प्रमुख समाचार संस्कृति/धर्म

जनैपूर्णिमाका केही झलकहरु

-फोटो : कृष्णगोपाल श्रेष्ठ "फसी"


आज श्रावण शुल्क पूर्णिमा अर्थात जनै पूर्णिमा । यस दिनलाई रक्षाबन्धन र ऋषि तर्पणी पर्व पनि भन्ने गरिन्छ । यस हिन्दू धर्माबलम्बीहरुको तागाधारी समुदायले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै अर्थात यज्ञोपवीत फेर्छन । कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले यो दिनलाई ऋषितर्पणी पनि भनिन्छ । स्नान, ऋषि तर्पणपछि मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । जनै नलगाउने समुदायले पनि गुरु पुरोहितद्धारा रक्षा बन्धन गराउने परम्परा छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा प्रचलित छ । नेपालको तराई क्षेत्रमा यस दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन छ । आज विभिन्न थरीका गेडागुडी मिसाइएर बनाएको क्वाँटी खाने चलन छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार हुन्छ भन्ने मान्यता छ । जनै पूर्णिमाको अवसरमा काठमाडौंको पशुपतिनाथ, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, काभ्रेको बनेपा बुडोल, पनौती, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागरलगायतका ताल, पोखरी र कुण्डमा मेला लागिरहेको छ ।

बिहि, साउन ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलको स्वर्ण नेपालले जिते

२४ मंसिर, काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ...

पौडी खेलाडी गौरिका सिंहले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाए

मंसिर, काठमाडौं । पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ४ वटा स्वर्ण पदक जितेकी छन् । उनले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी छन् । गौरिकाले सोमबार १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा...

वृद्धभत्ता जम्मा गरेर धर्मशाला निर्माणमा गर्ने ८५ वर्षीय हजुर बुवालाई सम्मान

सरकारले दिएको वृद्धभत्ता कुन काममा खर्च हुन्छ ? आफ्नो उपचारमा, घरायसी वा व्यक्तिगत काममा। तर मुगुमा एक व्यक्तिले वृद्धभत्ता जम्मा गरेर गाउँमा धर्मशाला बनाउन थालेका छन्। सरकारले सामाजिक सुरक्षाबापत मासिक उपलब्ध गराउँदै आएको रकम जम्मा गरेर मुगुम कार्मारोङ गाउँपालिका–९ पापुगाउँका ८५ वर्षीय जयखर ऐडी धर्मशाला निर्माणमा...

सुनिताले स्वर्ण जित्दा बुवाका आँखामा आँसु

काठमाडौँ : १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा सुनिता महर्जनले मंगलबार करातेमा स्वर्ण पदक जितेकी छन्। नेपाल पुलिस क्लबमा आवद्ध सुनिताले ६५ केजी मुनिको तौल समूहको प्रतिस्पर्धामा स्वर्ण पदक जितेकी हुन्। उनले पाकिस्तानकी कुल्सुमलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन्। राजधानीको मनमैजु माइती घएकी सुनिताको घर सीतापाइलामा...

नेपाललाई विश्व कीर्तिमानसहित एकै दिन १३ स्वर्ण (अपडेट)

काठमाडौं, १६ मंसिर । तेस्रो पटक नेपालमा आयोजना भइरहेको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले विश्व कीर्तिमानसहित ११ स्वर्ण पदक जितेको छ । नेपाली क्रिकेटकी अञ्जली चन्दको अदभूत बलिङले विश्व कीर्तिमान रच्यो । अञ्जलीको कीर्तिमानी खेलबाट शुरु भएको नेपालको प्रदर्शन सोमबार दिनभर उत्साहजनक र...

१३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा आइतबार सुरु

मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा आइतबार सुरु हुँदैछ । नेपालका लागि मात्र नभएर दक्षिण एसियाकै खेल क्षेत्रको लागि यो एउटा ठूलो उत्सव हो । यसअघि सन् १९९९ मा आठौं साग नेपालमा आयोजना भएको थियो । २० वर्षपछि घरेलु मैदानमा फर्किएको यस...