स्थानीय समाचार

बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु


२७ असार, काठमाडाैं । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु भएको छ ।

मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारको तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अहिले स्काभेटरको सहयोगमा पुरिएको शवलाई निकाल्ने काम भइरहेको अनलाइनखबरलाई बताए ।

काठमाडौंको ढुंगे अड्डामा रहेको होचो भागमा डुबानमा परेर ३ जना फसेका छन् । काठमाडौंमा ३ जनाको मृत्यु भएसँगै वर्षाका कारण मुलुकभर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।

शुक्र, असार २७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

एम्बुलेन्समा लापर्वाही

दोलखा शैलुङ गा पा ८ भैसे विरामीहरुलाइ निशुल्क सेवा दिन भन्दै कर छुट र विभिन्न दातृ निकायको सहयोगमा भित्रने गरेको एम्बुलेन्सहरुले विरामीहरुको सेवा त परै जाओस महंगो शुल्क लिएर ठगी धन्दा गर्दै आएका छन् । अधिकांश एम्बुलेन्सहरु ट्याक्सीको भन्दा महंगो शुल्कमा विरामी यात्रुको सेवामा लिप्त रहेको...

ललितपुरको टुटेपानी भन्ने ठाउँमा प्रेसर कुकर बम भेटिए

काठमाण्डाै – ललितपुरको टुटेपानी भन्ने ठाउँमा प्रेसर कुकर बम भेटिएको छ । सोमबार बिहान विप्लव नेतृत्वको समूहले बम राखेको प्रहरीले जनाएको छ । अहिले नेपाली सेनाकाे डिस्पोजल टोलीले डिस्पाेज गरिरहेको छ । यो बाटो हुँदै प्रचण्डको निवास पुगिन्छ । ...

यो देशको भूमिपुत्र नेवारहरु पनि विश्वको सर्वोच्च शिखर सगरमाथामा

तनहुँ डुम्रेका ४८ वर्षीय रोहित श्रेष्ठले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् । २२ वर्षअघि रोजगारका लागि अमेरिका पुगेका सफ्टवेयर इञ्जीनियर श्रेष्ठले यही जेठ २ गते बिहीबारका दिन बिहान साढे ६ बजे विश्वको सर्वोच्च शिखर चुमेर आफ्नो उद्देश्य प्राप्ती गरेका हुन् । नेपालमा अलपत्र परेका सडक...

गोंगबुमा सडक दौड प्रतियोगिता सम्पन्न

टोखा नगरपालिका वडा न.१० र गोंगबु उपभोक्ता समितिको संयुक्त आयोजनामा प्रथम टोखा नगर वडा स्तरीय सडक प्रतियोगिता सम्पन्न भएकोछ/ उक्त प्रतियोगिता गोंगबु नयाँ सडक भैरब चोकबाटसंचालन भएको थियो/दौडको शुभारम्भमा रास्ट्रिय धुन बजाएरशुरु गरिएको कार्यक्रममा वडा न.१० का अध्यक्ष मधुशुदन पाण्डे ले उद्घाटन गर्नु भएको थियो...

बानियाँटारस्थित जालपा पुस्तकालयको नयाँ भवनको उद्घाटन

काठमाण्डौं, वैशाख १२ गते । जालपा पुस्तकालयको तेस्रो वार्षिक उत्सवको अवसरमा माननीय उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले एक समारोहका बीच आज काठमाण्डौंको टोखा नगरपालीका–८, बानियाँटारस्थित जालुपा पुस्तकालयको नयाँ भवनको उद्घाटन गर्नुभयो । पुस्तकालय भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोख्रेलले पढ्ने बानीको विकास गर्नका लागि पुस्तकालयको महत्वपूर्ण भूमिका रहने...

तस्करहरुको समूहले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा प्रहरीको हतियार लुटे

वैशाख, जनकपुरधाम । तस्करहरुको समूहले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा प्रहरीको हतियार लुटेको छ । गस्तीमा रहेका प्रहरी र भारततर्फ रक्सी तस्करी गर्ने समूहबीच झडप भएको थियो । गस्तीको नेतृत्वकर्ता नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) प्रमोदकुमार साहको साथमा रहेको एक थान पेस्तोल तस्करहरुले लुटेका हुन् ।...