प्रमुख समाचार

इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रयदायक कम्पनी सुविसुमा दिउँसो लागेको आगो नियन्त्रणमा आए


 काठमाडौं । इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रयदायक कम्पनी सुविसुमा बुधबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ ।

बालुवाटारस्थित सुविसुको मुख्य सर्भर रहेको भवनमा बुधबार दिउँसो पौने १ बजे आगलागी भएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार जेनेरेटर सञ्चालनमा लागि आवश्यक इन्धन भण्डारण गरेको कोठाबाट आगलागी सुरु भएको थियो ।

आगो निभाउन नेपाल प्रहरी, नेपाली सेनालगायतको दमकल प्रयोग गरे पनि पेट्रोलबाट लागेको आगो पानी हालेर निभाउन कठिन भएको थियो ।

त्यसपछि त्रिभुवन विमानस्थलबाट दमकल बोलाइएको डीएसपी बोगटीले बताए । आगलागी साढे २ बजे नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा नआउँदासम्म बालुवाटार क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाइए पनि अहिले सञ्चालन भएको छ ।

आगलागीपछि सुविसुको सेवा अवरुद्ध भएको छ ।

बुध, साउन २२, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

५ वडा कार्यालयमा आगजनीमा संलग्न रहेकाे आशंकामा ५ जनालाई प्रहरीले पक्राउ

२७ असाेज, हेटाैंडा । उत्तरी मकवानपुरकाे थाहा नगरपालिका-५ वडा कार्यालयमा भएकाे आगजनीमा संलग्न रहेकाे आशंकामा ५ जनालाई प्रहरीले पक्राउ गरेकाेे छ । सोमबार राति नगरपालिकाकाे आरनडाँडामा रहेकाेे कार्यालयमा आगजनीमा संलग्न रहेकाे भन्दै ५ जनालाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हाे । पक्राउ पर्नेकाे नाम सार्वजानिक गरेकाे...

नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किए

२६ असोज, काठमाडौं । नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किएका हुन् । राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई...

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउदै

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा सी शनिबार नेपाल भ्रमणमा आउन लागेका हुन् । भारत भ्रमणमा रहेका सी त्यतैबाट शनिबार अपराह्न ०४ः३०–०५ः३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

शरीर विज्ञान र  चिकित्सा विज्ञानका लागि नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई

२० असोज, स्टकहोम (एपी) । शरीर विज्ञान र  चिकित्सा विज्ञानका लागि यस वर्षको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ । शरीरका कोषहरुले कसरी अक्सिजनको तह अनुभूत गर्छन् र प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा गरेको खोजका लागि उनीहरुलाई पुरस्कृत गरिएको हो...

महरालाई आरोप लगाउने रोशनी शाही र उनका पति चित्रजंग शाहीबीच सम्बन्धबिच्छेद

निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई आफूमाथि बलात्कारको आरोप लगाउने रोशनी शाही र उनका पति चित्रजंग शाहीबीच सम्बन्धबिच्छेद गर्ने लिखित सहमति भएको छ। चित्रजंगले सम्बन्ध बिच्छेद गर्ने लिखित सहमति पत्र आफ्नो फेसबुकमा सेयर गरेका छन्। योसँगै उनीहरूको सम्बन्धबिच्छेद गर्ने कानुनी प्रक्रिया पनि अघि बढेको छ। ‘प्रिय जनहरू, थुप्रै...

कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिए

आरोप लागेको भोलिपल्ट कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन्। महराले उपसभामुखलाई सम्बोधन गरी लेखेको पत्रमा नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन्। तर उनले “छानबिन प्रकिया नसकिँदासम्मका लागि” भनेका छन्। “हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा ग म्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष...