विचार

एउटा नेपाली युवा अहिले भारतमा चर्चामा


काठमाडौं : एउटा नेपाली युवा अहिले भारतमा चर्चामा छन्। भारतबाट निस्किने ‘द बेटर इण्डिया’ ले सन् २०१८ मा उनलाई नेशनल हिरोमा सूचित गरेको छ। आखिर को हुन उनी? किन उनको चर्चा भारतमा। नेपालबारे नकारात्मक कुरालाई बढी प्राथमिकता दिने भारतीय सञ्चारमाध्यमले आखिर किन उनलाई खोजिरहेको छ? यसको आफ्नै कथा छ, यो कथा जोडिएको छ कीर्तिपुरको मच्छेगाउँदेखि लद्दाखसम्म। र, यो कथाका हिरो हुन् कीर्तिपुर नगरपालिका मच्छेगाउँ निवासी विधान श्रेष्ठ। आखिर भारतमा किन चर्चित भए विधान? यसको अन्तरकथा बुझ्न सन् २०१६ जुलाई ८ मा फर्किनुपर्छ। जतिबेला उनी भारतको लद्दाखमा घुम्न गएका थिए। काठमाडौंमा जन्मिए पनि उनमा शेर्पाहरुको जस्तै शोख छ। उनी हिमाल चढ्न मन पराउँछन्। उनको अर्को शोख समाज बुझ्न घुमिरहन्छन्। जब कलेजको छुट्टी हुन्छ तब उनी झोला बोकेर घुम्न निस्किहाल्छन्। कलेज छुट्टीको मौका पाउनासाथ उनी हिँडिहालन्छन् फकिरझैँ। उनले कलेज पढ्दा पढ्दै भारतका कयौँ स्थान छिचोले। तर उनको जिन्दगीको नयाँ मोड लद्दाखबाट सुरु भयो, यो अविस्मरणीय क्षण बन्यो।

उनी घुम्न जाँदा घरमा खबर गर्दैनन्। घरबाट थाहै नदिइ बेपत्ता हुने उनको साथी हो नेपालको राष्ट्रिय झण्डा। जब उनी राष्ट्रिय झण्डा साथमा बोकेर हिँड्छन् तब उनमा आत्मविश्वास बढ्छ। ‘झण्डाले देश सम्झाउँछ। देशको एउटा भूगोलमा मेरी आमा हुनुहुन्छ भन्‍ने महसुस गराउँछ। झण्डा साथमा बोकेर हिँड्दा मेरी आमा साथमै भए जस्तो लाग्छ।’ यूट्युवमा अभ्यस्त हुनुहुन्छ भने लद्दाखस्थित स्टोक ग्रांगी हिमालको भिडियो भेट्टाउनुहुन्छ। त्यो भिडियोमा एकजना घाइते युवकको अनुहारभरी रगत लत्पतिएको छ। निधारमा पट्टी बाँधिएको छ। त्यही भिडियोमा देखिएका अर्का युवा हुन् उनै विधान श्रेष्ठ।उनै विधानले घाइते भएका ती युवकको छातीमा मालिस गरिरहेका छन्। र, गाइरहेका छन्, ‘जहाँ छन् बुद्धका आँखा।’ स्टोक गांग्री हिमाल चढ्ने क्रममा उनले ५८०० मिटरमा पुगेपछि एक व्यक्तिलाई अर्धचेत भएको दुरबिनबाट देखे। त्यसपछि उनी उनै बेहोस व्यक्तितर्फ दौडिए। यतिमै रोकिएनन् विधान, रेसक्यु टिम बोलाएर ती घाइते युवकलाई अस्पतालसम्म पुर्‍याए। घाइते व्यक्ति थिए मुम्बई निवासी उत्सव हरिया। उत्सवलाई मालिस गर्दा उनले भक्तराज आचार्यको स्वरमा सजिएको यो गीत किन गाए होलान्?, जिज्ञासा स्वभाविक पनि हो। उनी भन्छन्, ‘मलाई यस्ता गीतहरू मन्त्र जस्ता लाग्छन्। मलाई यो गीतले मान्छेलाई जुनसुकै मोडमा पनि बाँच्न सिकाउँछ जस्तो लाग्छ।’ सहयोगका लागि प्रशस्त पैसा आवश्यक पर्छ भन्‍ने विश्वास उनी गर्दैनन्। ‘अरूलाई सहयोग गर्न पैसा नै खर्च गर्नुपर्दैन’, सहयोगी भावनाका उनी भन्छन्, ‘केबल सकारात्मक कर्म गर्नुस। कसैलाई देखाउन होइन, मनबाटै। कसैले देखेनन् भनेर चिन्ता नलिनुस, गुनासो नगर्नुस्, भगवानले देखिरहेका छन्।’

