राजनिति

सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघजस्ता श्रीमानको हैसियतको आधारमा निर्माण भएका संस्थाहरु खारेज गर्न माग


असार, कामठाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सांसद पंफा भुसालले सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघजस्ता श्रीमानको हैसियतको आधारमा निर्माण भएका संस्थाहरु खारेज गर्न माग गरेकी छन् ।

आइतबार संसदमा विशेष समय लिएर बोल्दै उनले मुलुकबाट सामन्तवादी शासन व्यवस्था अन्त्य भए पनि राज्यका निकायमा अझै पितृसत्तावादी संथाहरु कायमै रहनु दुखद भएको बताइन् ।

‘श्रीमानका आधारमा श्रीमतीले सुविधा लिने, परिवारका नाममा परिवारका सदस्यले सुविधा लिने व्यवस्था अन्त्य गरेर आएको भन्दै उनले हामीले अन्त्य गरेका हौं । राष्ट्रप्रमुख शासन प्रमुखसँग सम्बन्ध गाँसेवापत महाराननी हने उनका छोराछोरी युवराज युवराज्ञी हुने र नागरिकभन्दा माथि हुने व्यवस्था हामीले अन्त्य गरेका हौं’ सांसद भुसालले भनिन् ‘अहिले पनि यो देशमा महत्वपूर्ण निकायमा त्यो परिपाटी विद्यमान छ ।’

अहिले पनि सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघ, सशस्त्र प्रहरी श्रीमती संघ, निजामती कर्मचारी श्रीमती संघजस्ता संस्था क्रियाशील रहनु गणतन्त्रसँग मेल नखाने उनले बताइन् ।

‘हिजोको परिवार र वंशवादमा आधारित पितृसत्तात्मक सामन्ती राजतन्त्रात्मक व्यवस्थामा बनेका संस्थाहरु राजतन्त्र अन्त्य भएर गणतन्त्र आएको छ, जनताले निर्वाचित भएका प्रतिनिधि शासकमा बदलिएका छन् । राष्ट्रप्रमुख सरकार प्रमुख बनिरहेका छन् । राज्यका महत्वपूर्ण निकायहरु सेना प्रहरी र निजामती प्रशासनमा अहिले पनि त्यसको धङधङी बाँकी छ’ भुसालले भनिन् ।

त्यस्ता श्रीमती संघहरु राज्यकै बजेटबाट सञ्चालन भइरहेको भन्दै उनले यस्तो प्रचलन गणतन्त्रसँग मेल नखाने बताइन् । ‘गणतन्त्रसँग मेल नखाने, राज्यको स्रोत साधनबाट परिचालन हुने यी सामन्ती पितृसत्तावादी संस्थाको यथासिघ्र खारेज गरियोस्’ उनले भनिन् ।

आइत, असार २२, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा

२५ असार, काठमाडौं । ‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा परेका छन् । मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले विभिन्न सात कृति पुरस्कारका लागि छनोट गरेको हो । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त २५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा...

प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै हुनुहुन्छ । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जानुभएको प्रधानमन्त्री आइतबार स्वदेश फर्कन लाग्नुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार साँझ ५ बजे स्वीट्जरल्याण्डको...

समानुपातिक सांसदले पनि रकम पाउने

२९ जेठ, विराटनगर । प्रदेश १ सरकारले समानुपातिक सांसदहरुलाई पनि संसद् विकास कोषमार्फत रकम बाँड्ने भएको छ । संघीय सरकारको अनुशरण गदै आगामी आर्थिक वर्ष ०७६/७७ देखि प्रदेश १ सरकारले समानुपातिक सांसदहरुका लागि पनि रकम बाँड्न लागेकाे हाे । त्यसका लागि उसले संसद् विकास कोष निर्माण...

टोखाको मौलिकता फर्काउन विदेशीको सहयोग लिन सुझाव

टोखा ⁄ सांस्कृतिक संरक्षित क्षेत्र टोखाको मौलिकता संरक्षण गर्न विदेशीको सहयोग लिन सुझाव दिन थालिएको छ । मंगलबार टोखा केब मिनी फन पार्कमा आयोजना गरिएको टोखा संस्कृति सम्पदा संरक्षण दबूको विशेष भेलामा प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपक राज जोशीले भक्तपुर, बन्दीपुर, पनौती...

‘विप्लव’ समूहले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रु बसमा आगजनी

१३ जेठ, सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रु बसमा आगजनी गरेको छ । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा विप्लव समूहका कार्यकर्ताले सोमबार बिहान आगजनी गरेका हुन् । हतियारसहित आएका विप्लवका कार्यकर्ताले आइतबार राति साढे...

भाइले चलाएको पेस्तोलको गोली लागेर घाइते ४८ वर्षीय शेष फारुकको मृत्यु

३ जेठ, वीरगञ्ज । भाइले चलाएको पेस्तोलको गोली लागेर घाइते भएका जिराभवानी गाउँपालिकाका ४८ वर्षीय शेष फारुकको मृत्यु भएको छ । घरायसी विवाद हुँदा जिराभवानी-१ महादेवपट्टीको बलुवाका शेषलाई उनका कान्छा भाइ ३८ वर्षीय शेख सेराजुद्धिन पेस्तोलले हानेका थिए । दाहिने पाखुरा छेडेर छातीमुनी गोली लागेका शेषलाई...