प्रमुख समाचार

राष्ट्रिय राजमार्गलाई धावनमार्गको रुपमा उपयोग गर्ने योजनाअध्ययन गर्ने


भदौ काठमाडौं । राष्ट्रिय राजमार्गलाई धावनमार्गको रुपमा उपयोग गर्ने योजना ल्याएको सरकारले सम्भावित खण्डहरुको अध्ययन गर्ने भएको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजमार्गका विभिन्न खण्डलाई धावनमार्गका रूपमा प्रयोग गर्ने भनिएको थियो । यस्तो योजनामाथि पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्च अधिकारीहरुले नै प्रश्न उठाइरहेका छन् ।

सरकारले भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको सडक विभागलाई यो कामका लागि जिम्मा दिएको छ । यसका लागि सडक विभागले तयारी थालेको प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार यो कार्यक्रमलाई वार्षिक योजनामा समेटिएको छ ।

‘यो कार्यक्रमका लागि छुट्टै बजेट विनियोजन भएको छैन,’ उनले भने, ‘तर विभागको परामर्श सेवाका लागि विनियोजित बजेट यस काममा खर्च गर्न सकिन्छ ।’

नेपालगञ्ज–कोहलपुर, बेलहिया–बुटवल, वीरगञ्ज पथलैया लगायतका ६ लेनमा विस्तार भएका र हुँदै गरेका सकडकहरुमा अध्ययन हुने सापकोटाले जानकारी दिए ।

नेपालमा एयरपोर्ट र धावनमार्गको निर्माण हेर्ने निकाय नेपाल उड्डयन प्राधिकरण हो । तर, विभागले अहिलेसम्म प्राधिकरणसँग यसबारे छलफल अघि बढाएको छैन ।

‘अहिले हामीले यस्तो धावनमार्ग निर्माणको निर्णय गरिसकेको छैनौं,’ प्रवक्ता सापकोटाले भने, ‘अध्ययनले गर्न सकिने देखियो भने सडकमा धावनमार्ग बनाउने प्रक्रिया सुरु हुन्छ ।’

जानकारहरुका अनुसार व्यवसायिक उडान भर्ने विमानलाई राजमार्गमा अवतरण गर्ने (हाई–वे स्ट्रिप) अभ्यास विश्वमा कतै छैन । आपतकालीन अवस्थामा भने विमानहरु राजमार्गमा अवतरण गरिएका केही उदाहरणहरु छन् । हालै रुसमा एक पाइलटले मकैबारीमा नै यात्रुवाहक जाज सुरक्षित अवतरण गराएका थिए ।

पूर्वसचिव तथा तत्कालीन हवाइ विभागका पूर्वमहानिर्देशक यज्ञप्रसाद गौतम राजमार्गमा व्यवसायिक विमान अवतरण गराउन सम्भव नहुने बताउँछन् ।

‘हाम्रा सडकको दायाँबायाँ बिजुलीका पोलहरु हुन्छन्, सडक पेटी हुन्छन्, सँगै रुखहरु हुन्छन्,’ गौतम भन्छन्, ‘विमान अवतरण गराउने कुरा धेरै संवेदनशील हो । राजमार्गलाई धावनमार्ग जस्तै बनाउने योजना ज्यादै खर्चिलो र प्राविधिक हिसावले असम्भव जस्तै हुन्छ ।’

गौतमले विमान अवतरणको विषय सरकारले नीति तथा कार्यक्रमममा ल्याएजस्तो हलुका ढंगको नहुने उनले बताए । अवतरणका लागि भनेर तोकेर निर्माण गरिने सडकलाई आपतकालमै खाली गराउन कठिन हुने उनको भनाइ छ ।

विभागका प्रवक्ता सापकोटा भने विजुलीको पोल व्यवस्थापन गर्न सकियो भने फराकिला सडकलाई आपतकालका लागि अवतरणयोग्य बनाउन सकिने दावी गर्छन् । ठूला विमान अवतरण गराउन सडकहरुले धान्छन् कि धान्दैनन् भन्ने विषय पनि अध्ययन हुनेछ ।

सुरक्षा संवेदनशीता भएका अन्य देशले सैन्य तथा लडाकू विमान अवतरणका लागि यस्तो अभ्यास गरेका छन् । सैन्य प्रयोजनका लागि विभिन्न शक्ति राष्ट्रहरूले राजमार्गलाई धावनमार्ग बनाएका छन् । उनीहरुले युद्धका समयमा रणनीतिक हिसावले संवेदनशील क्षेत्रमा सेना र सैन्य सामग्री पु¥याउने उद्देश्सहित यस्तो धावनमार्ग बनाएका हुन् ।

विज्ञका अनुसार राजमार्गमा विमान अवतरण गराउने काम सजिलो हुँदैन । आपतकालीन अवतरण गराउनुअघि राजमार्ग मात्रै हैन, आकाश पनि खाली गर्नुपर्छ । यात्रु लिएर उडिरहेको विमानले आपतकालीनरुपमा अवतरण गर्नु परे झनै बढी संवेदनशील हुनुपर्छ ।

