उर्जा

नेपालमा बढी भएपछि पहिलोपटक १५० मेगावाट बिजुली भारत निर्यात


काठमाडौं । नेपालले तल्कालका लागि बिजुली भारत निर्यात गरेको छ। लगातरको वर्षाका कारण कुलेखानी जलाशययुक्त अयोजना भरिएको र तराईमा बाढीका कारण बिजुली आपूर्ति अवरोध भएपछि बढी भएको भारत निर्यात गरिएको हो ।

विगत तीन दिनयता दैनिक एक सय ५० बिजुली निर्यात गरिएको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । यससँगै नेपालले इनर्जी बैंकिङको सुरुवात गरेको मन्त्री पुनले बताए। मन्त्रालयमा मंगलाबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री पुनले भने, ‘बाढीले तराईमा बिजुलीको माग घटेकाले यो समयमा हामीलाई बढी भएको बिजुली भारत पठाएको हौं।’

कुसाहा–कटैया प्रसारणबाट ११० मेगावाट र रक्सौल–परवानीपुरबाट ५० मेगावाट गरी कुल १५० मेगावाट बिजुली निर्यात भएको मन्त्री पुनले बताए। उनका अनुसार यी दुई प्रसारण लाइनका विभिन्न सातवटा विन्दुबाट बिजुली भारत पठाइएको हो। बुधबारदेखि भने तराईमा विद्युत् आपूर्ति नियमित भइ माग बढेपछि भारत निर्यात रोकिनेछ।यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

बुध, साउन १, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पेट्रोलियम मिथेन ग्यासको उत्खननका लागि सरकार तयार भए

पेट्रोलियम मिथेन ग्यासको उत्खनन आगामी वैशाख तेस्रो हप्तादेखि गरिने भएको छ । चीनकोतर्फबाट चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच बेइजिङमा सम्झौता भएपछि उक्त पेट्रोलियम मिथेन ग्यासको उत्खननका लागि सरकार तयार भएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको...

चीनसित मिलेर नेपालले खानीहरुको अनुसन्धान गर्दै

काठमाडौँ । नेपालमा पेट्रोलियम खानीको धेरै सम्भावना छ तर त्यसको अनुसन्धान र प्रयोग हुन सकिरहेको छैन । तर यसपटक चीनसित मिलेर नेपालले ती खानीहरुको अनुसन्धान गर्दैछ । नेपालमा रहेका त्यस्ता पेट्रोलियम खानीहरुको विस्तृत अन्वेषण गर्न नेपाली र चिनियाँ प्रतिनिधिले बिहिबार चीनको बेइजिङमा ‘पेट्रोलियम खानी अन्वेषण...

विद्युत् चुहावट १० प्रतिशत घट्यो –कुलमानले प्राधिकरण सम्हालेपछि

 काठमाडौं । चालु आर्थिक वर्ष २०७५/७६को पहिलो पाँच महिनामा १० प्रतिशत विद्युत चुहावट घटाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । २५.७८ प्रतिशतबाट १५.४५ प्रतिशतमा चुहावट झार्न सफल भएको प्राधिकरणको दावी छ । कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा...

निगमले म्याच फिक्सिङ नगरेसम्म इन्द्रेको बाउ चन्द्रेले पनि केही गर्न सक्दैन –लिलेन्द्र प्रधान

मंसिर, काठमाडौं । नेपाल आयल निगमले नियमित अनुगमन गरेको र आधुनिक प्रविधि प्रयोग गरेको भनिए पनि ट्यांकरबाट तेल चोरी हुने र पेट्रोल पम्पहरुबाट कम परिमाणमा तेल बिक्री गरेर उपभोक्तालाई ठग्ने क्रम रोकिएको छैन । आयल निगमका लागि इन्धन ढुवानी गर्ने ट्यांकरहरुको तेल बीच बाटोमै चोरी...

नेपाल-भारत पेट्रोलियम पाइपलाइनको काम तीब्र गतिमा

वीरगञ्ज । नेपाल-भारत पेट्रोलियम पाइपलाइनको काम तीब्र गतिमा भइरहेको छ ।   मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम परियोजना अन्तर्गत रक्सौलदेखि अमलेखगञ्जसम्म १६ किलेामिटर खण्डमा पाइप गाड्ने काम सम्पन्न भइसकेको छ । परियोजना अन्तर्गत रक्सौलबोर्डरदेखि अमलेखगञ्जसम्म ३६.२ किलो मिटर र मोतिहारीदेखि रक्सौल बोर्डरसम्म ३३.७ किलोमिटर पाइप विछ्याउनुपर्ने हुन्छ । १५ महिनामा सक्ने लक्ष्यका...

सरकारले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना आन्तरिक स्रोत परिचालन गरेर निर्माण गर्ने घोषणा

जेठ, काठमाडौं । चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिइएको पश्चिम सेती जलविद्युत आयोजना आन्तरिक स्रोतबाटै बनाउने अर्थमन्त्री डा. युवराज खतिवडाको घोषणालाई सरकारकै अर्को निकाय लगानी बोर्डले खण्डन गरेको छ । अर्थमन्त्री खतिवडाले जेठ १५ मा सार्वजनिक गरेको आर्थिक वर्ष ०७५/०७६ को बजेटमार्फत सरकारले ७५० मेगावाटको पश्चिम सेती...