प्रमुख समाचार

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालको ट्वीटले आइतबार सामाजिक सञ्जाल गर्मायो


२२ असार,काठमाडौं । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालको ट्वीटले आइतबार सामाजिक सञ्जाल गर्मायो । यो बहसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता कार्यकर्ता छन् । केहीले रिमालको ट्वीटको समर्थन गरेका छन् भने केहीले विरोध ।

के लेखेका छन् रिमालले ?

रिमालले ‘छौंडाहरुलाई कसैले छाडेको हो कि आफैं चलमलाएका’ भन्दै आक्रामक ट्वीट गरेका छन् ।

Bishnu Rimal@BishnuRimal

भनिन्छ, छौंडाहरू
आफैं चलमलाउँदैनन्
कसैले छोड्छन्,
दु:ख दिन्छन् !
यी छौंडाहरू
आफैं चलमलाएका हुन् की
कसैले छोडेका?

सरकार पछिल्लो समय आफ्नै निर्णयहरुका कारण एकपछि अर्को प्रकरणमा फस्दै जाँदा पार्टीभित्रै रक्षात्मक अवस्थामा पुगेको बेला रिमालले छौंडा भनेर आफ्नै पार्टीभित्र संकेत गरेको धेरैको अनुमान छ ।

पछिल्लो समय भीम रावल लगायतले सार्वजनिक रुपमा सरकारका कामप्रति तीव्र असहमति जनाइरहेका छन् । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएपछि नेताहरुले भारतसामू झेकेको हो भन्ने प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले सरकारका कामबारहीबारे कुनै अहसमति भए पार्टी बैठकहरुमा राख्न सकिने तर बाहिर सरकारविरुद्ध अभिव्यक्ति दिनु संसदीय मर्यादा विपरित रहेको बताएका थिए । सरकारको काम कारवाही र एकपछि अर्को विवादबारे पार्टीभित्रै केही नेताले चर्को बिरोध गर्दा सरकार अप्ठ्यारोमा परेको उनको गुनासो थियो ।

तर संसदीय दलको बैठकपछि रावलले पत्रकारहरुसँग कुरा गर्दै विषादी परीक्षण गर्ने निर्णय रोक्न भारतले दबाव दिनु र सरकारले त्यसअनुसार गरेको भन्दै आश्चर्य व्यक्त गरेका थिए । माधवकुमार नेपाल लगायतका नेताहरुले पनि असन्तुष्ट जनाए ।

त्यही बेला प्रधानमन्त्रीका सल्लाहकार रिमालको सांकेतिक तर कटाक्षपूर्ण ट्वीट आउनु संयोगमात्र मान्न सकिन्न ।

सत्तारुढ नेकपा पंक्तिमा पनि खैलाबैला मच्चिएको छ । स्थायी कमिटी सदस्य र सरकार सञ्चालनमा निर्णायक भूमिका खेलेका रिमालाको ट्वीटप्रति शीर्ष नेताहरुले समेत चासो देखाएका छन् ।

पार्टीभित्रैबाट प्रतिवाद

रिमालको ट्वीट भाइरल बनेपछि नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले सांकेतिक कटाक्ष गर्दै अर्को ट्वीट गरे । बिष्णु रिमाल सम्झेर आफूलाई गाली आउन थालेको संकेत गर्दै उनी लेख्छन्–मेरो नाम बिष्णु रिजाल हो ।

अर्का केन्द्रीय सदस्य डा. बिजय पौडेल लेख्छन्, विष्णु सर यो अमूर्त कविता कसका लागि हो ? के यो तपाईकै ह्याण्डल हो ? हो भने यस्तो नलेख्नुस् । गलत गर्नेका विरुद्ध वैचारिक तरिकाले लेखम है । यस्तो रिस लागेजस्तो नदेखाम् ।

रिमालको ट्वीटमा धेरै नेकपा कार्यकर्ताले प्रतिवाद गरेका छन् । विद्यार्थी नेता अशेष घिमिरे लेख्छन्–सत्ताको केन्द्रमा बस्ने एउटा महत्वपूर्ण पात्र कसरी खतरनाक बन्दै जान्छ, कसरी उसमा विनशीलता, नम्रता नष्ट हुँदै जान्छ, बडो मजासँग सिक्न सकिन्छ । तपाई आजको कालखण्डको ध्यान दिइनपुर्ने उदाहरण हो ।’

अखिलकै पूर्व नेता उषाकिरण तिम्सिना लेख्छिन्–कमरेड तपाईँ पार्टीको स्थायी कमिटी सदस्य र प्रमको सल्लाहकार पदबाट राजिनामा दिनुस् । यो चेतनास्तरले दुवै पदलाई न्याय गर्न सक्दैन ।

रिमालको समर्थन गर्नेहरु पनि छन् । विद्यार्थी आरसी लामिछाने लेख्छन्–छौडालाई दौडाउन लागिपर्नेहरु भित्रकै हुन पो भन्छन् हौ । तीर्थ भट्टराई लेख्छन्–विष्णु कमरेडको ट्वीटको अर्थ जसले बुझ्छ, त्यो देशप्रति र जनताप्रति उत्तरदायी रहेछ भन्ने बुझिन्छ । नबुझी बुरुक्क उफ्रिनेहरुले ओली सरकारलाई गरिएको घेराबन्दीबारे बिस्तारै थाहा पाउनेछन् र जनताको सरकारप्रतिको यो प्रहार बिरुद्ध ट्वीट ठिकै रहेछ भन्ने बुझ्नेछन् ।

