संस्कृति/धर्म

नालामा गठे मुगल चह्रे

-रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला,बनेपा -४,काभ्रे


नेपाल विविध सांस्कृतिक महत्व बोकेको मुलुक हो ।यहाँ विभिन्न समुदायहरुका आ–आफ्नै संस्कृति रहेका छन्  । नेपालमा रहेका बिभिन्न समुदाय मध्य साँस्कृतिक रुपले अत्यन्त धनी समुदाय हो नेवार समुदाय । यस समुदायको महत्वपूर्ण पर्व मध्य गठे मुंगल पर्व पनि एक हो । यो पर्व हरेक बर्षको साउन कृष्ण चतुर्दशीका दिन मनाइने गर्दछ । गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन छ । उक्त दिन दिनभर ठड्याइएको छवालीबाट निर्मित गठेमंगललाई घाम अस्ताएपछि बोकेर नदी वा पोखरीमा लगेर जलाएर विसर्जन गरिन्छ ।

परापूर्वकालमा नास्तिक व्यक्तिले ‘भगवानको नाम सुन्न नपरोस्” भनी कानमा घन्टा झुन्ड्याएको र उसको आतंकले धेरैलाई अप्ठ्यारो परेकाले उसलाइ साउन कृष्ण चतुर्दशीका दिन दहन गरिएको कथन छ । खेतमा काम गर्न बिशेष गरि बर्षमा धान रोप्ने बेलामा निकै शक्तिको आवश्यकता पर्दछ सो शक्ति प्राप्त गर्न घंताकर्णलाइ आव्ह्वान गरिन्छ ।घंताकर्णको शक्तिले नै असारको समयमा काम गर्न र जे खाए पनि पच्छ भन्ने जन बिश्वास रहेको पाइन्छ । नेवार समुदायमा धान रोप्ने बेलामा आमन्त्रण गरिएको शक्ति धान रोप्न सकेपछि पन्छाउन यो पर्व मनाउने गरिन्छ ।

ऐतिहासिक किंवदन्ती अनुसार एक जना तान्त्रिकले भ्यागुताको रुप धारण गरेर दुवै कानमा घन्टाहरु झुण्ड्याएर मानिसहरुलाई खादै हिड्ने गरेको राक्षसलाइ छल गरेर हिलोमा धसाएर सबैले ढुंगामुडा गरेर मारेको र राक्षसको त्रासबाट मुक्त गरिएको विश्वास गरिन्छ ।

नालामा साँझपख टोल टोलका ससाना केटाकेटीहरु आआफ्नो टोलको प्रत्यकको घरमा गई “धुँ या मबिउ पे भौ“र “छवाली मबिउ पे भौ “भनेर छवाली मागेर आआफ्नो टोलको दोबाटोमा जम्मा पर्दछन । बुढा पाकाहरु सांझतिर आएर गठा मुगल बनाउञ्छ्न ।  पुरानो नाग्लो अथवा ठुलो कर्कलोको पातमा गठे मुगलको अनुहार बनाइन्छ ।गठे मुगल बनाई सके पछि प्रत्यक घरबाट दुइ मुठा छवाली बालेर भान्छा कोठा र अन्य कोठाहरुमा भुत प्रेत भागोस् भनेर घुमाएर ल्याउछ । घर अगाडिको कुमारीअथवा पिखालखुमा समेत घुमाएको हुन्छ  । त्यो दुइ मुठा छवलिमा कर्कलो, सिस्नो,आरुको बोटको हाँगा, धुँ स्वाँ,भुइँ स्वाँ,च्वाकं र बाकं राखेर बालेको हुन्छ जसको कारणले पट ट आवाज आउनुको साथै एक किसिम्मको वासना आउँछ । यसरी टोलका सबै घरहरुबाट निस्की सके पछि दुइ जनाले गथे मुगल बोकेर आआफ्नो टोलको खोला वा पोखरीमा सेलाउन लैजान्छ ।पछि पछी आआफ्नो घरबाट निकालेको त्यो दुइ मुठा छवाली बालेर “धुँ या मबिउ पे भौ“भन्दै लैजान्छ । सम्बन्धित स्थानमा पुगेपछि आगो लगाएर सेलाउँछ ।त्यतिखेर जथाभाबी फोहोर गालि पनि गर्दछ ।सेलाई सकेपछि मुख धोएर वा नुहाएर आ आफ्ना घरमा फर्किन्छ ।

