समिक्षा

“हिरासतका दिन”भित्र सरसर्ती पस्दा

-रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला बनेपा -४ ,काभ्रे


कवि रसुवालीको पछिलो प्रकाशित कृतिको नाम हो हिरासतका दिन । आफ्नो जीवनको महत्वपूर्ण समय हिरासतमा बिताउनु पर्दाको अनिभुतिलाई यस कृतिमा सजाउनु भएको छ ।  यस कृतिलाई रातो हिमाल द्वौ मासिकबाट प्रकाशित भएको हो । स्मार्ट साइजको आकर्षक वेट लेस पेपरमा छापिएको उक्त पुस्तकको मुल्य २५०/-रहेको छ ।आवरण सज्जा आग्निराज पौडेल “अराप”को रहेको सो पुस्तकको मुद्रण मित्र प्रेस, नयाँ बजारले गरिएको हो । कभर बाहेक कुल १०४ पृष्ठको पुस्तकमा अगाडी पृष्ठमा चर्किएको भित्ता र फलामे ढोका तस्बिरले सज्जाएको छ ।रातो अक्षरमा पुस्तकको नाम र पहेंलो अक्षरमा कृतिकारको नाम रहेको छ भन्ने पछाडिको पृष्ठमा कविको रंगिन फोटोका साथै उनकै चोटिला “भिडन्त” शिर्षकको कबिता रहेको छ। पछाडी पृष्ठको मुनि रातो पृष्ठ भूमिमा रातो हिमालको नाम सहितको लोगो र आइएसबिएन नम्बरका साथै माथि मुल्य पनि रहेको छ ।

पुस्तकलाई कृतिकारले महान जनयुध्द तथा ऐतिहासिक जनअन्दोलनका सहिद ,घाइते तथा बेपत्ता योध्दाहरुमा समर्पण गरिएकोछ। पुस्तकको भूमिका नलेखाएको उक्त पुस्तकमा लेखकको भनाइ रहेको छ। लेखकको भनाइमा यसकारण लेखेँ हिरासतका दिन शिर्षक दिएर पुस्तक लेख्नुका कारण स्पष्ट ,निर्भिक र सटिक रुपमा आफ्नो भनाइ राख्नु भएको छ ।हुन त फरक दुनियाँको एउटा कथा हो यो पुस्तक । पाठक महोदयहरुले यसलाई कसरी  ग्रहण गर्दछन आआफ्नै तरिकाले । लेखकको भनाइ भन्दा अगाडी पृष्ठमा महानगरीय प्रहरी वृत्त ,बालाजु, काठमाडौँ को मिति २०७६/०१/०२ गतेको जरुरी पक्राउ पुर्जी जस्ताको तस्तै सज्जाएको छ । हुन त यस्ता प्रहरीको पुर्जिहरु पुस्तकको अन्तिम पानामा पनि तिन वटा रहेकाछन ।  मिति २०७६/०१/०२ गतेको पक्राउ गरिएको सुचना ,मिति २०७६जेष्ठ ९ गतेको काठमाडौँ जिल्ला अदालतको राज्य बिरुध्दको कसुरको तारेख पर्चा/भर्पाइ र मिति २०७६/०१/०२गतेको महानगरीय प्रहरी वृत्त अपराध अनुसन्धान तथा कारबाही शाखाको हिरासतमा राख्ने थुनुवा पुर्जी दिइएको पत्र छपिएकाछन।

