विचार

लामखुट्टेलाई हामी आफैंले रगत चुस्न दिउँ


हाम्रो देशमा मलेरिया, डेंगुजस्ता विभिन्न प्राणघातक रोग सार्ने परजीवी लामखुट्टे नियन्त्रण तथा रोकथामका लागि अनेक उपाय अपनाउने गरिएको छ । विश्व स्वास्थ्य संगठनको एक रिपोर्ट अनुसार सन् २०१७ मा मात्रै विश्वमा २२ करोड मानिसलाई औलो रोग लाग्यो र ४ लाख ३५ हजार जनाको मृत्यु भयो । मान्छेको ज्यानै लिने यस्तो कारक तत्व बनिरहेको खतरनाक लामखुट्टे हाम्रो ठूलो सत्रु बनिरहेको छ । तर फ्रान्सका एकजना जनावर अधिकारकर्मीले भने लामखुट्टेको अधिकारका लागि यस्तो अपिल गरेका छन्, जुन सुन्दैमा झनक्क रिस उठ्न सक्छ ।

पेसाले पत्रकारसमेत रहेका पशु अधिकारकर्मी आयमेरिक क्यारनले लामखुट्टे नमार्न र लामखुट्टेलाई आफ्नो रगत चुस्न दिनका लागि मानिसहरुसँग अपिल गरेका छन् ।

मान्छेको रगत चुसेरै लामखुट्टेले आफ्ना बालबच्चाको पालन पोषण गर्नसक्ने भएकाले लामखुट्टेलाई आफ्नो रगत चुस्न दिनुपर्ने तर्क उनको छ ।

एक टेलिभिजनमा जनावर अधिकारका विषयमा दिएको अन्तरवार्ताका क्रममा उनले सबै जीवहरुप्रति समान व्यवहार गर्नुपर्ने र कुनै पनि जीवलाई मार्न नहुने बताए । उनका अनुसार जुन लामखुट्टेले मानिसको रगत चुस्दछ, त्यसले वास्तवमा आफ्नो शरीरमा रहेका अण्डा तथा आफ्ना बच्चाको विकासका लागि चाहिने प्रोटिन र अन्य पोषक तत्वका लागि रगत चुसेको हुन्छ ।

आफ्ना बालबच्चाको भविष्यका लागि आफ्नो ज्यान खतरामा पारेर लामखुट्टे मान्छेको रगत चुस्न आउने गरेको भन्दै उनले लामखुट्टेसँग त्यसको कुनै विकल्प नरहेको बताए ।

मानिसहरुसँग अपिल गर्दै उनले भनेका छन्, लामखुट्टेलाई हामी आफैंले रगत चुस्न दिउँ, ताकि उसले आफ्ना बच्चा पाल्न सकोस् । साथै उनले मान्छेले समय समयमा लामखुट्टेका लागि आफ्नो रक्तदान गर्नुपर्ने पनि बताए ।

एजेन्सीको सहयोगमा

मङ्ल, साउन २८, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रधानमन्त्री केपीशर्मा ओलीले देशबासीका नाममा सम्वोधन (सम्बोधनको पूर्णपाठ)

सरकारले मुलुकभर लामो रूटका सार्वजनिक सवारीसाधन बन्द गरेको छ। कोरोनाभाइरस संक्रमण रोकथामका लागि सरकारले चैत १० देखि २१ गतेसम्म लामो रूटका सार्वजनिक सवारीसाधन संचालन बन्द गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपीशर्मा ओलीले देशबासीका नाममा सम्वोधन गर्दै कोरोनाको सावधानीका लागि सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरे। यस्तो छ प्रधानमन्त्रीको...

कम्युनिस्ट भनाउँदाहरुले जनतालाई ढाँटेर, छलेर, बदमासी गरेर , गध्दारी गरेर देशको सम्पत्ति कुम्ल्याए

केपी शर्मा ओलीले नेतृत्व गरेको वर्तमान कम्युनिस्ट भनाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को सरकार संसार इतिहासमा भ्रष्टचारीहरुको सरकार हो।नेपाली जनताले प्रतिपक्षी राजनीतिक पार्टीहरुले, नागरिक समाजले , लेखक/ साहित्यकार , पत्रकारले, बुध्दिजीवीहरुले, राजनीतिक विश्लेषकहरुले त पहिलेदेखि नै केपी ओलीले नेतृत्व गरेको डब्बल नेकपाको सरकारलाई कम्युनिस्ट...

अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले बताए

अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले बताएको छ। महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको छ। नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र ज्यानुअरी ८ सम्म पृथ्वी...

प्लाष्टिक सर्जरीको तीव्र विकास नेपालमै

शरीरमा चोटपटक लागेपछि धेरै खाले समस्या देखिन्छन्। नमिलको अनुहार अथवा अन्य अंगहरू मिलाउने भनेरै प्लाष्टिक सर्जरी विकास भएको हो। प्लाष्टिक सर्जरी ग्रिक शब्दको ‘प्लाष्टिकोष’बाट आएको हो। यसको अर्थ कुनै चिजलाई नयाँ स्वरुप दिने भन्ने हुन्छ। पहिले-पहिले चोटपटक लागेर अंग बिग्रिए, त्यसलाई मिलाउने उद्धेश्यले विकास भए पनि अचेल...

दैनिक ५ सय राजस्व बुझाएर नेपाल आएर चोरी गर्ने ‘भीआइपी’ भारतीय चोर पक्राउ

काठमाडौं : भारतबाट गाडी लिएर नेपालमा चोरी गर्न आउने एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडको सयुक्त प्रहरी टोलीले भारतीय नागरिक रघुबर प्रसाद साह (वर्ष ४३) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी दिनेश मैनालीले जानकारी दिए...

नेपाली बोराका झोला अमेरिका र जर्मनीमा

स्कुल पढ्दाताका कपडाको झोला बारम्बार च्यातिन्थ्यो। पटकपटक सिउँदा पनि पार नलागेपछि आमाको धैर्य टुट्थ्यो र भन्नुहुन्थ्यो– अब तँलाई बोराको झोला सिलाइदिने हो। त्यही बोक! बोराको झोला राम्रो हुँदैनथ्यो, हत्तपत्त फाट्दैन भन्ने आमाको विश्वास थियो। आर्थिक अवस्था कमजोर भएका धेरैले स्कुल पढ्दा बोराको झोला बोक्नु सामान्य थियो। पछिल्लो पुस्ताका...