साहित्य गतिबिधि

अक्षरमार्ग साहित्यिक त्रैमासिकको सातौं वार्षिक उत्सवको अवसरमा छ श्रष्टा सम्मानित


पनौतीमा वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति श्री बैरागी काइँलाले नेपाली भाषा र साहित्यको श्रीबृद्धिमा उल्ल्ेखनीय योगदान पु¥याएका छ जना वाङ्मयसेवीहरूलाई एक कार्यक्रम वीच सम्मान गरेका छन् । अक्षरमार्ग साहित्यिक त्रैमासिकको सातौं वार्षिक उत्सवको अवसरमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि श्री नेपालीले उहाँहरुलाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरेका थिए ।

यो वर्ष सम्मान हुने प्रतिभाहरूमा विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट वरिष्ठ साहित्यकार तथा इतिहासका मर्मज्ञ चित्तरञ्जन नेपाली, नरबहादुर अक्षरमार्ग सम्मानबाट समालोचक डा. कुमारप्रसाद कोइराला, अक्षरमार्ग भरतराज सम्मानबाट कलाकार अस्मिना रञ्जित, अक्षरमार्ग काभ्रेली गौरव सम्मानबाट कवि फूलमान बल, .खडगवेद अक्षरमार्ग काभ्रेली स्रष्टा सम्मानबाट साहित्यकार रत्नप्रसाद अनामणि, कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट समालोचक ज्ञानु अधिकारी रहेका छन । नेपाली भाषा र साहित्यको सेवा गर्ने उद्देश्यले विगत आठ वर्षदेखि निरन्तर प्रकाशित अक्षरमार्गले प्रत्येक वर्ष आफ्नो वार्षिक उत्सवको अवसरमा स्रष्टाहरुलाई सम्मान गर्दै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै कवि काइँलाले अक्षरमार्गले साहित्यको उत्थानमा उल्लेखनीय काम गरेको बताए । उनलेब्यक्तिगत प्रयासमा साहित्यको विकास र विस्तारको काम यसरी हुन प्रसंशनीय कार्य भएको बताए । कार्यक्रममा वरिष्ठ साहित्यकार चित्तरञ्जन नेपाली, डा. तुलसी भट्टराई, मोहन दुवाल,डा. गोविन्दराज भट्टराई डा. शैलेन्दुप्रकाश नेपाल, डा. गोपाल पौड्याल मण्डने, सूर्यप्रसाद लाकोजू, रत्नप्रसाद अनामणि, फूलमान बल, ध्रबकृष्ण तामा्रकार लगायतले बोलेका थिए ।
सोही कार्यक्रममा अक्षरमार्गबाट प्रकाशित कथाकार डा. गोपाल पौड्यालको कथासङ्ग्रह जलिरहेको मुटु र गीतकार ध्रुबकृष्ण ताम्राकार गिती एल्वम भीडमा म एक्लै पनि विमोचन गरिएको थियो ।

आइत, साउन २६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मैत्रीपूर्ण साक थोन–२०७६ सम्पन्न

काठमाडौँ, असोज ११ गते । संसाक मासिक, साहित्यकार खेलकुद समाज नेपाल र काठमाडौँ ग्लोबल स्कुलको संयुक्त आयोजनामा डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्व र नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगत्प्रसाद उपाध्याय प्रेक्षितको प्रमुख आतिथ्यको साथै प्रदेश नं. ३, काठमाडौँ क्षेत्र नं. ६ का सभासद् दीपक निरौलाको विशिष्ट आतिथ्यमा साहित्यकार, कविहरूको...

राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्षमा प्रवेश

७ असोज, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्षमा प्रवेश गरेका छन् । विक्रम संम्वत् १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका घिमिरे आजबाट १०१ वर्षमा प्रवेश गरेका हुन् । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता,...

गोंगबु साहित्य समाजका सचिब तारा केसीलाई इडन ब्रिज एकेडमी बाल साहित्य सम्मान

इडन ब्रिज एकेडेमीले काभ्रेपलाञ्चोक पनौतीकी कवि तथा कथाकार तारा केसीलाई इडन ब्रिज एकेडमी बाल साहित्य सम्मान प्रदान गरेको छ । नेपाली साहित्यमा ओझेलमा परेको बाल साहित्यको उत्थान र विकासमा पुयाएको योगदानको कदर गर्दै एकेडेमीले कवि तथा कथाकार केसीलाई दोसल्ला ओढाएर सम्मानपत्रका साथमा नगद तीन हजार...

‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा

२५ असार, काठमाडौं । ‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा परेका छन् । मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले विभिन्न सात कृति पुरस्कारका लागि छनोट गरेको हो । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त २५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा...

“सपनामा भगवानसँगको कुरा” कथा संग्रह लोकार्पण 

  काठमाडौँ, असार ६ गते । पूर्व मेजर टंकबहादुर बजगाई खत्रीको कथासङ्ग्रह ‘सपनामा भगवानसँगको कुरा’ एक कार्यक्रमको बीच लोकार्पण गरिएको छ । गुरू नारायणाचार्य कौशिक रिमालको सभापतित्वमा सञ्चालन भएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि पूर्व सहायक रथी तेजप्रकाश बानियाँ लगायत विशिष्ट अतिथि तथा अतिथिहरूले खत्रीको कथासङ्ग्रहको सामूहिक रूपमा...

साहित्यिक मैत्रीपूर्ण भलिबल खेल नुवाकोटमा सम्पन्न

काठमाडौँ, जेठ १७ गते शुक्रबार । संसाक मासिक र साहित्यकार खेलकुद समाज नेपालको आयोजनामा श्रीजनज्ञान निकेतन मा.वि., थानापति, नुवाकोटमा साहित्यकार र शिवपुरी गाउँपालिका भित्रका शिक्षकहरूको बीचमा मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भयो । खेल उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष, रामकृष्ण थापाले साहित्यकार तथा विद्वान मित्रहरूसँगको सामिप्यमा यसरी खेल खेल्न...