पुस्तकमा बिषय आरम्भ ,बिषय बिस्तार ,डिएसपीसंगको पहिलो बयान ,हिरासतभित्रै सामना परिवारका कुरा ,अरुण बम र किनारीकृत माओबादीहरु ,रत्तिमसंग भेटघाट ,एउटा कविता जसले घोचेछ उनको मन ,बालुवाटारको जग्गा भर्सेज राज्यद्रोह ,जहाँ निषेधित छन राता किताब ,उदुसको टोकाई/पत्रिकाको तलतल ,लागु पदार्थले खाएको पुस्ता र सुजन महर्जन ,जसले आमालाई नै मारिदिए ,हिरासतमा कान्तिपुरको फेक पत्रकार , छक्का पोट ,एकोहोरो र क्षमता सम्पन्न ,सहिदपुत्रिको आँशु ,मुद्दाको झमेला ,तातेको साहित्यिक माहोल ,बालाजु चौकीका सिके राउत ,हिरासतका नियमहरु ,प्रलेसको बाध्यता ,को हुन् ज्वालामुखी ?,पुस्तक बोकेर आउने साथी ,ती प्रति पनि धन्यबाद ,एउटा साथीको साथले। ..,हाँसिला डिएसपी ,जिज्ञाशु इन्स्पेक्टर ,बालाजु आर्कदेखि राज्यद्रोह सम्म ,ती अनौठा मुद्दाहरु ,बसन्त भेटवालको आगमन ,अभिव्यक्ति स्वतन्त्रता र साइबर क्राइम ,हिरासत निरस हुन्छ ,सरकारी वकिलसँग क्रान्तिकारी कुरा ,किताब बेच्न आएका साथीहरु ,बैवाहिक कार्यक्रमको चटारो नै छोडेर ,वसन्त ऋतु र सम्झनामा डाँडापाखा ,मदिसेहरु सबै बिहारी हुन् र ?,हामी नेपाली सधै माफी दिन जन्मेका ,काम नगर्नेहरु चोर हुन् ,कति रुने छोराछोरीहरु ,ती किताब तिनैले नै लागून ,रमेश तामाङको बिबाहको खबर ,बहुबिबाहको खबर ,बहुबिबाह्को लठारो,सांगीतिक हिरासत ,कि गलाउने कि फकाउने रणनीति ,आदित्यबारे लेखिएको स्टाटस पनि सरकार बिरोधी ,रिहाइको क्षण ,अदालतको तारिख ,हिरासत बाहिरको संसार र अन्तत:सफाई आदि शिर्षकमा ससाना अनुच्छेदहरुमा बडो रोचक र जिज्ञाशु पाराले प्रस्तुत गरिएका छन ।

पुस्तकको ९० पृष्ठमा लेखकलाई फेरी गिरफ्तारी गरेको हुनाले अर्को गिरफ्तारी शिर्षकमा पटक पटक चुकेको सरकार र झुक्याउने र झुक्किने रोग उपशीर्षक राखेर नौ पृष्ठको रोचक र घोचक थप अनुभूतिहरु समाबेश गरिएकाछ्न । अभियन्ताहरुको तर्फबाट पोखराका बिपी विद्रोहीको कलमको मोर्चामा हामी संगै हुनेछौं भन्ने शुभकामना रहेको छ ।

समग्रमा कृतिकारले आफ्नो कृतिलाई जिवन्त दिएको छ । सत्य ,तथ्य ,रोचक,घोचक र राम्रो बिषय बस्तुलाई उठान गरेकाछन  । प्रहरी प्रशासनको नचाहिँदो बुट्टा भरेको छैन । बाजारमा हल्ला भएको जस्तो प्रहरी भित्र लागु पदार्थको कारोबार ,बिभिन्न घुसखोरी ,जांड रक्सीको सेवन जस्ता कुराहरुलाई पुस्तकमा स्थान दिएको छैन । राज्यले कलमको आवाजलाई दमन गर्नु हुदैन । राज्यको आडमा स्वतन्त्र नागारिकको व्यक्तिगत स्वतन्त्रतामा खलबल पार्नु कदापि हुदैन । कुनै पनि पार्टीमा आस्था राखेकै भरमा राज्यले राज्य द्रोही भन्न मिल्दैन भन्ने जोरदार आवाज उठाएको छ ।पुस्तक भित्र नौ स्थानमा आफ्नो लगाएत अन्यको गित ,कविताका अंश हरु रोचक ढंगले प्रस्तुत गरेका छन् । अत्यन्त उत्कृष्ठ भाषा शैलीले सज्जिएका छन  । कम्युनिस्टहरुले प्रयोग गर्दै आएका उग्र शब्दहरु कतै पनि नपाइनु कृतिको अर्को सफलता मान्नु पर्दछ । सरल ,सरस र सहज रहनु नै कृतिको मुख्य बिशेषता मान्नु पर्दछ ।  छोटो मिठो बाक्य र मिठो प्रस्तुति ले कृतिलाइ जीवन्तता दिएको छ ।

अझ भन्ने हो भने पुस्तकबाटै निकालिएका यी सारगर्भित केही अंशहरुलाई मनन गरौ ।

१. कम्युनिस्ट शासनले उखान टुक्कासगै समाजवादका रुमानी सपनाहरुको खेति गरिरहेका बेला म पक्राउ परे ।

