संस्कृति/धर्म

नालामा गुँला पर्व

-रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला ,काभ्रे


गुँला नेपाल सम्वतको नवौं महिनामा मनाइने भएकाले यसलाई गुँला भनिएको हो । नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ र ‘ला’ को अर्थ महिना हुने गर्छ । नेपाल संवतको  गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना गुँला पर्व मनाइन्छ । यस महिनाका पक्षहरूलाई गुँलाथ्व र गुँलागा भन्ने गरिन्छ। यो महिनादिनलाई धर्म सञ्चय गर्ने अवसरका रूपमा लिइन्छ। यस पर्वमा हीनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध धर्मावलम्बीहरूले भगवान् बुद्धप्रति भक्तिभाव प्रकट गर्न बौद्ध स्तूप, चैत्य र गुम्बाको परिक्रमा गरी बुद्ध भगवानको ध्यान गर्ने विधान छ।तर नालामा उग्रचण्डी भगवती माई ,सरस्वती र भिमशेन का साथै नाला शृष्टि कान्त लोकेस्वर को पनि परिक्रम गरि पुजाआजा गर्ने गरिन्छ । यस क्रममा बनेपाका शाक्यहरुको धाः बाजा समुह आई बाजा बजाउँदै परिक्रमा गर्ने गरिन्छ । गुँला बाजामा बाँसुरी, खिं मुख्य रूपमा समावेश हुन्छ । नेपाल भाषामा धा: बाजालाई गुँला बाजा पनि भन्ने गरिन्छ।

बौद्ध धर्मालम्बीको विशेष पर्व रहेको यस अवसरमा माछामासु खाने गरिन्न । वर्षभर दिवंगत आफन्तको सुखावति भुवन (बैकुण्ठ )मा बास होस भने कामना गर्दै एक महिना नजिककोविहार र चैत्य परिक्रममा गर्ने गरिन्छ ।

स्वयम्भू पुराणअनुसार प्राचीन समयमा काठमाडौं उपत्यका एउटा ठूलो दह थियो। कुनै बेला विपस्वी बुद्ध आई उक्त दहमा कमलको फूल रोपेर गएका थिए। त्यो कमल फुलेपछि त्यसमाथि धर्मधातु ज्योतिका रूपमा स्वयम्भूनाथ प्रादुर्भाव हुनुभयो। यसरी उत्पत्ति भएका ज्योतिस्वरूप स्वयम्भूनाथको दर्शन गर्न महाचीनबाट महामञ्जुश्री आएका थिए। उनले चोभारमा आई आफ्ना दुई पत्नी वरदा र मोक्षदालाई चोभारको दायाँ र बायाँतिरका पहाडमा बसाए र खड्गले चोभारको डाँडालाई प्रहार गरेर दह खोली पानी बाहिर निकाले। पानी निख्रिएपछि उनले मञ्जुपत्तन नामको सहर स्थापना गरे।

सहर स्थापना भएपछि ज्योतिरूप स्वयम्भू उत्पत्ति भएको डाँडामा नियमित सेवा हुन थाल्यो। यसलाई चैत्य सेवा भनियो। कालान्तरमा ज्योतिस्वरूप स्वयम्भू विराजमान भएका स्थानमा महायानतर्फका धर्मगुरु शान्तिकराचार्यले स्वयम्भू महाचैत्य निर्माण गरेपछि चैत्य सेवालाई ‘गुँला धर्म’ भनिएको किंवदन्ती छ।

गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ ।बनेपाका मानान्धरहरुको समुह आई यो बाजा बजाएर नाला परिक्रमा गर्दछन । पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार नालाको बैण्डका साथै धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन,भगवती लगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन बढेको पाइन्छ । काठमाडौँमा चाहि यस पर्व अवधिभर दैनिक बिहान बाजागाजाका साथ बौद्धहरु बहाबही जाने गर्दछन् ।काठमाण्डौका बिभिन्न टोलका शाक्य, बज्राचार्य, सायमी, उदाय र महर्जन समुदायका गुँला बाजा समूह, दिनहुँ बाजा गाजासहित स्वयम्भू परिक्रमा गर्ने चलन छ ।

पर्वभरी बौद्ध स्तोत्र, धारणी, नामसंगीति तथा सद्धधर्मग्रन्थ पाठ गरिन्छ । यो पर्वकै बेला साउन महिनामा नै नाग पञ्चमी -नागदह मेला, यलपञ्चदान, रक्षाबन्धन जनैपूणिर्मा -कुम्भेश्वर मेला, गाईजात्रा, पाटनमा मतःयाः जात्रा, देवपत्तनमा खड्ग जात्रा र रोपाईं जात्रा, कृष्णाष्टमी, बाबुको मुख हेर्ने तथा पञ्चदान पर्व पर्दछन् ।चैत्यको परिक्रमा गर्दा मनमा शान्ति तथा एकापसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारिक सुख कायम भई पुण्य लाभ हुने जनविश्वास छ ।बौद्ध विद्वान् भिक्षु तपस्सी धम्मकाअनुसार स्वयम्भू महाचैत्यको निर्माणअघि नै चैत्यमा परिक्रमा तथा सेवा गर्ने चलन रहेको र त्यही सेवालाई कालान्तरमा गुँला धर्म’ भनिएको हो । भाषा वंशावलीका अनुसार राजा विक्रमदेवले बौद्ध अनुयायीका लागि यो परम्परा चलाएका हुन् ।

