समाचार

बाग्लुङको तमानखोला गाउँपालिका–४ लामेलामा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु


बाग्लुङको तमानखोला गाउँपालिका–४ लामेलामा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु भएको छ । अविरल वर्षापछि आइतबार राति १ बजेतिर आएको पहिरोले पुरिएर पञ्चकुमारी सिर्पाली, असरी सिर्पाली र प्रवीण सिर्पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रवीण र असरी एउटै परिवारका सदस्य हुन् ।

पहिरोमा परी सातजना घाइते भएका छन् । घाइते हुनेमा ओमबहादुर श्रीपाली, सुनीता श्रीपाली, अनिल श्रीपाली, राम श्रीपाली, कमल श्रीपाली, चित्रादेवी श्रीपाली र अन्सरा श्रीपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक झवीन्द्रप्रसाद भट्टराईले जानकारी दिए । घाइतेमध्ये ओमबहादुर, अनिल र रामको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरमार्फत थप उपचारका लागि पोखराको गण्डकी हस्पिटल लगिएको छ । अन्यको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट गएको डाक्टरहरूको टोलीले लाममेला सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार गरिरहेको तमान स्वास्थ्यचौकीका अहेब चन्दन शाहले जानकारी दिए ।

पहिरोले शिवपुरीमा ६ घर पूर्ण रूपमा र नौवटा घर आंशिक रूपमा क्षति भएको तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले जानकारी दिए । पहिरोले थिचेर स्थानीय देवेन्द्र श्रीपालीको दुईवटा भैँसी र चारवटा बाख्रा मरेका छन् । अधिकांश स्थानीय घरमा नबसेकाले ठूलो जनधनको क्षति हुनबाट जोगिएका प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए ।

 दुई सय मिटर लोकमार्ग बगायो 
तुरतुरे ताल फुटेपछि तालनजिकैको करिब दुई सय मिटर मध्यपहाडी लोकमार्ग बगाएको छ । सडक बगाएपछि मध्यपहाडी लोकमार्गको बाग्लुङ–बुर्तिबाङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्लाको पश्चिम बडीगाड, ढोरपाटन, निसीखोला, तमानखोला गाउँपालिकालगायतका नागरिक यातायात सेवाबाट वञ्चित भएका छन् । खोलाको किनार हुँदै गएको लोकमार्गको केही भाग भत्किएर यातायात अवरुद्ध भएको हो ।

तुरतुरे ताल फुट्यो
आइतबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले जिल्लाको पश्चिममा बनेको कृत्रिम ताल तुरतुरे फुटेको छ । बडीगाड खोलामा पानीको सतह बढेपछि बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा गत वर्ष बनेको तुरतुरे ताल सोमबार बिहान फुटेको हो ।

खोलामा पानीको बहाव तीव्र रूपमा बढेपछि रातिदेखि नै प्रहरीले बाग्लुङ र गुल्मीको तटीय बस्तीमा सावधानी अपनाउन आग्रह गरेको थियो । तटीय क्षेत्रका बासिन्दा रातभर जाग्राम बसेका थिए । ताल फुटेपछि ७५ प्रतिशत पानी बगेको बडीगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए ।

मङ्ल, साउन २१, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गोरखामा रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी

साउन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, गोरखामा  रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चार जनालाई नियन्त्रणमा लिएको छ । नेपाल रेडक्रस सोसाइटी, गोरखाको कार्यालयमा वितरणका लागि राखिएको सामग्री चोरी गर्नेलाई बुधबार पक्राउ गरेको गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । पक्राउ पर्नेमा गोरखा...

गुल्मीको सत्यवती गाउँपालिकाको बिभिन्न स्थानमा गएको पहिरोको भूगर्भबिद्को टोलीले अध्ययन सुरु

१७ साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाको बिभिन्न स्थानमा गएको पहिरोको भूगर्भबिद्को टोलीले अध्ययन सुरु गरेको छ । यही ७ गते सत्यवती गाउँपालिका-३ र ४ को ठूलोलुम्पेक र लिम्घामा ठूलो जनधनको क्षती भएपछि खानी तथा भूगर्भ विभागको टोली शुक्रवार प्रभावित क्षेत्रमा पुगेको हो । बिभागबाट राजेन्द्र आचार्य...

विनायक अस्पतालमा अध्ययनरत नर्सलाई आँखुखोलाले बगाए

धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् । लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो । दाङ जिल्ला घर भएकी युवती काठमाण्डौस्थित विनायक अस्पतालमा अध्ययनरत थिइन् ।...

राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको शालिक अनावरण

वैशाख, भद्रपुर । झापाको खुदुनाबारीमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको शालिक अनावरण गरिएको छ । अर्जुनधारा नगरपालिका–२ र ३ को सीमामा पर्ने खुदुनाबारी चोकमा रु आठ लाखको लागतमा निर्मित शालिकको अनावरण मङ्गलबार किरात धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्रा हाङमा लिङ्देनले गरेका हुन् । साढे सात फिट उचाइ...

आज मंगलबार पनि देशभर मौसममा उचाडचढाव हुने

बैशाख १७ – आज मंगलबार पनि देशभर मौसममा उचाडचढाव हुने मौसम पूर्वामान महाशाखाले जनाएको छ । आज देशको पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह वा साँझपख मेघ गर्जन सहित हल्का वर्षाको...

सिद्धिपुरमा बाल–बालिकालाई ‘‘समरिटन्स पर्स” उपहार प्रदान

ललितपुर÷ अनुग्रह बाल क्लब, सिद्धिपुरले सयभन्दा बढी बाल–बालिकालाई विकसित देशका बालबालिकाले संकलन गरेर पठाएको उपहारको पोका ‘‘समरिटन्स पर्स” उपहार बाँडेको छ । शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका अन्तर्गत वडा नम्बर ६, सिद्धिपुरमा आयोजिक कार्यक्रममा उक्त उपहारका पोका वितरण गरिएको हो । उपहार वितरण गर्दै...