प्रमुख समाचार

लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाउँदा मृत्यु


९ साउन, लमजुङ । लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएका चार जनामध्ये दुई जनाको सनाखत भएको छ । सात जना अझै वेपत्ता छन् ।

सनाखत हुनेहरुमा पर्साका अन्दाजी २८ वर्षीय शिवधन चौधरी र डडेलधुराका अन्दाजी ३४ वर्षीय रमेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी रविन्द्रमान गुरुङले जानकारी दिए

निर्माणाधीन दोर्दी ‘ए’ जलविद्युत आयोजनामा शिवधनले फलामको काम गर्दथे भने र रमेश हेल्पर थिए । शव फेला परेकामध्ये अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको डिएसपी गुरुङले जानकारी दिए ।

बुधबार दिउँसो एक्कासी आएको बाढीले जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरुलाई बगाएको थियो । चार जनाको शव फेला परे पनि अन्य सात जनाको अवस्था अज्ञात छ । मृतक र वेपत्ता सबै पुरुष हुन् ।

बाढीमा वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको डिएसपी गुरुङले बताए । उनले भने, ‘नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली मिलेर खोजी कार्य जारी राखेका छौं । तर, हराइरहेकाहरुलाई फेला पार्न सकिएको छैन ।’

बुधबार राति परेपछि खोजी कार्य बन्द गरेको सुरक्षाकर्मीको टोलीले बिहीबार बिहानैबाट फेरि खोज्न सुरु गरेको उनले बताए । तर बाढी ठूलो भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको डिएसपी गुरुङले जानकारी दिए ।

बिहि, साउन ९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व शुक्रबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै...

राष्ट्रिय राजमार्गलाई धावनमार्गको रुपमा उपयोग गर्ने योजनाअध्ययन गर्ने

भदौ काठमाडौं । राष्ट्रिय राजमार्गलाई धावनमार्गको रुपमा उपयोग गर्ने योजना ल्याएको सरकारले सम्भावित खण्डहरुको अध्ययन गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजमार्गका विभिन्न खण्डलाई धावनमार्गका रूपमा प्रयोग गर्ने भनिएको थियो । यस्तो योजनामाथि पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्च अधिकारीहरुले नै प्रश्न...

अरुणखोलाको डाइभर्सन बगाएपछि अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा

नवलपरासी – अरुणखोला पुल भाँचिएपछि निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । नवलपरासीको अरुणखोलामा बनाइएको डाइभर्सन आइतबार साँझ आएको बाढीले बगाउँदा पूर्ण रुपमा यातायात अवरुद्ध भएको थियो । डाइभर्सनको मर्मत गरेर झण्डै ३० घण्टापछि यातायात एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी...

३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका मृत भेटिए

भदौ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा कार्यरत् प्रहरी जवान शंकर ठगुन्ना मृत अवस्थामा भेटिएका छन् ।नागार्जुन नगरपालिका–३, ठूलो भर्‍याङमा ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका उनी गएराति मृत भेटिएका हुन् । स्वयम्भूका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीका अनुसार, प्रहरीले महिलालाई सोधपुछका लागि नियन्त्रणमा...

जनैपूर्णिमाका केही झलकहरु

आज श्रावण शुल्क पूर्णिमा अर्थात जनै पूर्णिमा । यस दिनलाई रक्षाबन्धन र ऋषि तर्पणी पर्व पनि भन्ने गरिन्छ । यस हिन्दू धर्माबलम्बीहरुको तागाधारी समुदायले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई...

झापाको विर्तामोडमा बम विष्फोट

काठमाडौं । झापाको विर्तामोडमा बम विष्फोट भएको समाचार छ । नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम विष्फोट भएको हो । तीनवटै वडाको संयुक्त कार्यालय रहेको गरामनीस्थित नगरपालिकाको भवनमा बिहान चार बजेतिर विष्फोट भएको जनाइएको छ । स्थानीयका अनुसार बिहान करिब साढे...