परको कुरा स्थानीय समाचार

नेपाल हृदयरोग निवारण प्रतिष्ठान नाला उपशाखा तदर्थ समितिको बिशेष कार्यक्रम सम्पन्न


श्रावण ७ गते / उग्रचण्डी भगवती मन्दिर  नाला लागंटोल परिसरमा रहेको देवानन्द सत्तलमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखा,नाला उपशाखा तदर्थ समितिको अनुशिक्षण,आजीवन सदस्यताको प्रमाण र धडकन स्मारिका बितरण समारोहका साथै प्रत्यक सहभागीको रक्तचाप नाप्ने,तौल लिने,उचाई नाप्ने र कम्मर नाप्ने कार्यक्रम स’सम्पन्न भएको छ / नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखा,नाला उपशाखा तदर्थ समितिका संयोजक श्री सिद्धिबहादुर कर्माचार्यको सभापतित्वमा संचालन भएको सो समारोहमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाका सभापति श्री अशोककुमार श्रेष्ठको प्रमुख अतिथ्य्तामा हृदयरोग सम्बन्धि महत्वपूर्ण उपदेश,संगठनको आवश्यकता र महत्व,बिभिन्न कार्यक्रमहरु प्रक्षेपन गर्ने  बारे आफ्ना अभिब्यक्ति दिनु भएको समाचार प्राप्त भएको छ /

उक्त कार्यक्रममा सदस्य सुश्री निर्मला श्रेष्ठले स्वागत गर्नुभयो भने आजीवन सदस्य श्री राजेन्द्र कोङाले कार्यक्रम संचालन गर्नु भएको थियो / बिशिष्ट अतिथि बनेपा न.पा. वडा नं.४ का अध्यक्ष श्री श्यामसुन्दर श्रेष्ठले नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखा,नाला उपशाखा तदर्थ समितिको स्थापना भएको खुसी ब्यक्त गर्नु  हुँदै आवश्यक सहयोग गर्ने बिश्वास दिलाउनु भयो / यसै गरी बिशिष्ट अतिथि बनेपा न.पा. वडा नं.३ का अध्यक्ष श्री कृष्णप्रसाद दाहालले उत्तरोत्तर प्रगतिको कामना गर्नु  हुँदै निकट भबिश्यमा मिलेर काम गर्ने बिचार समेत ब्यक्त गर्नु भयो / अतिथि नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाका सदस्य श्री बेन खड्काले खाना तथा मुटु रोग बारे सन्देशमुलक प्रस्तुति प्रस्तुत गर्नु भयो/  शहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र अस्पतालका मुटु बिभाग प्रमुख डा.किसन कुमार कुशबाहाले मुटु रोगको उपचार बैज्ञानिक प्रमाणीकरणको आधारमा गर्नु पर्दछ / मुटु जोगाउनु भनेको शरीरको सम्पूर्ण अंग जोगाउनु हो भन्नु भयो / प्रशिक्षिका श्री कृपा कर्माचार्यले तीन वटा “चि” ( चिन्ता, चिल्लो खाना र चि अर्थात नुन) लाई ध्यान दिन र अनुशरण गर्न सक्यो भने मुटु रोगबाट जोगिन सकिने बताउनु भयो /

कार्यक्रममा ७२ जना आजीवन सदस्यहरुलाई प्रमुख अतिथि नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाका सभापति श्री अशोक कुमार श्रेष्ठले प्रमाण पत्र बितरण गर्नुका साथै नाला उपशाखा तदर्थ समितिका संयोजक श्री सिद्धिबहादुर कर्माचार्यले खादा ओढाएर प्रत्येक आजीवन सदस्यलाई स्वागत गर्नुभयो / सचिव श्री टीकाभक्त भोछिभोयाले धडकन स्मारिका बितरण गर्नुका साथै मुटु रोगबाट बच्न सकिने ज्ञान बाढ्नु भयो / अन्तमा प्रमुख अतिथि श्री अशोककुमार श्रेष्ठले नाला उपशाखा तदर्थ समितिलाई पूर्ण उपशाखा अर्थात नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखा,नाला उपशाखाको रुपमा घोषणा गर्नु भयो / यथाशिघ्र विधिवत रुपमा उपशाखाको पद बिभाजन गरी शाखालाई जानकारी पठाउनु  हुन पनि निर्देशन दिनेबारे हाम्रा खोज सम्बाददाता पंचम सुन्दर श्रेष्ठले जानकारी गराउनुभयो /

बुध, साउन ८, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

‘भ्रमण’ भन्ने वित्तिकै घुम्ने काम वा घुमाई भन्ने बुझिन्छ । मानिस स्वभावैले एकै स्थानमा बस्न चाहाँदैन । परिवर्तनको अपेक्षा हरबखत गरिरहन्छ । कुनै नयाँ स्थानमा गएर नयाँ नयाँ अनुभवहरु सँगाल्ने र ती अनुभवहरु आफ्ना साथीभाइ परिवारका सदस्यहरुलाई बाँड्ने उत्कण्ठा हरपल बोकिरहेको हुन्छ मानिसले । कुनै...

नालामा गठे मुगल चह्रे

नेपाल विविध सांस्कृतिक महत्व बोकेको मुलुक हो ।यहाँ विभिन्न समुदायहरुका आ–आफ्नै संस्कृति रहेका छन्  । नेपालमा रहेका बिभिन्न समुदाय मध्य साँस्कृतिक रुपले अत्यन्त धनी समुदाय हो नेवार समुदाय । यस समुदायको महत्वपूर्ण पर्व मध्य गठे मुंगल पर्व पनि एक हो । यो पर्व हरेक बर्षको...

बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु

२७ असार, काठमाडाैं । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु भएको छ । मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारको तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय...

एम्बुलेन्समा लापर्वाही

दोलखा शैलुङ गा पा ८ भैसे विरामीहरुलाइ निशुल्क सेवा दिन भन्दै कर छुट र विभिन्न दातृ निकायको सहयोगमा भित्रने गरेको एम्बुलेन्सहरुले विरामीहरुको सेवा त परै जाओस महंगो शुल्क लिएर ठगी धन्दा गर्दै आएका छन् । अधिकांश एम्बुलेन्सहरु ट्याक्सीको भन्दा महंगो शुल्कमा विरामी यात्रुको सेवामा लिप्त रहेको...

ललितपुरको टुटेपानी भन्ने ठाउँमा प्रेसर कुकर बम भेटिए

काठमाण्डाै – ललितपुरको टुटेपानी भन्ने ठाउँमा प्रेसर कुकर बम भेटिएको छ । सोमबार बिहान विप्लव नेतृत्वको समूहले बम राखेको प्रहरीले जनाएको छ । अहिले नेपाली सेनाकाे डिस्पोजल टोलीले डिस्पाेज गरिरहेको छ । यो बाटो हुँदै प्रचण्डको निवास पुगिन्छ । ...

यो देशको भूमिपुत्र नेवारहरु पनि विश्वको सर्वोच्च शिखर सगरमाथामा

तनहुँ डुम्रेका ४८ वर्षीय रोहित श्रेष्ठले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् । २२ वर्षअघि रोजगारका लागि अमेरिका पुगेका सफ्टवेयर इञ्जीनियर श्रेष्ठले यही जेठ २ गते बिहीबारका दिन बिहान साढे ६ बजे विश्वको सर्वोच्च शिखर चुमेर आफ्नो उद्देश्य प्राप्ती गरेका हुन् । नेपालमा अलपत्र परेका सडक...