

२६ भदौ, काठमाडौं । प्रतिवन्धित नेकपा समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त गरेको छ । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशलाई पनि प्रहरीले पक्राउ गरेको थियो । अस्पतालभित्र हुलहुज्जत गर्न खोजेको भन्दै प्रकाशसहित एक दर्जन बढी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको...

राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्वसन्ध्यामा नेपाल आएका चिनियाँ विदेशमन्त्री

भदौ, काठमाडौं । नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुअघि नेपाली समकक्षी प्रदीप ज्ञवाली नेतृत्वको उच्चस्तरीय टोलीसँग द्विपक्षीय एजेण्डाका विषयमा छलफल गर्दैछन् । दुवै देशका परराष्ट्रमन्त्री नेतृत्वको टोलीबीच अपराह्न होटल याक एण्ड यतीमा यसअघि भएका सम्झौता र थाति सबै...

सेनाले पाँच महिनामै ८ सय ६९ घर बनाएर हस्तान्तरण गरे

काठमाण्डौ – बारा र पर्सामा हावाहुरी र असिनापानीबाट पीडित परिवारले पाँच महिनामै सरकारले बनाएको घर पाएका छन् । नेपाली सेनाले बनाएको घर बुधबार हस्तान्तरण गरिएको हो । छोटो अवधिमै सरकारनिर्मित घर पाएपछि पीडित खुशी भएका छन् । उनीहरुले सरकार र नेपाली सेनालाई धन्यवाद दिएका छन्...