यस पर्वमा केटाकेटी देखि बुढापाकाहरु समेतलाई खुब मनोरंजन दिन्छ। छवालिमा बिभिन्न जडिबुटी राख्नुको कारण र त्यो जथाभावी बोल्नुको कारण बारे थप अनुसन्धान गर्नु निकै आवश्यक छ।  काठमाडौँमा गथे मंगल नर्कट को बनाइ मान्छेलाई नै भुत बनाइ पैसा माग्ने चलन रहेको छ ।

 

 

बिहि, साउन १६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नालामा चाड पर्वमा सामुहिक राँगो काट्ने चलन हराउदै

ऐतिहासिक तथा प्राचीन नगरी उग्रचण्डी नालामा पहिले पहिले हरेक चाडपर्वमा टोलै पिच्छे सानो वा ठुलो राँगो काट्ने चलन थियो /हिजो आज मासु पसल खुले पछि बिस्तारै हराउँदै गैरहेको छ /शुध्द ,स्वस्थ र सफा राँगोको मासु साँच्चिकै खाने हो भने यो नै हाम्रा पुर्खाले प्रतिपादन गरेको...

नाला उग्रचण्डी भगवती मन्दिरका कलात्मक पांच तोरणहरु

नेपाली शैलीका मन्दिरलगायत विहार, पुराना दरबार, झ्याल ,द्यो छे आदि माथि राखिने अर्धचन्द्रकार या अर्धगोलाकार काठ या धातुको कलात्मक बस्तुलाई नै तोरण भनिन्छ।मन्दिरको भित्तामा टाँसिएको हुन्छ /मुनिको भाग पुरै टाँसिए पनि माथि गोलाकार भाग अलि अगाडी झुकिएको हुन्छ /यसलाई बिशेष किसिमको किल्ला र सिक्री प्रयोग...

नाला करुणामयको प्रवेश द्वार ( गेट )

नाला एक प्राचीन ऐतिहासिक नगर हो /यस नगर वरपर थुपै ऐतिहासिक बिषय बस्तुहरु भए तापनि तिनीहरुको अध्ययन अनुसन्धान हुनसकेका छैनन /धेरै अध्ययन अनुसन्धानहरु उपत्यका केन्द्रित मात्र हुदै आएको छ /नाला शहरमा नेपालका चार प्रशिध्द भगवती मध्य एक उग्रचण्डी नाला भगवती र त्यसै गरि नेपालका चार...

नालालाई शुरक्षा गरिरहेका अष्टमातृकाहरु पुन निर्माणमा वडाले बिशेष जोड दिनु पर्ने

विश्वमा रहेका मानवले आ आफ्नै जाति वा समुदायको आफ्नै धार्मिक साँस्कृतिक रहेका हुन्छन /मानवले सबै भन्दा पहिले प्राकृतिक पुजा गर्न सिके त्यस पछि मात्र मातृ शक्तिको पुजा तथा आराधाना गर्न सिके /यसै क्रममा अष्ट मातृकाको प्रार्दुभाव भएको हुनु पर्दछ / ऋग्बेदमा स्वर्ग लोकमा सुर्य ,अन्तरिक्ष...

उग्रचण्डी नाला आफैमा एक खुल्ला संग्राहालय भए पनि संग्रहालय खोल्नु पर्ने

उग्रचण्डी नाला आफैमा एउटा सांस्कृतिक,प्राकृतिक र प्राचिन मानवको खुल्ला संग्रहालय हो / यस संग्रहालयमा मानव सभ्यताको राम्ररी अध्ययन गर्न सकिन्छ / यहाँ मल्ल कालिन अवशेष मात्र केही मात्रामा बाँकी छ भन्ने प्राचिन र किराँत कालिन अवशेष कथामा मात्र सुन्न सकिन्छ /ढुंगे युगको हातियारहरु यस क्षेत्रमा...

नाला भगवती मन्दिर अगाडिको शिला स्तम्भहरु मुनि रहेका ढुंगाका तीन कछुवाहरु

कछुवा पृथ्वीमा रहेका जीव हरु मध्य बढी बाँच्ने जीव मान्दै आएको छ / यो जीवलाई घस्रेर हिड्ने जीव अथवा सरीसृप बर्गमा राखिएको छ / यो जीव चिसो रगत भएको जीव हो / भनिन्छ हात्तीले कुल्चे पनि केही हुदैन /यस जीवको शुरक्षा भन्नु नै यस जीवको...