कला/मनोरञ्जन

‘फोक्सुण्डो काव्य–यात्रा २०७६’ मा १५ जना सहभागी


डोल्पा–साहित्यिक पर्यटन मार्फत् डोल्पाको प्रवद्र्धन गर्न निस्किएका लेखकहरुले फोक्सुण्डो ताल क्षेत्रको पदयात्रा गरेका छन्। पर्यटनकर्मी युवाहरुको संस्था कन्सेप्ट नेपालले आयोजना गरेको ‘फोक्सुण्डो काव्य–यात्रा २०७६’ मा १५ जना सहभागी छन्।

उनीहरु सुलिगाडबाट तीन दिन पदयात्रा गरेर असार १२ गते तालमा पुगेका थिए। उनीहरुले फोक्सुण्डो झरना, गुम्बा, रिंग्मो गाउँ, पुग्मो गाउँ र ताल अध्ययन गरे। लोकसंस्कृति विकासमा योगदान पुर्याउँदै आएका चार जना स्थानीय कलाकारलाई ताल किनारमा कन्सेप्ट नेपालले सम्मान गरेको थियो।

सम्मानित हुनेहरुमा टुङ्नाबादक एवं गायक निमा लातार बैजी, लोकगायिकाहरु नाम्दाक लामा, होइसेर डोल्मा बैजी र काष्ठकलाका गुरु एवं समाजसेवी सेम्दुक आङक्याल रोकाया छन्। उनीहरुलाई जनही १० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरियो।

यात्राका संयोजक अमृत भादगाउँलेका अनुसार उनीहरुको छनोट शिक्षासेवी सेम्दुक लामाले गरेका थिए। कार्यक्रममा थासुङ छोलिङ गुम्बाका प्रमुख लामा खेन्पो सेम्दुक निमा, शे–फोक्सुण्डो गाउँपालिका वडा नं ८ का अध्यक्ष निमा लामा, धार्मिक गुरु लोटेइ लामा, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष फूर्वा तेन्जिङ बुढाले सम्मानपत्र र नगद हस्तान्तरण गरेका थिए। साथै आयोजक संस्थाका सदस्य देवेन्द्र बस्न्यातले खादा लगाएर सम्मान गरे।

कार्यक्रममा पदयात्री कविहरुले आ–आफ्ना कविता सुनाए। ३६३९ मिटर उचाईको ताल किनारमा रचना सुनाउन पाउँदा उनीहरु गद्गद भए भने श्रोताहरु पनि खुसी भएका थिए। त्यस अबसरमा कलाकार कृष्णबहादुर नेपालीले बनाएको तालको चित्र पनि प्रदर्शन गरियो।

यात्रामा अभय श्रेष्ठ, भूपिन, सागर उदास, गनेस पौडेल, हेमन यात्री, दिपेन्द्रसिंह थापा, हेमन्त विवश, देवेन्द्र बस्न्यात, चन्द्र काफ्ले, सुरेन्द्र राना, कृष्णबहादुर नेपाली, कमल खत्री, बिष्णु प्रसाद देवकोटा, सेम्दुक लामा र अमृत भादगाउँले छन्।

यात्राको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड हो। त्यस्तै सहयोगीहरूमा शे–फोक्सुण्डो गाउँपालिका, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, एक्सप्लोर डोल्पो टेक्स एण्ड एक्सपिडिसन, डेष्टिनेशन डोल्पो ट्राभल एण्ड टे«किङ कम्पनी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र ट्रितेन नोर्बुचे बोन्पो गुम्बा लगायत छन्।








आइत, असार १५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नुगलय् जायक मतिना नेपाल भाषाको म्यूजिक भिडिओ सावर्जनिक

काठमाडौं / तिहार तथा नेपाल संबत ११४० को उपलक्ष्यमा नुगलय् जायक मतिना नेपाल भाषाको म्यूजिक भिडिओ काठमाडौंमा डिभिडी एल्बम सावर्जनिक भएको छ । नेपाल भाषाको ६ वटा गीत समोवश गरीएको एल्बममा गीतका रचनाकार तिर्थमान महर्जन हुन् । जसमा नुगले जाय्क मतिना, न्यासी न्यासी चाया जुइम्ह,...

विद्यार्थी नेतादेखि चर्चित गायकसम्म म्युजिक भिडियोमा

नेपाली कला जगतमा नयाँ कलाकार थपिने क्रम जारी छ । हालै बनेको नयाँ म्युजिक भिडियोमा अखिल क्रान्तिकारीका रसुवा जिल्ला पुर्ब अध्यक्ष नवीन घिमिरेदेखि चर्चित गायक सरोज लामाले समेत अभिनय गरेका छ्न । आस्था अबिचलले लेखेको हराए डराए बोलको उक्त गीतमा नवीन सरोजको अलवा बिराज भुजेल...

कलाकारिताको पृष्ठभुमिलाई संघर्ष मान्ने निसा छिट्टै नै एक शैक्षिक फिल्ममा

आजभन्दा २० बर्ष अगाडि बारा जिल्लाको निजगढमा जन्मिएकी निसा न्यौपाने सानो उमेर देखिनै राम्रो नृत्य गर्ने गर्दथिन। स्कुले जिवनमा विभिन्न नाटक तथा नृत्य प्रतियोगिता मा बिजयी भयर सबैको वाहवाही पायकी निसा हाल रेडियो निजगढ मा कार्यरत छिन,उनी भन्छिन मेरो आगामी सोच भनेको कलाकारिता क्षेत्रमा केही गर्नु...

कवि टि पि तिमल्सिनाले सामाजिक विकृतीको छोटो चलचित्र मार्फत पर्दा फास

रसुवाली कवि नामले चर्चित प्रगतिशील कवि टि पि तिमल्सिनाले सामाजिक विकृतीको रुपमा रहेको किशोरीहरुको पहिलो रजस्वला र यसका नाममा हुने गरेको धार्मिक तथा परम्परागत कुरीति विरुद्ध छोटो चलचित्र निर्माण गर्नुभएको छ, छुइ गोठ शुटिङ्गका क्रममा छुइ गोठ टिम असाध्यै सान्दर्भिक र समसामयिक विषयवस्तुलाई सरल र प्रगतिशील ढङ्गबाट...

गायिका अस्मिता निरन्तर संगीत क्षेत्रमा

लोकदोहोरी क्षेत्रमा छुटै पहिचान बनाउदै छिन गायिका अस्मिता चौलागाईं । काभ्रे जिल्ला कोसीपारी चौरी देउराली गाउँपालीकामा जन्मेकी गायिका अस्मिता चौलागाईं अहिले धरै बेस्त गायिका बनेकी छ्न । चोली बान्ने तुनाबाट कलाकारितामा लागेकि यी गायिकाले अहिले धरै गीत गाईसकेको बताउछिन । अस्मिता भन्छिन सानैदेखी गीत गाउँने...

नयाँ प्रतिभा जन्माउन माहिर ताराबिरको नयाँ भिडियो बजारमा

संगीतकार तारावीर पाण्डे नयाँ प्रतिभा जन्माउन माहिर छन ।हालै नब गायक बसन्त लामालाई उनले अवसर दिएका छन ।साह्रै मिठो संगीत गर्ने पाण्डेको जिन्दगीमा बोलको उक्त गीत सामाजिक संजालमा चर्चित बनेको छ । सुन्दर लावतीको निर्देशनलाई तिलक रिजालको क्यामराले सुन्दर देखाएको छ । मधु न्यौपानेको शव्दमा...