अर्थ

भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट गैर आवासिय नेपाली नागरिक इन्द्रबहादुर थापाले खरिद गर्ने


काठमाडौं । भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट गैर आवासिय नेपाली नागरिक इन्द्रबहादुर थापाले खरिद गर्ने भएका छन् ।

अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुपको लगानी रहेको होटल अब बिक्री हुने अन्तिम चरणमा पुगेको देखिन्छ ।

३ करोड २९ लाख अमेरिकी डलर तोकिएको होटलको मूल्य तिर्नका लागि थापा तयार भएपछि होटल मालिकले सम्पत्तिको स्रोत खोजेका थिए । थापाले २० अर्बको सम्पत्तिको स्रोत देखाएका थिए ।

गत जुलाई ३१ मा होटलले कन्डिसनल लेटर र बाइन्डिङ लेटर समेत प्राप्त गरेको जनाइसकेको छ । जस अन्तर्गत थापाले होटलमा २० मिलियन अमेरिकी डलर नगद बुझाउनुपर्ने छ । भने बाँकी १३.९ मिलियन अमेरिकी डलर विभिन्न नेपाली बैंकहरुबाट लिइएको कर्जामा रुपान्तरण गरिनेछ ।

यसका लागि थापाले ३ मिलियन अमेरिकी डलर १५ अगष्टभित्र बुझाइसक्नुपर्नेछ । त्यसपछि थप ३० दिनका लागि डीडीएको लागि समय दिइनेछ ।

सिल्भर हेरिटेजले भनेको छ, ‘राम्रोसँग अध्ययन र अनुसन्धान गरेपछि बोर्डले खरिदकर्तालाई डीडीए गर्नका लागि अनुमति दिएको छ, यसका लागि आवश्यक कागजात उपलब्ध गराइने छ ।’

त्यस्तै, सिल्भर हेरिटेज ग्रुपले थापालाई सम्पूर्ण रकम भुक्तानीका लागि ९० दिनसम्मको समय उपलब्ध गराउनेछ ।

मलेसियामा बस्ने थापा प्रवासी नेपाली हुन । उनी त्यहाँ रहने नेपालीहरुमा सबैभन्दा धनी प्रवासी नेपाली हुन । थापा नेपाली मुलका मलेसियन नागरिक हुन् । टाइगर प्यालेस खरिद गर्न नेपालका विभिन्न व्यवसायिक घरानाले चासो देखाएका थिए । तर,थापाले यो डिलमा बाजी मारेका छन् ।

होटलमा प्रत्येक महिना १५ हजारभन्दा बढी ग्राहकहरु आउँछन । जुन नेपाली होटल तथा रिसोर्टको तुलनामा सबैभन्दा बढी हो ।

होटलमा १०० रुम छन भने यो दक्षिण एसियाको पहिलो इन्टिग्रेटेड फाइभ स्टार क्यासिनो रिसोर्ट समेत हो । सन् २०१७ मा पर्यटन विभागद्वारा पाँच तारे होटलको मान्यता पाएको टाइगल प्यालेसमा विशेष गरी भारतीय पर्यटक र लुम्बिनी जाने बौद्य धर्मालम्बीहरुका ग्राहकहरु जाने गरेका छन् ।

१५ विघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा २ वटा भिल्ला, जीम, स्पा, स्वीमिङ पुल, रेष्टुराँ र मिटिङ रुमसँगै बेन्क्युट पनि छ ।

6.9k
23

मङ्ल, साउन २१, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बैंकको विश्वास गर्दा सडकबास हुने भो

काठमाडौं । बैंकले जमान गरेअनुसार भुक्तानी नदिएका कारण मेरो सबै श्रीसम्पत्ति अहिले लिलामको प्रक्रियामा छ, मेरो सडकको बास हुँदै छ। ‘बैंक पनि साथी पनि’ भन्ने बैंकको भनाइ झूटो रहेछ। एनआईसी एसिया बैंकले मलाई १ करोड ६० लाख ऋण दिन्छु भन्यो। २०७५ साल साउनको कुरा हो। यसअघि...

पूर्व–पश्चिम रेलमार्ग : मध्यखण्डको डीपीआरमा अलमल

भदौ, काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तरगत मध्य खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन ढिलाइ भएको छ । चितवन राष्ट्रिय निकुञ्ज छल्ने गरी तयार पार्नुपर्ने निजगढ–हेटौंडा–भरतपुर खण्डको डीपीआरका लागि अझै कम्पनी छनोटसमेत हुन सकेको छैन । यो खण्ड करिब १३६ किलोमिटरको हुनेछ । पथलैयाबाट हैटौंडा हुँदै चितवनको...

भारतीय पक्षले च्यानल खोल्दा सप्तरीको हनुमाननगर एक वडाका बासिन्दा बस्तीमै थुनिदा समेत सरकार बेखर

काठमाडौँ । भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै थुनिदा समेत सरकार बेखर जस्तै बसेको छ । नेपाल–भारत कोसी–सम्झौता १९५४ को मर्म र भावनाविपरीत कोसी परियोजनाका भारतीय अधिकारीले बिनासूचना पानी छाडेपछि स्थानीयहरु परिवारसंगै सम्पर्क विहिन भएका छन । परियोजनाअन्तर्गतका बाँध...

गोपाल गौरी दीगो बिकास प्रतिष्ठानले एकल महिलाहरुलाई आत्मानिर्भर बनाउदै

झापा । झापाको शिवसतासी नगरपालिका ८ की निशा अधिकारी २२ बर्ष मात्र पुग्नु भएको छ तर उहाँ श्रीमानसँग अगल भएर भएर बस्नुभएको ५ बर्ष भयो । उहाको साथमा ४ बर्षकी छोरी समेत छन् । २०७० सालमा बिवाह भएको तीन महिना पछि नै उहाँ अलग हुनुभएको बताउनुहुन्छ...

जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी  प्रक्रिया सुरू गरिएको दाबी गृहमन्त्री रामबहादुर थापा बादल

 काठमाडौं । जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी  प्रक्रिया सुरू गरिएको दाबी गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् । २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताए...

भूकम्पपछि बन्द रहेको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार सञ्चालन हुने दिन नजिकिँदै

सिन्धुपाल्चोक । भूकम्प र भोटेकोशीको बाढीपछि तहस-नहस भएको नेपाल-चीन सीमा नाका तातोपानी क्षेत्रको लार्चा नजिकै पक्की मोटरेबल पुल निर्माण भएको छ । पुल तर्ना साथ एउटा विशाल र भव्य भवन देखिन्छ । भवनभित्र छिर्दैगर्दा कुनै विकसित देशको सपिङ सेन्टरभन्दा कुनै हिसाबले कमी देखिँदैन । भवनभित्र सुन्दर...