राजनिति

पशुपतिनाथ मन्दिरको पूर्वी ढोका सर्वसाधारणका लागि खुल्ला


भदौ, काठमाडौं । पशुपतिनाथ क्षेत्र विकास कोषले १० वर्षपछि पशुपतिनाथ मन्दिरको पूर्वी ढोका सर्वसाधारणका लागि खुल्ला गरेको छ । २०६५ सालदेखि सर्वसाधारणका लागि बन्द गरिएको पूर्वी ढोका यसै वर्षको तीजदेखि खुला गरिएको हो ।

कोषले पूर्वी गेटलाई लामो समयदेखि पशुपतिनाथ मन्दिरमा जल ल्याउनका लागि मात्र प्रयोग गर्दै आएको थियो । कोषका सदस्यसचिव डा. प्रदीप ढकालले यस वर्षको तीजदेखि सधैंभरीका लागि पूर्वी ढोका सर्वसाधारणका लागि खुल्ला हुने बताए ।

तीजमा छिटो र सहजरुपमा पशुपतिनाथ मन्दिरको दर्शन गराउनका लागि आजबाट पूर्वी ढोका खोलिएको हो । अब सधैंभरी सर्वसाधारणका लागि यो ढोका खुल्ला हुन्छ ।’

तीज, बालाचतुर्दशी, महाशिवरात्रि, साउने सोमबार जस्ता बढी भीड हुने पर्वमा धेरै समयसम्म लाइनमा बस्नु परेको गुनासो भक्तजनबाट आउन थालेपछि कोषले पूर्वी ढोका पनि खुल्ला गरेको हो ।

पूर्वी ढोकासँगै यस वर्षको तीजमा भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ । यस वर्षको तीजमा सामान्यतया आधा घण्टा र बढीमा दुई घण्टाभित्र भक्तजनले दर्शन गरिसक्ने गरी स्वयंसेवकलगायत सुरक्षाकर्मी र कर्मचारीलाई परिचालन गरिएको कोषका सदस्यसचिव डा. ढकालले बताए ।

पहिलो बाटो प्रयोग गर्नेहरुले गुहृयेश्वरी-गौरीघाट-उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर-वासुकी हुँदै उत्तर ढोकाबाट पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेर पूजा आजा गरिरहेका छन् ।

दोस्रो बाटोको रुपमा जयवागेश्वरी-भुवनेश्वरी-शंकराचार्य मठ हुँदै फलामेपुल-पश्चिम सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी तेस्रो बाटोको रुपमा एयरपोर्टतर्फबाट-पिंगलास्थान-वनकाली-चार शिवालय हुँदै पञ्चदेवल पूर्व-बज्रघर-दक्षिण ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै चौथो लाम बत्तीसपुतली-गौशालातर्फबाट पिंगलास्थान-वनकाली-चार शिवालय हुँदै पञ्चदेवल पूर्व-बज्रघर-दक्षिण ढोकाबाट मन्दिर प्रांगण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

सोम, भदौ १६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु भएको छ । यही आन्दोलनको क्रममा मंगलबार काठमाडौंको गोङ्गबु चोकमा कवि र सर्जकहरुले कविता वाचन गरेका छन् । कार्यक्रममा युवा साहित्यकार रसुवाली कवि, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य बीपी विद्रोही,...

माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले सोमबार भेटवार्ता गरे

 मंसिर,  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले सोमबार भेटवार्ता गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं नेकपाका विदेश मामिला विभागका प्रमुख नेपालसँग नेता नेपालको निवास कोटेश्वरमा बिदाइ...

उपनिर्वाचनको मतगणना सम्पन्न अन्तिम नतिजा यस प्रकार

काठमाडौँ । शनिबार सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३० स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले १३ स्थानमा जित...

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी

एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ। प्रधानमन्त्री ओलीको मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए। ‘प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको...

रसुवागढी नजिकै निर्माण हुन लागेको सुख्खा बन्दरगाहको शिलान्यास

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय नाका रसुवागढी नजिकै निर्माण हुन लागेको सुख्खा बन्दरगाहको बुधबार शिलान्यास भएको छ । दुई वर्ष अघिदेखि निर्माणका लागि प्रक्रिया अघि बढाएको भए पनि विभिन्न समस्याका कारण काम अघि बढ्न सकेको थिएन । नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव पार्वती अर्याल र चीनको...

भारत, चीन र नेपालबीचको त्रिदेशीय सीमा लिपुलेकसहित २० सीमा क्षेत्रमा यो वर्ष बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने

काठमाडौं भारत, चीन र नेपालबीचको त्रिदेशीय सीमा लिपुलेकसहित २० सीमा क्षेत्रमा यो वर्ष बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने भएको छ । सीमा सुरक्षालाई थप बलियो बनाउन गृह मन्त्रालयले बिओपी थप्न लागेको छ । चीनसँगको सीमामा चार बिओपी स्थापना हुनेछन् । दार्चुलाको लिपुलेक, हुम्लाको हिल्सा, मुस्ताङको लोमान्थाङ र संखुवासभाको...