गुँला पर्व भरि नेपालका प्रशिध्द चार करुणामय मध्य एक नाला शृष्टि कान्तकरुणामय र नेपालकै प्रशिध्द चार भगवती मध्य एक उग्रचण्डी भगवतीमा अरु महिनाको तुलनामा बढी भक्तजनको दर्शन गर्न आउँछन। यसलाई अझै काठमाडौँ ,भक्तपुर र ललितपुरमा यातायात बिस्तार गर्न सक्यो भन्ने आन्तरिक धार्मिक पर्यटक बढने निश्चत छ ।यसतर्फ पनि नालाबासीको ध्यान जानु जरुरी छ।

शनि, साउन १८, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नालामा चाड पर्वमा सामुहिक राँगो काट्ने चलन हराउदै

ऐतिहासिक तथा प्राचीन नगरी उग्रचण्डी नालामा पहिले पहिले हरेक चाडपर्वमा टोलै पिच्छे सानो वा ठुलो राँगो काट्ने चलन थियो /हिजो आज मासु पसल खुले पछि बिस्तारै हराउँदै गैरहेको छ /शुध्द ,स्वस्थ र सफा राँगोको मासु साँच्चिकै खाने हो भने यो नै हाम्रा पुर्खाले प्रतिपादन गरेको...

नाला उग्रचण्डी भगवती मन्दिरका कलात्मक पांच तोरणहरु

नेपाली शैलीका मन्दिरलगायत विहार, पुराना दरबार, झ्याल ,द्यो छे आदि माथि राखिने अर्धचन्द्रकार या अर्धगोलाकार काठ या धातुको कलात्मक बस्तुलाई नै तोरण भनिन्छ।मन्दिरको भित्तामा टाँसिएको हुन्छ /मुनिको भाग पुरै टाँसिए पनि माथि गोलाकार भाग अलि अगाडी झुकिएको हुन्छ /यसलाई बिशेष किसिमको किल्ला र सिक्री प्रयोग...

नाला करुणामयको प्रवेश द्वार ( गेट )

नाला एक प्राचीन ऐतिहासिक नगर हो /यस नगर वरपर थुपै ऐतिहासिक बिषय बस्तुहरु भए तापनि तिनीहरुको अध्ययन अनुसन्धान हुनसकेका छैनन /धेरै अध्ययन अनुसन्धानहरु उपत्यका केन्द्रित मात्र हुदै आएको छ /नाला शहरमा नेपालका चार प्रशिध्द भगवती मध्य एक उग्रचण्डी नाला भगवती र त्यसै गरि नेपालका चार...

नालालाई शुरक्षा गरिरहेका अष्टमातृकाहरु पुन निर्माणमा वडाले बिशेष जोड दिनु पर्ने

विश्वमा रहेका मानवले आ आफ्नै जाति वा समुदायको आफ्नै धार्मिक साँस्कृतिक रहेका हुन्छन /मानवले सबै भन्दा पहिले प्राकृतिक पुजा गर्न सिके त्यस पछि मात्र मातृ शक्तिको पुजा तथा आराधाना गर्न सिके /यसै क्रममा अष्ट मातृकाको प्रार्दुभाव भएको हुनु पर्दछ / ऋग्बेदमा स्वर्ग लोकमा सुर्य ,अन्तरिक्ष...

उग्रचण्डी नाला आफैमा एक खुल्ला संग्राहालय भए पनि संग्रहालय खोल्नु पर्ने

उग्रचण्डी नाला आफैमा एउटा सांस्कृतिक,प्राकृतिक र प्राचिन मानवको खुल्ला संग्रहालय हो / यस संग्रहालयमा मानव सभ्यताको राम्ररी अध्ययन गर्न सकिन्छ / यहाँ मल्ल कालिन अवशेष मात्र केही मात्रामा बाँकी छ भन्ने प्राचिन र किराँत कालिन अवशेष कथामा मात्र सुन्न सकिन्छ /ढुंगे युगको हातियारहरु यस क्षेत्रमा...

नाला भगवती मन्दिर अगाडिको शिला स्तम्भहरु मुनि रहेका ढुंगाका तीन कछुवाहरु

कछुवा पृथ्वीमा रहेका जीव हरु मध्य बढी बाँच्ने जीव मान्दै आएको छ / यो जीवलाई घस्रेर हिड्ने जीव अथवा सरीसृप बर्गमा राखिएको छ / यो जीव चिसो रगत भएको जीव हो / भनिन्छ हात्तीले कुल्चे पनि केही हुदैन /यस जीवको शुरक्षा भन्नु नै यस जीवको...