२. काठमान्डौ प्रतिक्रियावादी छ, बढी जानकारहरु,जिज्ञासुहरु यतै धेरै भएकाले यहा एस्तो भएको हुनसक्छ ।

३. सायद सत्ता भनेको आफु बिरुद्ध रहेकाहरुलाई दमन गर्ने बिचारधारा हो । पुजिवादी सत्ताले जनवादीहरुलाई दमन गर्नु नौलो कुरा होइन ।

३. कानुन भनेको कुलिनहरुले भुइमान्छेहरुलाई दमन गर्ने हतियार हो ।

५. हिजो मालिकहरु थिए ।आज कम्पनि हरु छन् जसले हाम्रो आकाश खोसिरहेछन् । हाम्रो स्वतन्त्रता खोसिरहेछन् । उज्यालो भविष्य खोसिरहेछन् ।

६. नेपाली जनतालाई शान्ति,बिकाश र स्थायित्व चाहिएको हो  । सरकारले जनता प्रति विश्वासिलो बन्न सक्नुपर्छ  ।उसले भनेको समाजवादको सुहाउदो एउटा मात्र काम गरे पनि जनता निराश हुनबे थिएनन् ।

७. असमान वितरण प्रणाली र एकाधिकार उत्पादन प्रणालीले गर्दा मानव समाजमा अनेकौ जटिलता उत्पन्न भएको छ ।  सरकारलाई निजि घरानाहरुले चलाउछन । बजार केहि कम्पनिहरुको कब्जामा छ  । सारा मान्छेलाई चलाउने एउटा वर्ग छ । जो सग सत्ता छ, बजार छ, मिडिया छ, बौद्धिकहरु छन् र लेखकहरु छन् ।

८. संसारका हरेक कुरा लागुपदार्थ जस्तै हुन्छन्  । संगीतले मानिसलाई लठ्ठ्याउछ र आफूतिर समाहित गर्छ । गित पनि नशा हो । यसको पनि मात हुन्छ, सांगीतिक मात ।

९. म एउटा कलम बोक्ने योध्दा हु । कलम र मसी प्रयोग गरेर विचारको कुरा गरे । अन्तत जिल्ला अदालतका न्यायधिसहरुले मेरो पक्षमा फैसला गरे । यो फैसलाले अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन केहि बलियो भएको अनुभूति भयो ।

१०. प्रलेसले आज आफ्नो सक्कली चरित्र गुमाइसकेको छ । प्रलेस अब सत्ता बिरोधि सृजनालाई स्वीकार गर्न सक्दैन उ यथा स्थितिबादीहरुको झुण्ड बनिसकेको छ / द्वन्दात्मक तथा एतिहासिक भौतिकबाद प्रलेसको अट्दैन अब । आदर्शबादले स्थान लिईसकेको छ ।

११.  क्रान्तिले रुसमा गोर्की, भारतमा अवतार सिंह पास, चीनमा लुसुन जस्तै नेपालमा पनि इच्छुक जन्मायो ।

१२. जुन आन्दोलनका लागि म निरन्तर रगत पसिना र युवा जोश लिएर सहभागी भए  ।जुन आन्दोलनका लागि मैले व्यक्तिगत जीवन अर्पण गरे आज त्यहि आन्दोलनसग सम्बन्धितहरुले एउटा बिज्ञप्ति निकाल्न सकेन वा चाहेन ।

१३. बैज्ञानिक समाजवादप्रति विश्वास छ । मित्रहरुले आफुलाई 24 क्यारेटको क्रान्तिकारी सम्झनु अगाडी कसैको राजनितिक जीवन माथि खेलवाड गर्ने अधिकार हुदैन ।

१४. यो देशमा गणतन्त्र बागबजारमा कसैले चुरोट र चिया खेर आएको होईन  । कसैको बिलौनाका ठेली किताबले निरङकुशता हटेको होईन । यसमा हाम्रो पनि योगदान छ ।

१५. दुखको बेला भाग्ने र सुखको बेला लाग्नेहरु देखि होसियार हुनु जरुरि छ । जसले अवासरवादलाई मलजल गर्दछन् । ती आन्दोलनका धमिरा र ऐजेरु हुन् ।

१६. लेखन क्षेत्रमा सक्रिय युवा हु । आफुलाई लागेको कुरा लेख्छु । आलोचनात्मक टिप्पणी गर्छु तर व्यक्ति सग नभई प्रवित्तिसग मेरो असहमति हो ।