रिमालको ट्वीटमा उल्लेखित छौंडा शब्द ढाडे विरोलोसँग सम्बन्धित रहेको निकटवर्तीहरु बताउछन् । कसैले छाडेको छौंडाले घर पिरोल्ने र पराइलाई फाइदा पु¥याउने गरेको उनीहरुको भनाइ छ ।

उनीहरु भन्छन्–त्यस्तो ढाडे बिरालो जसल घरको र छिमेकी दुवैतिरको दूध चोरेर खान्छ । गुप्तचरजसरी घर वरिपरि घुम्छ, घरको सदस्य देखेमा म्याउँ पनि गर्छ । तर मुसा चाहिँ छिमेकीको घरमा गएर मार्छ । त्यो छौंडाले घर परिोल्छ छिमेकीको मुसा मारेर सघाउछ ।

के भन्छन् रिमाल ?

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले भने ट्वीटमा आफ्नो भावना मात्र व्यक्त भएको भन्दै कसैप्रति लक्षित नरहेको बताएका छन् । नेकपाभित्रै संकेत गरेको हो ? भन्ने अनलाइनखबरको प्रश्नमा रिमालले भने, ‘कुनै व्यक्तिप्रति लक्षित होइन, कसैसँग मेल खान गएमा संयोगमात्र हुनेछ । मनको भावना व्यक्त गरेको कुरा पनि समाचार बन्छ र ? यो बिशुद्ध भावनात्मक कुरा हो ।

आइत, असार २२, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मकवानपुरको मनहरी क्षेत्रमा गोली चले

५ साउन, काठमाडौं । मकवानपुरको मनहरी क्षेत्रमा गोली चलेको छ । गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा गएराति गोली चलेको हो । मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले अनलाइनखबरलाई बताएअनुसार घटनामा संलग्नलाई सार्वजनिक गर्न अहिले पत्रकार सम्मेलन आयोजना गरिएको छ । उनले पक्राउ पर्नेको नाम भने...

अविरल वर्षाका कारण ज्यान गुमाउनेको संख्या ५० पुगे

२९ असार, काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । वर्षाका कारण आएको बाढी र पहिरोका कारण आइतबार विहानसम्म ज्यान गुमाउनेको संख्या ५० पुगेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार २५ जना घाइते छन् । घाइतेको सम्बन्धित जिल्लाका अस्पतालहरुमा...

भारतले खोल्न नमानेको बाँध बाढीले भत्कायो,गरिबको कोही नभए पनि भगवान त रहेछ नि

रौतहट । भारतले खोल्न नमानेको बाँध बाढीले भत्काउँदा रौतहटमा पानीको सतह घट्न थालेको छ । भारतको बैरगनिया र रौतहटको गौरकोबीचमा पर्ने भारतीय बाँधका कारण सदरमुकाम गौरसहित रौतहटका अधिकांश बस्ती डुबानमा परेर खोल्न आग्रह गर्दा पनि भारतीय पक्षले खोल्न अटेरी गरेको बाँध अन्ततः बाढीले भत्काएको हो...

पहिरोले घर पुरिँदा बनेपा-३, चुनातालमा २ जनाको घटनास्थलमा नै मृत्यु

काभ्रे — पहिरोले घर पुरिँदा बनेपा-३, चुनातालमा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । रामप्रसाद दंगालको घर पुरिँदा उनकी श्रीमती अन्दाजी ५५ वर्षीय गोमा र उनकी ७ वर्षीय नातिनी सुहावीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घटनामा परी उनकी बुहारी ३० वर्षीय...

दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन कैलालीको नदीमा देखिन थाले

असार, कैलाली । दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन कैलालीको नदीमा देखिन थालेको छ । नदीमा जलस्तर बढेपछि मोहना, पथरैया, कांडलगायतका नदीमा डल्फिन देखिन थालेका हुन् । यहाँको नदीमा हरेक मनसुनमा चेतनशील जलप्राणी डल्फिन देखिने गर्दछ । यो वर्ष अहिले कम्तीमा चार वटा डल्फिन देखिएको स्थानीय संरक्षणकर्मी भोजराज...

  100′ s Groups द्धारा सडकमै ट्राफिक जवान टीकाराम लाई माला खाडा लाएर सम्मान ।

“जहाँ हुन्छ राम्रो काम त्यहीँ गर्नुपर्छ सम्मान” भन्दै सामाजिक कार्यमा निरन्तर लागीरहेको एक   100′ s Groups  नामक संस्थाका युवाहरुले ट्राफिक जवान टीकाराम बुढालाई सोहि ठाँउमा गएर माला खाडा लगाई सम्मान गरेका हुन । नियम मिचेर सडकमा रोकिएको गृहमन्त्रालयका सह सचिव तथा प्रवक्ता रामकृष्ण सुबेदीले प्रयोग...