उनी मेकानिकल इन्जिनियरिङका विद्यार्थी हुन्। बैङलोरबाट हालसालै इन्जिनियरिङ पास गरे। उनी घुम्नुलाई समाजसँग जोडिनु हो भन्छन्। घुमघाम कला संस्कृतिको गहिरो अध्ययन पनि हो।किताब पढेर भन्दा कयौं गुणा बढी ज्ञान आर्जन घुमेर पाइने कुरामा उनी विश्वास गर्छन्। घुम्नु भनेको जिन्दगी बुझ्नु हो। हामी जति धेरै घुम्छौं व्यक्तित्व विकासमा उति धेरै सहयोग मिल्छ। ‘हामीले घुम्दा ती दृश्य देख्‍न र भोग्‍न पाउछौं, जुन पत्रकारका कलम र क्यामराले देखेको हुँदैन। कविको कल्पनाशक्ति पुग्न सकेको हुँदैन,’ उनी सुनाउँछन्, ‘समाज हामीले समाचारमा पढेको जस्तो कुरूप पनि हुँदैन र विशुद्ध सपाट पनि हुँदैन। समाजमा अनेक रंग हुन्छन्। मलाई यी रंगसँग मिस्सिन औधी मन पर्छ।’ मान्छे सोच्छन्, पैसा हुने मात्रै घुम्न सक्छन्। तर यो कुरालाई गलत भन्छन् विधान। उनी भन्छन्, ‘घुम्‍न पैसा होइन, आत्मविश्वास चाहिन्छ। हिँडेपछि मात्रै यात्रा सुरू हुन्छ।’

एमटिभी रोडिज यात्रा मुम्बईका उत्सवलाई बचाएपछि विधान रातारात भारतीय छापामाध्यममा ‘रियल हिरो’ भए। छापामाध्यमले उनलाई नेशनल हिरोका रूपमा चिनाएपछि उनीमाथि नजर लगायो एमटीभीले। एमटीभीले उनलाई सुरू हुन लागेको रोडिजको नयाँ सिजनमा आबद्ध गराउन कसरत गर्‍यो। तँ चिता म पुर्‍याउँछु भने जस्तै उनी चर्चित रियालिटी शो रोडिजको नयाँ सिरिजमा जोडिएका छन्। रोडिजको नयाँ सिजन एमटीभीले सुरू गर्न लागेको छ। आगामी महिनाबाट प्रसारण हुने रोडिजमा उनलाई देख्‍न सकिनेछ। एमटीभीको रोडिजमा पुग्‍न सानोतिनो बलले पुग्दैन। तर विधानलाई एमटीभीले खोजेर रोडिजको नयाँ सिरिजमा सहभागी गरायो। भारतीय मिडियाका नेशनल हिरोका लागि एमटीभीको रोडिज यात्रा हिमाल चढे जस्तो कठिन भएन। अहिले उनी रोडिजमा व्यस्त छन्। तर यात्रा कहाँसम्म पुग्यो? खुलाउन चहाँदैनन्, यो एमटीभीले बनाएको नियम पनि हो। ‘मैले राम्रै रोडिजमा राम्रै काम गरिरहेको छु’, उनले भने, ‘रोडिजका आफ्नै नियम छन्. जसले त्यहाँभित्र भइरहेको गतिविधिबारे मैले केही बताउन मिल्दैन।’

उत्सवसँग पुनर्मिलन विधानले उत्सवलाई लद्दाखमा मृत्युको मुखबाट बचाएर अस्पताल पुर्‍याए। त्यसलगत्तै उनी यात्रा बिट मार्दै बैंगलोरतिर हान्‍निए। तर, एउटा हुटहुटीले उनलाई लखेटिरह्यो। अस्पताल पुर्‍याइएका व्यक्ति बाँचे या मरे? उनको मनले उनैलाई सोधिरह्यो। गडबडी त कहाँ भयो भने उत्सवलाई बचाउने हतारमा रहेका उनले नाम र अरु विवरण लिनै भुले। तर उद्धार गरिएका व्यक्तिको पिरले मनमा भुइँचालो ल्याइरहेका बेला उनले एउटा जुक्ति निकाले। त्यो उपाय थियो आफूले खिचेको भिडियो फेसबुक र युट्युबमा अपलोड। उनमा विश्वास थियो, ‘यदि मैले बचाएको व्यक्ति जीवित रहेछन् भने पक्कै भिडियो हेर्नेछन्। उनले त्यही विश्वासका साथ भिडियो पोस्ट गरे फेसबुक र युट्युबमा। भिडियो भाइरल भयो। त्यसपछि मिडियाले उनलाई पछ्याए, ‘नेशनल हिरो’ भनेर कयौँ समाचार लेखे। भाइरल भएको भिडियो उत्सवसम्म पुग्यो। जो लद्दाखबाट उद्धार गरिएपछि दोस्रो जीवन पाएर उठिसकेका थिए। त्यसपछी दुवैले भेट गर्ने योजना बनाए। विधान उत्सवलाई भेट्न मुम्बई पुगे। उनी सम्झन्छन्, ‘मेरो उत्सवसँग भेट हुँदा खुशीको सीमा नै थिएन। उनको परिवारले मलाई गरेको आतिथ्यता र सत्कार कहिल्यै भुल्न सक्दिनँ।

शुक्र, असार २०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडोस अडामोन गेबियसले कोरोना भाइरसको राजनीतिकरण बन्द गर्न आग्रह

विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडोस अडामोन गेबियसले कोरोना भाइरसको राजनीतिकरण बन्द गर्न आग्रह गरेका छन्। उनले विश्व एकतामा जोड दिएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको पक्षमा लागेको भन्दै पछिल्लो समय विश्व स्वास्थ्य संगठनका निरन्तर आलोचना गर्दै आइरहेका छन्। मंगलबार ट्रम्पले विश्व स्वास्थ्य संगठन चीन केन्द्रित रहेको र नयाँ...

प्रधानमन्त्री केपीशर्मा ओलीले देशबासीका नाममा सम्वोधन (सम्बोधनको पूर्णपाठ)

सरकारले मुलुकभर लामो रूटका सार्वजनिक सवारीसाधन बन्द गरेको छ। कोरोनाभाइरस संक्रमण रोकथामका लागि सरकारले चैत १० देखि २१ गतेसम्म लामो रूटका सार्वजनिक सवारीसाधन संचालन बन्द गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपीशर्मा ओलीले देशबासीका नाममा सम्वोधन गर्दै कोरोनाको सावधानीका लागि सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरे। यस्तो छ प्रधानमन्त्रीको...

कम्युनिस्ट भनाउँदाहरुले जनतालाई ढाँटेर, छलेर, बदमासी गरेर , गध्दारी गरेर देशको सम्पत्ति कुम्ल्याए

केपी शर्मा ओलीले नेतृत्व गरेको वर्तमान कम्युनिस्ट भनाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को सरकार संसार इतिहासमा भ्रष्टचारीहरुको सरकार हो।नेपाली जनताले प्रतिपक्षी राजनीतिक पार्टीहरुले, नागरिक समाजले , लेखक/ साहित्यकार , पत्रकारले, बुध्दिजीवीहरुले, राजनीतिक विश्लेषकहरुले त पहिलेदेखि नै केपी ओलीले नेतृत्व गरेको डब्बल नेकपाको सरकारलाई कम्युनिस्ट...

अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले बताए

अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले बताएको छ। महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको छ। नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र ज्यानुअरी ८ सम्म पृथ्वी...

प्लाष्टिक सर्जरीको तीव्र विकास नेपालमै

शरीरमा चोटपटक लागेपछि धेरै खाले समस्या देखिन्छन्। नमिलको अनुहार अथवा अन्य अंगहरू मिलाउने भनेरै प्लाष्टिक सर्जरी विकास भएको हो। प्लाष्टिक सर्जरी ग्रिक शब्दको ‘प्लाष्टिकोष’बाट आएको हो। यसको अर्थ कुनै चिजलाई नयाँ स्वरुप दिने भन्ने हुन्छ। पहिले-पहिले चोटपटक लागेर अंग बिग्रिए, त्यसलाई मिलाउने उद्धेश्यले विकास भए पनि अचेल...

दैनिक ५ सय राजस्व बुझाएर नेपाल आएर चोरी गर्ने ‘भीआइपी’ भारतीय चोर पक्राउ

काठमाडौं : भारतबाट गाडी लिएर नेपालमा चोरी गर्न आउने एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडको सयुक्त प्रहरी टोलीले भारतीय नागरिक रघुबर प्रसाद साह (वर्ष ४३) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी दिनेश मैनालीले जानकारी दिए...