प्रमुख समाचार

३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका मृत भेटिए


भदौ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा कार्यरत् प्रहरी जवान शंकर ठगुन्ना मृत अवस्थामा भेटिएका छन् ।नागार्जुन नगरपालिका–३, ठूलो भर्‍याङमा ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका उनी गएराति मृत भेटिएका हुन् ।

स्वयम्भूका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीका अनुसार, प्रहरीले महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

मध्यराति १ः२० बजे उनै महिलाले प्रहरीलाई ठगुन्ना झुण्डिएको अवस्थामा भेटिएको भन्दै खबर गरेकी थिइन् । अनुसन्धान अधिकृत घटनास्थलमा पुग्दा, ठगुन्नाको शव भुइँमा लडिरहेको थियो ।

‘महिलाले भनेअनुसार सामान्य विषयमा विवाद हुँदा उनले मर्छु भन्दै पासो बेरेका थिए’, अनुसन्धान अधिकृत भन्छन्, ‘एक पटक त्यसो नगर्न भन्दाभन्दै मुक्का हानेर लडाएको उनले बताएकी छन् ।’

मुक्का प्रहारबाट आफू लडेको बताउँदै प्रहरीसँग महिलाले भनेकी छन्, ‘लडेपछि एकछिन भुइँमै झपक्क भएँ । उठेर हेर्दा झुण्डिएको देखेँ ।’

लगत्तै, झ्यालमा झुण्डिएका ठगुन्नाको सलको पासो खोलेको उनले बयान दिएकी छन् । प्रहरीका अनुसार, उनीहरु डेढ वर्षदेखि सँगै बसेका थिए ।

जवान ठगुन्ना २० वर्षका हुन् भने महिला ३० वर्षीया विवाहित हुन् । उनको श्रीमानको मृत्यु भइसकेको छ ।

आइत, भदौ १, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

ढुक्क हुनुहोस् मंसिरदेखि रेल गुड्छ

धनुषा – जनकपुर–जयनगर रेल चल्ने कुरा हुन थालेको धेरै भयो । तर रेल चल्छ कि चल्दैन, चल्यो भने कहिलेदेखि चल्छ भन्ने यकिन हुन नसक्दा आशाभन्दा बढी निराशा छाउन थालेको छ । ‘रेल चल्ने कुरा हात्ती आयो हात्ती आयो फुस्सा भन्ने उखान जस्तै भयो । झण्डै डेढ...

समिट होटलको ३९ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न

हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन यस समिट होटलको ३९ औ बार्षिक उत्सब मा समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ५७  र महिला १४  गरि जम्मा ७१ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा पुरष तर्फ़ प्रथम बुद्ध घिसिंग, (१५.६) दोस्रो बाबुराम राई,(१६.६) तेस्रो मनोज...

गोलढुंगामा प्रहरीले गोली हानी पक्राउ गरे साजन गुरुङलाई

२७ भदौ, काठमाडौं । काठमाडौंको गोलढुंगामा प्रहरीले गोली हानी पक्राउ गरेको साजन गुरुङ उर्फ नजोक गुण्डा नाइके समिरमान सिंह बस्न्यातको सहयोगी भएको खुलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका एक अधिकृतका अनुसार साजनले समिरको समूहमा दोस्रो तहको सदस्यको रुपमा काम गर्ने गरेका थिए । बस्न्यात अहिले केन्द्रीय कारागार...

नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त

२६ भदौ, काठमाडौं । प्रतिवन्धित नेकपा समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त गरेको छ । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशलाई पनि प्रहरीले पक्राउ गरेको थियो । अस्पतालभित्र हुलहुज्जत गर्न खोजेको भन्दै प्रकाशसहित एक दर्जन बढी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको...

राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्वसन्ध्यामा नेपाल आएका चिनियाँ विदेशमन्त्री

भदौ, काठमाडौं । नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुअघि नेपाली समकक्षी प्रदीप ज्ञवाली नेतृत्वको उच्चस्तरीय टोलीसँग द्विपक्षीय एजेण्डाका विषयमा छलफल गर्दैछन् । दुवै देशका परराष्ट्रमन्त्री नेतृत्वको टोलीबीच अपराह्न होटल याक एण्ड यतीमा यसअघि भएका सम्झौता र थाति सबै...

सेनाले पाँच महिनामै ८ सय ६९ घर बनाएर हस्तान्तरण गरे

काठमाण्डौ – बारा र पर्सामा हावाहुरी र असिनापानीबाट पीडित परिवारले पाँच महिनामै सरकारले बनाएको घर पाएका छन् । नेपाली सेनाले बनाएको घर बुधबार हस्तान्तरण गरिएको हो । छोटो अवधिमै सरकारनिर्मित घर पाएपछि पीडित खुशी भएका छन् । उनीहरुले सरकार र नेपाली सेनालाई धन्यवाद दिएका छन्...