राजनिति

काश्मीरमा भारतविरोधी ठूलो आन्दोलन उठ्न खोज्दै


साउन । भारत सरकारले झन्डै ७० वर्षसम्म कायम रहेको विशेष संवैधानिक हैसियत खारेज गरिदिएपछि सोमबार यता भारत प्रशासित कश्मीर अभूतपूर्व बन्दको अवस्थामा छ । श्रीनगरस्थित बीबीसी सम्वाददाताका अनुसार कश्मीर क्षेत्रका जनता धोका पाएको तीतो अनुभूति गरिरहेका छन् र भित्रभित्रै आक्रोशित छन् ।
बन्दुक बोकेका हजारौँ सुरक्षा फौजले रित्ता चोकहरूमा गस्ती गरिरहेका छन् र सडकमा तेस्र्यायाइएका अवरोधहरूमा धारिला तार बाँधिएका छन् । मानिसहरू आफ्ना घरभित्रै बन्द छन् ।
करिब एक हप्ता अघिदेखि काश्मीरका दुईजना पूर्वमूख्यमन्त्रीहरू ओमर अब्दुल्ला र मेहबुबा मुफ्तीलाई थुनामा राखिएका छन् । सयौँ अभियानकर्मी, व्यापारी र प्राध्यापकहरूलाई पनि अस्थायी बन्दी गृहहरूमा राखिएका छन् । कश्मीरी जनता आफूहरूलाई खुला जेलमा राखिएको अनुभूति गरिरहेका छन् । उनीहरू भन्छन्, काश्मीरीहरूको आवाज दबाइदैँ छ र उनीहरू आफ्नो आवाज सुनियोस् भन्ने चाहन्छन् ।
प्रायः काश्मिरीहरूको विचारमा लामो समयदेखि काश्मीर र भारतबीचको सम्बन्ध असहज रहँदै आएको थियो तर त्यो विशेष हैसियतले दुवैलाई जोडेर राखेको थियो । उनी भन्छन्, “त्यसलाई खारेज गरिदिएर उनीहरूले हाम्रो परिचय खोसिदिएका छन् । यो काश्मिरीहरूलाई मान्य छैन ।”
काश्मीरका अधिकांश मानिसहरू भारत सरकारले आफ्नो आदेश फिर्ता गरेर काश्मीरको विशेष हैसियत कायम गर्ने भन्दा तलको अन्य कुनै कुरा आफूलाई मान्य नहुने बताइरहेका छन् ।
काश्मीरमा सेना र प्रहरी गरी लाखौँ सुरक्षाकर्मीहरूले पहरा दिइरहेका छन् । अघिल्लो महिनाको सुरूमा भारत सरकारले उक्त क्षेत्रमा ३५ हजार थप फौज पठाएको थियो । भारत र पाकिस्तानबीचको विवादित भूमी रहेका कारण काश्मीर पहिल्यैदेखि विश्वकै सबैभन्दा बढी सैनिक उपस्थिति भएको क्षेत्र रहेको छ ।
भारतीय सञ्चारमाध्यमहरूले ‘उग्रवादको केन्द्र’ भनेर व्याख्या गर्ने काश्मीरको सोफियाँ गएर राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले चोकमा एउटा समूहसँग खाना खाइरहेको भीडीओ भारतीय टेलिभिजन च्यानलहरूमा बुधबार
प्रचार गरिएको थियो । त्यो विश्वलाई काश्मीरको सबैभन्दा अप्ठेरो क्षेत्रमा पनि भारत सरकारलाई लोकप्रिय समर्थन छ र त्यहाँ शान्ति र अमनचयन कायम छ भन्ने देखाउने प्रयास थियो ।
तर, काश्मिरीहरूले त्यसलाई नौटङ्की भन्दै खारेज गरिदिएका छन् । काश्मिरीहरूको प्रश्न छ, “यदि मानिसहरू खुसी छन् भने किन कफ्र्यु लगाइयो, किन सञ्चार बन्द गरिएको छ ?’’
कतिपय भारतीय सञ्चारमाध्यमले अहिलेसम्म काश्मीर उपत्यकामा ठूला प्रदर्शन नभएको भन्दै मानिसहरूले भारत सरकारको निर्णय स्वीकार गरेको अर्थ लगाइरहेका छन् । तर, बीबीसीकी सम्वाददाता अहिलेको शान्तिलाई सुनामी आउनुअघिको सन्नाताजत्तिकै भएको बताउँछिन् ।
निषेधाज्ञा हटेपछि प्रदर्शनकारीहरू सडकमा जम्मा हुने र सबै काश्मिरीले त्यसमा साथ दिने मानसिकता राखेर बसेका छन् ।

सोम, साउन २७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदै

भदौ, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदैछन् । उनी बुधबार मध्याह्न करिब १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भारतीय दूतावास स्रोतले जनाएको छ । विदेशमन्त्री जयशंकर नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । बैठक बुधबार र बिहीबार बस्दै छ...

नेकपा नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट राजीनामा दिए

भदौ, काठमाडौं । नेकपा नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । स्थायी कमिटी सदस्यका प्रवल दाबेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि उनी असन्तुष्ट थिए । तर पनि पार्टी एकीकरणलाई...

“गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ ” प्रधानमन्त्री केपी शर्मा ओली

 भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको उदारताबाट नहौसिन राजावादीहरुलाई चेतावनी दिएका छन् । राजतन्त्र र्फकन्छ भन्ने विश्वास नलागेर सरकार मौन बसेको भन्दै उनले त्यस्तो लागेको दिन संविधान र गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रने बताए । आइतबार संसदलाई सम्बोधन गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का...

लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगे

९ साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला...

‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा

२५ असार, काठमाडौं । ‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा परेका छन् । मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले विभिन्न सात कृति पुरस्कारका लागि छनोट गरेको हो । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त २५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा...

सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघजस्ता श्रीमानको हैसियतको आधारमा निर्माण भएका संस्थाहरु खारेज गर्न माग

असार, कामठाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सांसद पंफा भुसालले सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघजस्ता श्रीमानको हैसियतको आधारमा निर्माण भएका संस्थाहरु खारेज गर्न माग गरेकी छन् । आइतबार संसदमा विशेष समय लिएर बोल्दै उनले मुलुकबाट सामन्तवादी शासन व्यवस्था अन्त्य भए पनि राज्यका निकायमा अझै पितृसत्तावादी...