समाचार

गोरखामा रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी


साउन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, गोरखामा  रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चार जनालाई नियन्त्रणमा लिएको छ ।

नेपाल रेडक्रस सोसाइटी, गोरखाको कार्यालयमा वितरणका लागि राखिएको सामग्री चोरी गर्नेलाई बुधबार पक्राउ गरेको गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ टक्सार बस्ने जितेन्द्र माझी, राजकुमार माझी, सुरेश माझी र सियाराम माझी छन् । पक्राउ परेकाहरुको कोठाबाट चोरी गरिएको सामग्रीसमेत बरामद गरिएको प्रनाउ नेपालले जानकारी दिए ।

गएको असार २६ गते रेडक्रसले वितरण गर्न राखेको कम्मल, त्रिपाल, ब्ल्याङकेट, रेनकोट, स्लिपिङब्यागलगायतका करीब रु दुई लाख ५० हजार बराबरको सामग्री कार्यालयबाटै चोरी भएको थियो । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

बिहि, साउन २३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बाग्लुङको तमानखोला गाउँपालिका–४ लामेलामा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु

बाग्लुङको तमानखोला गाउँपालिका–४ लामेलामा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु भएको छ । अविरल वर्षापछि आइतबार राति १ बजेतिर आएको पहिरोले पुरिएर पञ्चकुमारी सिर्पाली, असरी सिर्पाली र प्रवीण सिर्पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रवीण र असरी एउटै परिवारका सदस्य हुन् । पहिरोमा परी सातजना घाइते भएका...

गुल्मीको सत्यवती गाउँपालिकाको बिभिन्न स्थानमा गएको पहिरोको भूगर्भबिद्को टोलीले अध्ययन सुरु

१७ साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाको बिभिन्न स्थानमा गएको पहिरोको भूगर्भबिद्को टोलीले अध्ययन सुरु गरेको छ । यही ७ गते सत्यवती गाउँपालिका-३ र ४ को ठूलोलुम्पेक र लिम्घामा ठूलो जनधनको क्षती भएपछि खानी तथा भूगर्भ विभागको टोली शुक्रवार प्रभावित क्षेत्रमा पुगेको हो । बिभागबाट राजेन्द्र आचार्य...

विनायक अस्पतालमा अध्ययनरत नर्सलाई आँखुखोलाले बगाए

धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् । लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो । दाङ जिल्ला घर भएकी युवती काठमाण्डौस्थित विनायक अस्पतालमा अध्ययनरत थिइन् ।...

राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको शालिक अनावरण

वैशाख, भद्रपुर । झापाको खुदुनाबारीमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको शालिक अनावरण गरिएको छ । अर्जुनधारा नगरपालिका–२ र ३ को सीमामा पर्ने खुदुनाबारी चोकमा रु आठ लाखको लागतमा निर्मित शालिकको अनावरण मङ्गलबार किरात धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्रा हाङमा लिङ्देनले गरेका हुन् । साढे सात फिट उचाइ...

आज मंगलबार पनि देशभर मौसममा उचाडचढाव हुने

बैशाख १७ – आज मंगलबार पनि देशभर मौसममा उचाडचढाव हुने मौसम पूर्वामान महाशाखाले जनाएको छ । आज देशको पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह वा साँझपख मेघ गर्जन सहित हल्का वर्षाको...

सिद्धिपुरमा बाल–बालिकालाई ‘‘समरिटन्स पर्स” उपहार प्रदान

ललितपुर÷ अनुग्रह बाल क्लब, सिद्धिपुरले सयभन्दा बढी बाल–बालिकालाई विकसित देशका बालबालिकाले संकलन गरेर पठाएको उपहारको पोका ‘‘समरिटन्स पर्स” उपहार बाँडेको छ । शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका अन्तर्गत वडा नम्बर ६, सिद्धिपुरमा आयोजिक कार्यक्रममा उक्त उपहारका पोका वितरण गरिएको हो । उपहार वितरण गर्दै...