शिक्षा

केयूमा ११ दिनदेखि ताला, उपकुलपतिको टोली कोरिया भ्रमणमा


भदौ, काभ्रे । काठमाडौं विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीहरुले तालाबन्दी गरेको एघारौं दिन पुगेको छ । तर, ताला खुलाउन पहल नगरी उपकुलपति रामकण्ठ माकाजु नेतृत्वको टोली आइतबार दक्षिण कोरिया भ्रमणमा जाँदै छ ।

माकाजुसँगै डा. विष्णुप्रसाद पाण्डे, डा. संगीता शाक्य र सुनन्दा शर्मा आइतबार कोरिया जान लागेका हुन् । यसैगरी डा. दीपकप्रसाद सुवेदी, डा. विराजमान कर्माचार्य, शैलेन्द्र कुमार झा, सरोजप्रसाद श्रेष्ठ, बिजेन्द्र श्रेष्ठ र डेजिना श्रेष्ठ भने शनिबार नै कोरिया गइसकेका छन् । माकाजुसहितको टोली भदौ ५ गते र सुवेदीसहितको टोली भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ ।

उनीहरुको विदेश भ्रमण विश्वविद्यालयको कार्यकारी परिषदले अनुमोदन गरेको थियो । परिषदको निर्णयअनुसार उत्तम बुढाथोकीले २ जूनदेखि १२ जूनसम्म भारतको भ्रमण गरेका थिए ।

तालाबन्दी खुलाउन पहल नगरी विदेश भ्रमणमा व्यस्त भएको भन्दै आन्दोलनरत कर्मचारीहरुले विरोध गरेका छन् । विश्वविद्यालयका एक कर्मचारीले भने, ‘ठूलो कार्यक्रम पनि होइन, केही विश्वविद्यालयको अवलोकन गर्नेमात्र हो, तर पनि तालाबन्दी खुलाउन पहल नगरी केही विभागीय प्रमुखहरुसहित विदेश यात्रामा जाँदै हुनुहुन्छ ।’

विश्वविद्यालयले आफूहरुसँग बिभिन्न समयमा गरेका सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै आन्दोलनरत प्राध्यापक तथा कर्मचारीहरुले विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले परीक्षामा पनि सहभागी नहुने निर्णय गरेपछि काठमाडौं विश्वविद्यालयले विद्यार्थीहरुलाई नै गार्ड राखेर अन्डर ग्राजुयट लेभलको फाइनल परीक्षा लिएको थियो ।

आन्दोलनरत प्राध्यापक तथा कर्मचारीले विश्वविद्यालयको अनियमितताको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका मुद्दाहरुको छिटो छानविन गर्नुपर्ने, विश्वविद्यालयमा कार्यकारी परिषदमा रिक्त शिक्षक प्रतिनिधिमा प्राध्यापकहरुले सिफारिस गरेको व्यक्ति नियुक्त गर्नुपर्नेलगायतका माग राखेका छन् ।

आफूहरुको मागबारे उपकुलपतिबाहेक अरुसँग वार्ता नगर्ने अडान उनीहरुले राखेका छन् । सहकुलपतिसमेत रहेका शिक्षामन्त्रीको सचिवालयले पनि विश्वविद्यालयमा लाग्दै आएको तालाबन्दी खुलाउन उपकुलपति माकाजुलाई निर्देशन दिएको थियो । तर, ताला नखुलाई विदेश भ्रमणमा हिँडेपछि विश्वविद्यालय खुल्ने अझै अनिश्चित भएको छ ।

यसअघि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइराला अनुमतिविना क्यानडा जान लागेको भन्दै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको थियो ।

आइत, भदौ १, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सूर्योदयको ४० औं वार्षिकोत्सव

पनौती/ पनौतीकै पहिलो निजीस्तरबाट संचालित सूर्योदय माध्यमिक बोर्डिङ स्कुलले आफ्नो ४० औं वार्षिकोत्सवको अवसरमा एस इ इ सम्मान , पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा २०७९ सालमा एस इ इ परीक्षामा उत्कृष्ट GPA...

पाटन संयुक्त क्याम्पसमा बौद्ध अध्ययनका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

ललितपुर÷त्रिभुवन विश्वविद्यालय, पाटन संयुक्त क्याम्पसमा इतिहास तथा बौद्ध अध्ययन विभाग अन्तर्गत बौद्ध अध्ययन विषय अध्ययनरत् १ जना उत्कृष्ट छात्रालाई दिवंगत भिक्षु ज्ञानपूर्णिक महास्थविर पु्रस्कार सहित १० जना छात्र–छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ। विभागकी प्रमुख डा. जुनु मैँया बासुकला रञ्जितकारको सभापतित्वमा नेपालभाषा केन्द्रीय विभागको सभाकक्षमा सम्पन्न कार्यक्रममा...

एसईई परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आगामी चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन १६ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । चैत १८ गते अनिवार्य गणित  र २० गते अनिवार्य विज्ञान विषयको परिक्षा हुनेछ । यस्तै चैत...

त्रिविका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै पाइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गर्ने र सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने भएकाले अब विद्यार्र्थीलाई बल्खुस्थित पनिका कार्यालयमा पुग्न नपर्ने परीक्षा नियन्त्रक...

आदोलनत राहत शिक्षकहरूको माइतिघरमा प्रदर्शन

काठमाडौँ । आन्दोलनरत राहत शिक्षकहरूले काठमाडौँको माइतिघरमा प्रदर्शन गरेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरूले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् । राहत शिक्षकहरूले सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूको माग संवोधन नगरेको भन्दै प्रदर्शनलाई निरन्तरता...

प्रारम्भिक वाल विकास तथा शिक्षा पोर्टल निर्माण

प्रारम्भिक वाल विकास शिक्षकहरूले अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षण गर्नका लागि अब सहज हुने भएको छ । “प्रारम्भिक वाल विकास तथा शिक्षा पोर्टल” को रूपमा निर्माण गरिएको सो पोर्टललाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेभसाइटमा लिङ्क हुने गरी अपाङ्गता भएका बालबालिकाहरूलाई कसरी शिक्षण गर्न सकिन्छ...