१७. राजनीति सुद्ध नभएसम्म अरुकुरा सुद्ध हुदैनन्  । समस्या राजनीतिमै छ ।

१८. सत्ताले आफ्नो काखम पालेका मान्छेहरुको बिषय सधै भ्रम वरिपरि राख्ने गर्छ ।

१९. कम्युनिस्टहरु अलिकति जनवादी भैदिएको भए देशमा रोजगारको वातावरण बन्दो हो । उद्योगधन्दा खुल्दा हुन् ।रोजगार गर्न चाहाने युवाहरुले सरकारबाट बिना ब्याज पाउदाहुन् । किसानहरुले सुपथ मुल्यमा मल बिउ पाउदा हुन् ।  रास्ट्रिय गौरबका आयोजनाहरुमा भ्रटाचार नहुदो हो ।  एनसेलले खुरुखुरु कर तिर्दो हो । महंगीको मारले जनताको ढाँड नासेकिदो हो । चारैतिर बिकाशका मूल फुट्दो हो । हामी  जस्ता देशभक्त नेपालीको कुरो पनि सुनिदो हो ।  यहाका कम्युनिस्टहरु लोगो मात्र भए ।

२०. जुन देशमा युवा हासेका हुन्छन, स्वभावैले त्यो देश हासेको हुन्छ ।

२१. चर्चित माक्स्बादी लेखक नरेन्द्र जंग पिटरले भनेका थिए प्रचण्ड, बाबुराम, बादल आदिका किताब अब घरमा राखेर काम छैन ।  जे आदर्शका लागि ति किताबहरु लेखिएका थिए त्यो आदर्श अब बाकि छैन । यो किताब उतै फिर्ता गर्नु पर्छ । ट्याक्सी भाडासम्म सम्बन्धित निकायसग असुल गर्नुपर्छ भन्न्रे पिटरको गम्भीर व्यंग थियो ।

२२. पुजिबादमा एउटा सुत्र सिद्धान्त हुन्छ, फसाउने । उपभोक्तालाई आकर्षक बिज्ञापन देखाएर ठगि गर्नु पुजिबादको प्रमुख विशेसता हो ।

२३. बादलहरुले आफ्नो इतिहासलाई कसरि लिदा हुन् ? आफ्नो रक्तरञ्‍जित इतिहासलाई उनले चटक्कै भुल्न सक्लान र ? कि घरिघरि सम्झना आउदो हो ।  प्रतिबन्द्ध लगाउने र राज्य द्रोहको मुद्दा थोपर्ने परिपाटीले कुतीकै बाटो हिडेर पनि कमरेडहरु कासी पुग्लान कि अन्तै ?

२४. विश्वको दर्शन, इतिहास र धर्म मान्छेले नै बनाएको हो ।  स्वर्ग र नर्क देखि भगवानको आविष्कारक पनि मान्छे नै हो ।

२५. कवि ईच्छुकले भने जस्तै पराधिन जिवनमा जेल भित्र रहनु वा बाहिर रहनु कुनै फरक होईन ।  स्वतन्त्रता हरण गरिएको जीवन जेल हो ।

२६. जिन्दगीमा एस्तो कठोर खडेरी कति खेप्नुपर्ने हो थाहा छैन । काला कागहरु जतिसुकै आफ्नो नाम काट्दै गरुन् तर पनि मैले बिचार र आस्था दगमगाउन दिएको छैन ।

२७. नेकपा एमालेलाई विभाजन गराउने महाकाली सन्धि पछि कम्युनिस्टहरुले निरन्तर झुक्याई रहेका छन् । जनता झुक्कीरहेका छन्  । कांग्रेसले ६ दशक झुक्यायो ।  पंचायतले ३० वर्ष झुक्यायो । कम्युनिस्टहरुले अहिले झुक्याई रहेका छन् ।

अन्त्यमा कम्युनिस्ट आन्दोलन, साहित्य,लेखन तथा सामाजिक चिन्तनमा सक्रिय एक युवा कवि रसुवालीलाइ बधाई तथा आगामी दिनहरुमा पनि यस्तै रचनात्मक कृतिहरु नेपाली साहित्य भण्डारमा थप्दै जाउन भन्ने हृदय देखि शुभकामना छ ।  जायज आवाजलाई सबै नेपाली लगायत बिश्व साथ दिने छन् । सम्मानित अदालतले सफाई दिएपछि कृतिकारको अमुल्य समय र मानसिक यातनाको सरकारले कसरी क्षतिपूर्ति दिने हुन् । इतिहास खोजिरहने छ ।

