प्रमुख समाचार

देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै


वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व शुक्रबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको जनविश्वास छ ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका  श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि ०६४ सालपछि काटिएको छ ।

 एक हजार प्रहरी परिचालन
श्रीकृष्ण जन्माष्टमीका दिन ललितपुरमा मात्र एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । दर्शनार्थीको सुरक्षाको लागि एक हजार प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए । उनले भने ‘हामी त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्ने छौँ । त्यसका लागि सादा र पोसाकधारी गरी करिब एक हजार प्रहरी परिचालित छन् ।’

कृष्ण मन्दिरको मेला व्यवस्थापन ललितपुर महानगरपालिका र मंगल टोल सुधार समितिले गरेका छन् । मेलामा दर्शनार्थीहरूलाई सहजीकरण गर्न पाँच सयभन्दा बढी स्वयंसेवी परिचालन गर्ने तयारी छ ।

 राष्ट्रपति दुई बजे जाने
राष्ट्रपछि विद्यादेवी भण्डारीले मंगलबजारस्थित कृष्ण मन्दिरमा दिउँसो दुई बजे जाने कार्यक्रम तय गरिएको छ । राष्ट्रपतिले दिउँसो दुई बजेपछि पूजा गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । फोटो :कृष्ण गोपाल श्रेष्ठ”फसी”

शुक्र, भदौ ६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

ढुक्क हुनुहोस् मंसिरदेखि रेल गुड्छ

धनुषा – जनकपुर–जयनगर रेल चल्ने कुरा हुन थालेको धेरै भयो । तर रेल चल्छ कि चल्दैन, चल्यो भने कहिलेदेखि चल्छ भन्ने यकिन हुन नसक्दा आशाभन्दा बढी निराशा छाउन थालेको छ । ‘रेल चल्ने कुरा हात्ती आयो हात्ती आयो फुस्सा भन्ने उखान जस्तै भयो । झण्डै डेढ...

समिट होटलको ३९ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न

हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन यस समिट होटलको ३९ औ बार्षिक उत्सब मा समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ५७  र महिला १४  गरि जम्मा ७१ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा पुरष तर्फ़ प्रथम बुद्ध घिसिंग, (१५.६) दोस्रो बाबुराम राई,(१६.६) तेस्रो मनोज...

गोलढुंगामा प्रहरीले गोली हानी पक्राउ गरे साजन गुरुङलाई

२७ भदौ, काठमाडौं । काठमाडौंको गोलढुंगामा प्रहरीले गोली हानी पक्राउ गरेको साजन गुरुङ उर्फ नजोक गुण्डा नाइके समिरमान सिंह बस्न्यातको सहयोगी भएको खुलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका एक अधिकृतका अनुसार साजनले समिरको समूहमा दोस्रो तहको सदस्यको रुपमा काम गर्ने गरेका थिए । बस्न्यात अहिले केन्द्रीय कारागार...

नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त

२६ भदौ, काठमाडौं । प्रतिवन्धित नेकपा समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त गरेको छ । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशलाई पनि प्रहरीले पक्राउ गरेको थियो । अस्पतालभित्र हुलहुज्जत गर्न खोजेको भन्दै प्रकाशसहित एक दर्जन बढी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको...

राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्वसन्ध्यामा नेपाल आएका चिनियाँ विदेशमन्त्री

भदौ, काठमाडौं । नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुअघि नेपाली समकक्षी प्रदीप ज्ञवाली नेतृत्वको उच्चस्तरीय टोलीसँग द्विपक्षीय एजेण्डाका विषयमा छलफल गर्दैछन् । दुवै देशका परराष्ट्रमन्त्री नेतृत्वको टोलीबीच अपराह्न होटल याक एण्ड यतीमा यसअघि भएका सम्झौता र थाति सबै...

सेनाले पाँच महिनामै ८ सय ६९ घर बनाएर हस्तान्तरण गरे

काठमाण्डौ – बारा र पर्सामा हावाहुरी र असिनापानीबाट पीडित परिवारले पाँच महिनामै सरकारले बनाएको घर पाएका छन् । नेपाली सेनाले बनाएको घर बुधबार हस्तान्तरण गरिएको हो । छोटो अवधिमै सरकारनिर्मित घर पाएपछि पीडित खुशी भएका छन् । उनीहरुले सरकार र नेपाली सेनालाई धन्यवाद दिएका छन्...