कला/मनोरञ्जन

गोसाईकुण्डको यात्रानुभव गत शनिवार एक समारोहका बीच  विमोचित

-जनार्जन पौडेल


[] जिन्दगी यात्राहरुको अनवरत श्रृंखला हो । आफ्नो जीवनकालमा सबै मानिसले थुप्रै स्थानको यात्रा गरेका हुन्छन् । ती मध्ये धेरैले यात्रालाई आफ्नो मानस्पटलमा मात्र राखेर सन्सारबाट बिदा लिन्छन केहीले भने सबैलाई अनुभूति बाँडेर पुण्य कमाउछन् ।  यस्तै यात्रा अनुभूति बाँडेर पुण्य कमाउने व्यक्तित्व हुन कृष्ण बहादुर केसी सापकोटा जसले आफ्नो यात्रा अनुभव मात्र बाँडेका छैनन नेपाली साहित्यिक इतिहासमा यौटा इटा थप्ने समेत काम गरेका छन् ।

उनको नेपालको प्रख्यात धार्मिक स्थल गोसाइकुण्डको वर्णन गरेर लेखिएका पुस्तक गोसाईकुण्डको यात्रानुभव गत शनिवार एक समारोहका बीच  विमोचित भएको छ । जसमा गोसाईकुण्डको मात्र नभइ गोसाइकुण्ड जाने बाटोमा पर्ने दुप्चेश्वर बेत्रावती लगायतका तिर्थहरुको समेत वर्णन गरिएको छ ।नियात्रा शैलीमा लेखिएको उक्त पुस्तकलाई गौरी पब्लिकेशनले प्रकाशनमा ल्याएको छ भने । विमोचन कार्यक्रमको आयोजना आधुनिक साहित्य परिषदले गरेको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बहादुर सिह लामाको उपस्थिति रहेको थियो भने , विशिष्ट अतिथिहरुमा दिपक महत, डा शैलेन्दुप्रकाश नेपाल, प्रा डा गार्गि शर्मा , उज्जवल सिह ठकुरी, मधुसुदन पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभापतित्व आधुनिक साहित्य परिषदका अध्यक्ष मुरली प्रसाद ढकालले गरेका थिए भने सञ्चालन गौरी पब्लिकेसनका अध्यक्ष दामोदर ढकालले गरेका थिए ।स्वस्तिवाचन गरेर भिन्न तरिकाले उद्घाटन गरिएको उक्त कार्यक्रममा गोसाईकुण्डको जल तथा प्रसाद समेत वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरुले कृष्ण बहादुर केसीको लेखन शैलीको प्रशंसा गरेका थिए ।

सोम, साउन २७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

तीनजना ज्येष्ठ सञ्चारकर्मीको अभिनन्दन शनिबार गरिने

काठमाडौँ÷ तीनजना ज्येष्ठ पत्रकार सञ्चारकर्मी तथा समाजसेवीहरुलाई यही शनिबार अभिनन्दन गरिने भएको छ । नेवाः पत्रकार तथा सञ्चारकर्मीहरुहरुलाई आपत विपतमा सहयोग गर्न श्रमजीवीहरुद्वारा नै गठित नेवाः पत्रकार कोषको सहयोगार्थ नेवाः प्रेस दबू नेपाःको आयोजनामा गरिन लागिएको कार्यक्रममा पाका सञ्चारकर्मी तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदन...

ज्ञानु बोहरा नेपाली कला जगतमा चर्चा कमाउदै

ज्ञानु बोहरा नेपाली कला जगतकि चर्चा कमाउदै गरेकी कलाकार हुन । विभिन्न सर्ट मुभी तथा म्युजिक भिडियोमा यिनले गरेको अभिनय आम दर्शकको रोजाइमा पर्ने गरेको छ । यिनको काम निर्देशकहरु पनि खुशी छ्न । किनकि उनको अभिनय क्षमता औसत कलाकारको भन्दा राम्रो छ । कलाकार...

वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय फेरि भारतमा सम्मानित हुँदै

सङ्गीत क्षेत्रमा ख्याति कमाउनु भएका ललितपुर निवासी वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलार्इ फेरि भारतमा सम्मान गरिने भएको छ । विगत लामो समयदेखि सङ्गीत क्षेत्रमा योगदान पुर्‍याउनु भएका राजोपाध्यायलाई भारतको अल इन्डिया रियल फर कल्चरल एडुकेशनल वेलफेयर सोसाइटीले इन्दोरमा आउँदो फेब्रुअरी ( माघ २४ गते ) आयोजना गर्न...

काफिया मगर नेपाली कला जगतमा नयाँ उत्साहका साथ प्रवेश गर्दै

नेपाली कला जगतमा नयाँ कलाकारहरुको प्रवेश दिनानुदिन भैरहेको छ । कोहि यहि क्षेत्रमा जमेका छन कोही पलायन पनि भएका छ्न । यस्तै पूर्वी नेपालको सुन्दर नगरी इलाममा जन्मेकी काफिया मगर नेपाली कला जगतमा नयाँ उत्साहका साथ प्रवेश गर्दैछिन । सानै उमेरदेखि नाटक र नृत्यमा रुचि...

वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित

वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित संगीत क्षेत्रमा ख्याती कमाउनु भएका ललितपुर निवासी वरिष्ठ सरोद वादक सुदर्शन राजोपाध्यायलाई भारतमा सम्मान गरिएको छ । विगत लामो समयदेखि संगीत क्षेत्रमा रहेर नेपाल तथा भारतमा समेत ख्याती कमाउनु भएका राजोपाध्यायलाई भारतको राजस्थानमा माघ ५ गते विविधता मे...

आफ्नु छुट्टै पहिचान बनाउदै गरेकी कलाकार हुन रिसु क्षेत्री

नेपाली कला जगतमा आफ्नु छुट्टै पहिचान बनाउदै गरेकी कलाकार हुन रिसु क्षेत्री । सानै उमेरदेखि कलामा रुचि राख्ने रिसुले धेरै सर्ट मुभिमा अभिनय गरेकी छिन ।उनको अभिनय खुब रुचाएको पनि छ। केही म्युजिक भिडियो समेत खेलेकी उनी यहि क्षेत्रमा भबिस्य खोज्दैछिन । भन्छिन म यहि...