बुध, साउन २९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अनामणिका चम्ल्याहा बाल कृति

बाल साहित्य विषय उठान कुराकानीमा साह्रै नरम, लगनशीलताका पक्षमा कछुवा जस्तो बिस्तारै अघि बढिरहने नजानिँदो साहित्यिक व्यक्तित्वको नाम हो – रत्नप्रसाद अनामणि श्रेष्ठ । पुख्र्यौली घर काभ्रेपलाञ्चोकको नालालाई मनबन्धकीमा राखेर उहाँ बसिरहनु भएको छ काठमाडौँस्थित गोङ््गबुँको टोखा नगरपालिकामा । सडकको धुलो र कसिङ््गरले ढाकिराखेका साना ठुला सबै आकार...

“तँ” उपन्यास भित्र खोतल्दा

याे उपन्यास दश भागमा विभाजन गरिएकाे छ भाग एकमा उपन्यासकार स्वयंम याैटा पात्र हुनुहुन्छ साथै अर्काे मुख्य पात्र या तँ का जन्मदाताका रुपमा एक जना भुतपूर्व सिडियाे लाई खडा गर्नु भएकाे छ जुन पात्रकै घरमा उहाँले आफ्नो व्यवसाय संचालन गर्नु भएकाे रहेछ तसर्थ उहाँ घर...

अक्षरमार्ग सिर्जना समूहको चौथो श्रृङ्खला

अक्षरमार्ग सिर्जना समूहले चौमासिक रूपमा संचालन गर्दै आएको सिर्जनालयको चौथो श्रृङ्खलामा रेखाकवि टंक साम्बाहाम्फे, कवि तारा के.सी. र मुक्तककार मीलन समीर सुनिएका छन् । लामो समयदेखि साहित्यको कविता विधामा कलम चलाउँदै रेखा कवितालाई स्थापित बनाउन सक्रिय हुँदै आएका आएका रेखाकवि टंक साम्बाहाम्फेले समसामयिक विषयका आधा दर्जन...

गाविस/जिबिस खारेज, नयाँ संरचनामा आफ्नो ठेगाना खोज अनलाइन खोलेर हेर्नुहोस् खोजअनलाइनलाई पुस्तक प्राप्ति-१ / एक सुर्य ,अनेक आलोक

पुस्तकको नाम : एक सुर्य ,अनेक आलोक विधा : समिक्षा पुस्तकको लेखक : भीमप्रसाद काफ्ले प्रकाशक : जनमत प्रकाशन,बनेपा संस्करण : पहिलो पुस्तकको मुल्य :  ७५०/-  संस्थागत १०००/- आवारण : पूर्णराम तुलाधर मुद्राक : न्यू पनौती प्रिन्तिंग प्रेस कम्प्युटर सेटिंग: पृष्ठ संख्या : ५६०+८ पृष्ठ पुस्तकको साइज :  डिमाइज ISBN NO.: 9789937897280 रचना संख्या : खण्ड-१...

तारा के.सी.को कवितासङ्ग्रह प्रिय छोरीमाथि अन्तरक्रियात्मक समीक्षा

काठमाडौँ, जेठ ३ गते । कवि तथा साहित्यकार तारा के.सी.को कवितासङ्ग्रह प्रिय छोरीमाथि अन्तरक्रियात्मक समीक्षा गरिएको छ । कार्यक्रममा ताराको भर्खरै प्रकाशन भएको चौथो कवितासङ्ग्रह ‘प्रिय छोरी’ को अन्तरक्रियात्मक कार्यक्रम राखेर सङ्ग्रहभित्रका कविताहरूको बारेमा बहस गरिएको हो । त्यस अवसरमा कविता के हो ? कविताको बनोट,...

अनुभूतिका आँकुरा गोडमेल गर्दै

धेरै दिन पहिले नै ‘‘मेरो पुस्तक ‘अनुभूतिका आँकुरा’ को विमोचन छ, आउनू है दाइ’’ भनेर सानु शर्माले धेरै पटक कहिले म्यासेन्जरमा त कहिले फोनमा बोलाउनु भएकै हो । मनमा बिर्सिने र सम्झिने गरी दुई भाग हुँदो रहेछ । त्यसैले मैले पुस्तक विमोचनका लागि बोलाएको त्यो...