‘२४ घण्टा नै सवारी गुड्ने राजमार्गमा आपतकालीन अवतरण गराउन जोखिमपूर्ण हुन्छ,’ प्राधिकरण स्रोत भन्छ । राजमार्गलाई धावनमार्ग बनाउँदा कत्रो आकारसम्मको जहाज अवतरण गर्न मिल्ने हो भन्नेदेखि सुरक्षा लगायतका धेरै कुरामा ध्यान दिनुपर्छ ।

हाल विश्वमा सेनाका साना विमान अवतरण गर्न सक्ने गरी मात्र राजमार्गमा धावनमार्ग विकास भएका छन् । थुप्रै यात्रु बोकेर उडेको विमान राजमार्गमा अवतरणका क्रममा दुर्घटना भए, त्यसले झन ठूलो क्षति गराउने उड्डयन अधिकारी बताउँछन् ।

अन्तर्राष्ट्रिय प्रचलन हेर्ने हो भने दोस्रो विश्वयुद्धको अन्त्यतिर जर्मनीमा यसको पहिलोपटक प्रयोग भएको मानिन्छ । दोस्रो विश्वयुद्धपछि सोभियत युनियन र संयुक्त राज्य अमेरिकाबीच शीतयुद्धका बखत सोभियत युनियनको पक्ष तथा विपक्ष दुबैतिरका विभिन्न युरोपेली मुलुकमा हाइवे स्ट्रिपको अभ्यास भयो । हालसम्म सिंगापुर, उत्तर कोरिया, ताइवान, स्विडेन, फिनल्यान्ड, बुल्गेरिया, स्विजरल्यान्ड, पोल्यान्ड मात्र नभएर भारत, श्रीलङ्का र पाकिस्तानमा समेत यस्तो प्रविधिको प्रयोग भइसकेको छ ।

भारतले उत्तर प्रदेशको यमुना एक्सप्रेस–वेमा सन् २०१५ मा यसको सफल परीक्षण गरेको थियो । सन् २०१६ मा भारतका यातायात मन्त्री नीतिन गड्करीले अब यो प्रविधिलाई व्यावसायिक स्तरमा अन्यत्र पनि विस्तार गरिने बताएका थिए । श्रीलंकामा सन् २००९मा गृहयुद्ध समाप्त हुनु अगाडिसम्म तमिल विद्रोहीले यसको प्रयोग गरेका थिए ।

बुध, भदौ ४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा आज अपराह्न काठमाडौं आइपुग्नुभएको छ । नेपाल आइपुग्दा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेर राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी हमिदलाई स्वागत गर्नुभयो । विमानस्थलको सोही कक्षमा राष्ट्रपति हमिदलाई पञ्चकन्याले पुष्पहारद्वारा स्वागत...

बनेपाबाट नेपालथोक जाँदै गरेको बा ४ ख ३३१९ नम्बरको बस दुर्घटना

काभ्रेमा बस दुर्घटना भएको छ। बनेपाबाट नेपालथोक जाँदै गरेको बा ४ ख ३३१९ नम्बरको बस दुर्घटना भएको हो। नमोबुद्ध नगरपालिका वडा नम्वर २ स्थित सडकमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी जयराम सापकोटाले जानकारी दिए। बसमा सवार २० जना यात्रु घाइते भएका छन्। ‘हामीले...

सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बसी वार्ताको लागि भारत तयार

कालापानी क्षेत्रको सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बसी वार्ताको लागि भारत तयार भएको छ । भारतले हालसालै कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेको छ । नेपालका सबै दलहरुले भारतलाई एक इन्चपनि भुमि नछाड्ने बताईरहेका छन् । प्रधानमन्त्री केपी...

सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बसी वार्ताको लागि भारत तयार

कालापानी क्षेत्रको सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बसी वार्ताको लागि भारत तयार भएको छ । भारतले हालसालै कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेको छ । नेपालका सबै दलहरुले भारतलाई एक इन्चपनि भुमि नछाड्ने बताईरहेका छन् । प्रधानमन्त्री केपी...

भान्जा सिवाकोटीलाई गभर्नरको रेशमा राख्ने डेपुटी गभर्नर श्रेष्ठमाथि महानिर्देशक भट्टराईद्वारा शक्तिको दुरुपयोग

एक तिरले दुई शिकार गर्ने भन्ने उखान चरितारार्थ पार्न सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक रुपनारायण भट्टराईले शक्तिको दुरुपयोग गरेको खुलेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई ‘अमूर्त’ विषयमा सम्पत्ति शुद्धिकरणको पत्र काटी छानबिन समिति नै गठन गर्नेसम्मको खेलको लहरो भट्टराईको नातावादी चरित्रमा प्रस्ट जोडिएको दैनिक...

जहाज आपसमा ठोक्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान अस्तव्यस्त

काठमाडौँ –   साँघुरो पार्किङ, त्यसमाथि एयरलाइन्सको जथाभावी पार्किङका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान अस्तव्यस्त बनेको छ । प्रतिस्पर्धी एयरलाइन्सको होडबाजी तथा व्यवस्थापनको लापरवाहीका कारण दुर्घटनाको जोखिम उत्तिकै बढेको छ । त्यसको उदाहरणको रूपमा आजै दिउँसो दुई जहाज ठोक्किएको घटनालाई लिन सकिन्छ । आन्तरिक उडानका दुई ठूला वायुसेवा...