कविता

हामीले र उनीहरुले देख्ने फरक

-रत्नप्रसाद अनामणि श्रेष्ठ ,बनेपा नाला-४ ,काभ्रे


मैले भनेकै थिए
हिलोमा रातो कार्पेट ओछ्याएर
हिद्छ्न भनेर

मैले भनेकै थिए
पाइप राख्छ्न
पानी पठाउदैन भनेर

मैले भनेकै थिए
पानी जहाज किन्छन
चलाउने ठाउँ हुदैन भनेर

मैले भनेकै थिए
सिंहदरवार ,टुडिखेल सबै
उनीहरुको नाममा पार्छन भनेर

मैले भनेकै थिए
गरीब झुपडीमै हुन्छन
उनीहरु आलिसान महलमा हुन्छन भनेर

मैले भनेकै थिए
कालो तन्त्र र गणतन्त्र
छुत्याउन सक्दैन भनेर

किन कि
हामीले देख्ने रातो झण्डालाई
उनीहरुले जहाँ र जहिले पनि कालो देख्छन

बिहि, असार २६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाल तिमीलाई हेर्दा आँखा रसाउछ

नेपाल तिमीलाई हेर्दा नेपाल तिमीलाई हेर्दा आँखा रसाउछ थोपा थोपा मिलेर नदी र नदी नदी मिलेर सागर बन्छ बरर झर्छ रोक्न खोज्दा रोकिदै रोकिन्न नेपाल तिमीलाई हेर्दा आँसु झर्छ । नेपाली नेपाली लडी नेपालीलाई नै सिध्याउछन् शान्ति लेराउछु भनी रगत बगाउछन कतै फेरी महाभारत त हुने हैन नेपाल तिमीलाई हेर्दा आँसु झर्छ । सौन्दर्य भएर पनि कुरुप...

बडा दशैंको शुभकामाना छ साथी !

साथी ! पुरानो जुटको खाली बोरा बोकेर पढ्न स्कुल जाँदा नालाको गल्लीहरुमा भेट्थ्यो स्कुल बाहिर बरफ बेच्ने ठाउँमा हरेक पल्ट भेट्थ्यो अरुले बरफ खाँदा नजिकै बसेर मिठो स्वाद लिने तिमी यसरी सधै मिठो स्वाद लिनु तिमीले दशैंमा चाख्न खोजेका सपनाका मिठो परिकारहरु हुन् शुभकामाना छ साथी ####### बल्ल बल्ल किनेको त्यो बरफ खाइरहन्दा बरफ पग्लेर हत्केला हुदै नाडीसम्म बग्दा तिम्रा...

त्यो दिन र यो दिन

हिजो देख्दा उर्जाशील जोसिलो नै थिएँ कमाएर जहानको पेट भरी दिएँ अहिले त कचकचे बूढो भन्न थाले सबै आफ्नो कामतिर म त घर पाले बूढी पनि भन्न थालिन् नकराउ बूढा जाडो भए बालिदिन्छु अगेनामा मुढा घरवाली झर्को गर्छिन् कुनै कुनै बेला श्रीमतीले पनि अब गर्न थालिन् हेला औषतको आयु पनि सत्तरीमा गयो त्यो माथिको...

गाेङ्गबु साहित्य समाजकाे ३६औ काव्य शृंखला सष्टा सम्मान तथा पुस्तक बिमाेचन कार्यक्रम

गाेङ्गबु साहित्य समाजकाे ३६ अाैं काव्य श्रीङ्खला सष्टा सम्मान र पुस्तक बिमाेचन कार्यक्रम भब्य रूपमा सम्मन्न भयाे। साँढे ६ घण्टा सम्म चलेकाे उक्त कार्यक्रममा सयाैंकाे संख्यामा लेखक कविहरूकाे उपस्थिति रहेकाे थियाे। बालसाहित्य समाजका अध्यक्ष डा. शैलेन्दु प्रकाश नेपालकाे प्रमुख अातिथ्य र प्राज्ञ माया ठकुरी, बरिष्ठ...

गणेश स्तुति

टेडोमुख भएर नै बक्रतुण्डं नाम भक्तजन सबैलाई सिद्धिदिने काम दोस्रो नाम हुन गयो एकदन्तं नाम प्रभु तिम्रो मन्दिरनै हाम्रो दिव्य धाम तेस्रो नाम रैछ प्रभु कृष्णा पिङ्गाक्षं नै भक्तलाई माया गर्ने तिमी ईश्वर नै चौथो नाम गजबक्त्रं हात्तीको झै सुँढ हामीलाई प्रभु सधै धर्मतिर मुड पाँचौनाम लम्बोदरं रैछ तिम्रो नाम भक्तजन सबैलाई देउ वरदान षष्ठं नाम विकराल बिसाल छ रुप आरधना गर्छौं हामी बालि धुप दिप सातौ नाम बिघ्रराजं विघ्ननास गर आठौ नाम धुम्रवर्ण तिम्रै पर्छौ भर नवौ नाम भालचन्द्रं चन्द्रमा छ शीर दुःख कष्ट नास भई हटुन् हाम्रा पिर दसौं नाम विघ्नहर्ता विनायक नाम हाम्रा सबै विघ्नबाधा हर्ने गर काम एकादशं गणपति देवताका नेता मन हाम्रो शान्त पार्न हेरिदिनु यता द्वावशं तु गजाननम् हात्ती मुख तिम्रो अनिष्टको नासगरि माया गर्ने हाम्रो सिद्धि दिने गणेशको जपौँ हामी नाउँ संसारको दुःखबाट प्रभु मुक्ति पाउँ ...

…………. सहिद आखिर के पाएउ त ? 

सहिदको जवाफ – मेरो परिवार ले पिडा , मेरो नेता ले पेडा । मेरो परिवार ले दु:ख , मेरो नेता ले सुख । मेरो परिवार लाई न सारी न धोती , मेरो नेता को गनिनसक्नु सम्पत्ति । मेरो परिवार लाई थाहा भएन औषधी र उपचार् , मेरो नेता हाछीउ अौउदा बिदेश...