संस्कृति/धर्म

नाला भगवती मन्दिर अगाडिको शिला स्तम्भहरु मुनि रहेका ढुंगाका तीन कछुवाहरु

-रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला बनेपा-४,काभ्रे


कछुवा पृथ्वीमा रहेका जीव हरु मध्य बढी बाँच्ने जीव मान्दै आएको छ / यो जीवलाई घस्रेर हिड्ने जीव अथवा सरीसृप बर्गमा राखिएको छ / यो जीव चिसो रगत भएको जीव हो / भनिन्छ हात्तीले कुल्चे पनि केही हुदैन /यस जीवको शुरक्षा भन्नु नै यस जीवको माथिबाट ढाकिएको एकदमै कडा खोल हो जसलाई शुरक्षा कवच तथा सुरक्षा ढालको रुपमा लिन सकिन्छ / पानीमा बस्ने र जमिनमा बस्ने गरि मुख्य दुइ प्रकारका छन /

कछुवा सर्बप्रथम १५.७ करोड बर्ष पहिले देखि पृथ्वीमा रहेको अनुमान गरिएको छ /कछुवाका कयौं जाति लोप भैसकेको भएतापनि ३२७ प्रजाति हाल सम्म पनि पृथ्वीमा अस्तित्वमा रहेकाछन / थुप्रै प्रजाति लोप हुने अवस्थामा रहेकाछन /यसको आयु ३०० बर्ष सम्म मान्दै आएको पाइन्छ /मे २३ लाइ बिश्व कछुवा दिवस मान्दै आएको छ /

हाम्रा पुर्खाहरुले आफ्ना सांस्कृतिक धरोहरहरु निर्वाण गर्ने क्रममा कछुवालाई पनि स्तम्भ बोकाएर

आफ्नो अमुल्य कला प्रदर्शन गरेका छन /धेरै बर्ष बाँच्ने र धेरै भार पनि बहन गर्न सक्ने हुनाले यसरी  कछुवालाई पनि पबित्र मन्दिर अगाडी स्थान दिएको हुनु पर्दछ /त्यति मात्र होइन मानिसको शृष्टि हुनु अगाडी कछुवाको अस्तित्व पृथ्वीमा रहेकोले पनि हाम्रा पुर्खाले महत्वपूर्ण स्थान दिएको हुनु पर्दछ /हुन त समुन्द्रमा हुने केही प्रजाति बाहेक जमिनमा हुने कछुवाले केही हानी वा नोक्सानी गर्दैन / कछुवालाई हाम्रो कलामा र बचाउनु हाम्रो दायित्वमा आएको छ /

 

प्राचिन रोममा कछुवाको खापतालाई लडाईमा टाउको जोगाउन प्रयोग गरेको इतिहास पाइन्छ /सन् १९६८मा तात्कालिन शोभियत संघले चन्द्रमामा कछुवालाई पनि परिक्रमा गराएका थिए /फर्केर आउँदा कछुवाको तौल १०%ले घटेको पाइएको थियो / नेपाली समाजमा कछुवा र खरायोको लोक कथा निकै लोकप्रिय छ /

कथा अनुसार कछुवालाई निरन्तर ,बिस्तारै आफ्नो कर्तब्य प्रति बफादार र घमण्ड नगर्ने जीवको रुपमा प्रस्तुत गरेको पाइन्छ /अन्तिममा मिठो जित पनि उसैको हुने निश्चित गरिएको छ /

यसले हामीलाई लगनशील भएर आफ्नो काम प्रति बफादार भएर लाग्नुका साथै घमण्ड नगर्नु भन्ने शिक्षा तथा प्रेरणा दिई रहने भएकोले हाम्रा पुर्खाहरुले यसलाई सम्मानका साथ मन्दिर आगाडी ढुंगामा कुँदेर राखेको हुनु पर्दछ /

हिन्दु धर्म अनुसार घरमा कछुवा राख्दा शुभ हुन्छ लक्ष्मीले बास लिन्छ भन्ने धार्मिक मान्यता रहेको पाइन्छ /कछुवालाई भगवान बिष्णुको अवतारको रुपमा पनि लिएको पाइन्छ /समुन्द्र मन्थन हुँदा आफ्नो कवाचले मन्द्रचल पर्वत थामेको बर्णन गरेको पाइन्छ /

 

 

 

 

 

बुध, भदौ १८, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नालामा हरेक घर घरमा तुलसीको पुजा गरि मनाइन्छ

 हिन्दु धर्म अनुसार आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान् विष्णु कात्तिक शुक्ल एकादशीका दिन उठ्ने भएकाले यस दिनलाई हरिबोधनी एकादशी भनिएको हो। यसै दिन भगवान् विष्णुको तुलसीरूपी लक्ष्मीसँग विवाह भएको मान्यताका आधारमा तुलसी विवाह पनि गरिदिने चलन रहेको छ। भगवान् विष्णुको प्रतीकका रूपमा...

टोकियो कोउतोकु स्थित दान्चीहलमा म्ह पुजा सम्पन्न

टोकियो / जापानमा क्रियाशिल संस्था नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले गत शनिवार नेपाल सम्वत ११४० शुभकामना आदनप्रधान तथा सामुहिक म्ह पूजा कार्यक्रम सम्पन्न गरेको छ । टोकियो कोउतोकु स्थित दान्चीहलमा सम्पन्न यस कार्यक्रमा नेवार मात्र नभएर अन्य जातको लगायत जापानीहरूको पनि सहभागी रहेको थियो । कार्यक्रमको...

छठ पर्वको दोस्रो दिन शुक्रबार खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन शुक्रबार खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइने गरिन्छ । दिनभर उपवास बसेका ब्रतालुले साँझ नियम निष्ठाका साथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यलाई खान दिने गर्छन्...

नालामा चाड पर्वमा सामुहिक राँगो काट्ने चलन हराउदै

ऐतिहासिक तथा प्राचीन नगरी उग्रचण्डी नालामा पहिले पहिले हरेक चाडपर्वमा टोलै पिच्छे सानो वा ठुलो राँगो काट्ने चलन थियो /हिजो आज मासु पसल खुले पछि बिस्तारै हराउँदै गैरहेको छ /शुध्द ,स्वस्थ र सफा राँगोको मासु साँच्चिकै खाने हो भने यो नै हाम्रा पुर्खाले प्रतिपादन गरेको...

नाला उग्रचण्डी भगवती मन्दिरका कलात्मक पांच तोरणहरु

नेपाली शैलीका मन्दिरलगायत विहार, पुराना दरबार, झ्याल ,द्यो छे आदि माथि राखिने अर्धचन्द्रकार या अर्धगोलाकार काठ या धातुको कलात्मक बस्तुलाई नै तोरण भनिन्छ।मन्दिरको भित्तामा टाँसिएको हुन्छ /मुनिको भाग पुरै टाँसिए पनि माथि गोलाकार भाग अलि अगाडी झुकिएको हुन्छ /यसलाई बिशेष किसिमको किल्ला र सिक्री प्रयोग...

नाला करुणामयको प्रवेश द्वार ( गेट )

नाला एक प्राचीन ऐतिहासिक नगर हो /यस नगर वरपर थुपै ऐतिहासिक बिषय बस्तुहरु भए तापनि तिनीहरुको अध्ययन अनुसन्धान हुनसकेका छैनन /धेरै अध्ययन अनुसन्धानहरु उपत्यका केन्द्रित मात्र हुदै आएको छ /नाला शहरमा नेपालका चार प्रशिध्द भगवती मध्य एक उग्रचण्डी नाला भगवती र त्यसै गरि नेपालका चार...