प्रविधि

हुवावेले आफ्नो नयाँ अपरेटिङ सिस्टमको ट्रेडमार्क दर्ताका लागि युरोपेली युनियन कार्यालयमा निवेदन दर्ता


काठमाडौं । चिनियाँ दिग्गज कम्पनी हुवावेले आफ्नो नयाँ अपरेटिङ सिस्टमको ट्रेडमार्क दर्ताका लागि युरोपेली युनियन (इयू) बौद्धिक सम्पत्ति कार्यालयमा निवेदन दर्ता गरेको छ । हुवावेले नयाँ अपरेटिङ सिस्टमको हार्मोनी नामक ब्राण्डलाई दर्ताको निवेदन दिएको हो ।

हुवावेको नयाँ अपरेटिङ सिस्टम मोबाइल तथा कम्प्युटर दुवैका लागि प्रयोग हुनेछ । हुवावेले जुलाई १२ मा दिएको निवेदनमाथि इयूको बौद्धिक सम्पत्ति अधिकार कार्यालयमा आवश्यक कार्यवाही चलिरहेको बताइएको छ ।

हुवावेका अनुसार आफ्नो स्मार्टफोनका लागि एन्ड्रोइड अपरेटिङ सिस्टम सबैभन्दा पहिलो रोजाइको रुपमा रहेको छ । तथापि पछिल्लो समय अमेरिकासँगको व्यापार युद्ध तथा गुगलको सम्बन्ध विच्छेदपछि हुवावेले आफ्नै अपरेटिङ सिस्टम हंगमेंगको विकास गर्ने बताएको थियो । यद्यपि पछिल्लो समय अमेरिका र चीनबीचको सम्बन्धमा सुधार आएपश्चात् हुवावेको संकट केही कम हुँदै गएको छ ।

तथापि हुवावेले हार्मोनीको ब्राण्डनेमबाट इयूमा अपरेटिङ सिस्टमको ट्रेडमार्क दर्ता गर्ने प्रयास गरेबाट कम्पनीको अपरेटिङ सिस्टमको नामका बारेमा अन्योल भएको छ ।

कम्पनीका अध्यक्ष लियांग हुआले होंगमेंगलाई स्मार्टफोन अपरेटिङ सिस्टमका रुपमा विकास गर्ने बारेमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन् ।

-एजेन्सीको सहयोगमा

मङ्ल, असार ३१, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान

काठमाडौं नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो कार्गो विमान खरीदका लागि सन् २०१७ अगष्टमा एलसी खोलिएको थियो । विपद्का समयमा सामान ढुवानी र...

अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन काठमाण्डाैमा

काठमाण्डौ – विज्ञान, प्रविधि र नवप्रवर्तनको विकासका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सहभागिता रहने गरी ‘अनुसन्धान तथा नवप्रवर्तन कोष’ स्थापना गर्ने सङ्कल्पसहित १२ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन काठमाण्डाैमा सकिएको छ । सरकारी, गैरसरकारी, उद्योग, बैंकजस्ता सेवाप्रदायक सङ्घसंस्थाबाट मुनाफाको न्यूनतम एक प्रतिशत आउने गरी...

पाल्पाली अचार “चुकौनी “

चुकौनी एक साकाहारी परिकार हो / यो परिकार बिशेष गरि दही र आलुबाट तयार गरिन्छ /चुकौनीलाइ “पाल्पाली अचार” भन्ने गरेको पनि पाइन्छ /बास्तबमा नेपाल एउटा यस्तो भुमि हो जहाँ हरेक क्षेत्रमा आआफ्नै विशेषताले भरिपूर्ण रैथाने स्वादका भर्जिन परिकारहरु पाइन्छन /प्रचार प्रसारको अभावले प्रत्यक नेपालीको जिब्रोले...

शरीर विज्ञान र  चिकित्सा विज्ञानका लागि नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई

२० असोज, स्टकहोम (एपी) । शरीर विज्ञान र  चिकित्सा विज्ञानका लागि यस वर्षको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ । शरीरका कोषहरुले कसरी अक्सिजनको तह अनुभूत गर्छन् र प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा गरेको खोजका लागि उनीहरुलाई पुरस्कृत गरिएको हो...

प्रधानमन्त्रीले ‘एक्सन रुम’ बाट राष्ट्रिय गौरबका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने

असोज, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’ बाट राष्ट्रिय गौरबका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने भएको छ । कार्यालयमा तयार भएको आधुनिक प्रविधियुक्त कक्षबाट गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन (लाइभ मनिटरिङ) गर्ने प्रणाली कार्यान्वयनमा आएको हो । यो कक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित मुख्य सचिव...

मात्र १ इन्चको स्क्रिन भएको विश्वको सबैभन्दा सानो आकारको ल्यापटप(भिडिओ सहित

मात्र १ इन्चको स्क्रिन भएको विश्वको सबैभन्दा सानो आकारको ल्यापटप । सुन्दैमा अनौठो जरुर लाग्छ । तर एकजना व्यक्तिले यो विशेष खाले ल्यापटप तयार पारेका छन् । विश्वकै सानो ल्यापटप बनाउने व्यक्तिको नाम पल क्लिन्गर हो । उनले बनाएको उक्त ल्यापटपको नाम ThinkTiny हो । यो...