प्रमुख समाचार

राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्वसन्ध्यामा नेपाल आएका चिनियाँ विदेशमन्त्री


भदौ, काठमाडौं । नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुअघि नेपाली समकक्षी प्रदीप ज्ञवाली नेतृत्वको उच्चस्तरीय टोलीसँग द्विपक्षीय एजेण्डाका विषयमा छलफल गर्दैछन् ।

दुवै देशका परराष्ट्रमन्त्री नेतृत्वको टोलीबीच अपराह्न होटल याक एण्ड यतीमा यसअघि भएका सम्झौता र थाति सबै एजेण्डाहरूमाथि छलफल हुने परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताए । वार्तापछि केही समझदारीमा हस्ताक्षर समेत हुनेछ ।

राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्वसन्ध्यामा नेपाल आएका चिनियाँ विदेशमन्त्रीको चासो स्वभाविक रुपमा बीआरआईमा नेपालले गरेको प्रतिबद्धता अनुरूपको कार्य प्रगतिमै केन्द्रित छ । नेपालको तर्फबाट जति प्रगति हुनुपर्ने हो त्यो हुन नसकेकोमा चीनले चासो राखेको छ ।

यता, नेपालको चासो भने काठमाडौं–केरुङ रेलमार्गमा छ । रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चीनको सहयोग खोजिरहेको नेपालले सम्भवतः त्यसपछिको रेलमार्ग निर्माणको मोडालिटीमा पनि चीनको साथ खोजेको छ ।

चीनको सहयोगमा काठमाडौं–केरुङ रेलगर्माको पूर्व सम्भाव्यता (प्रि–फिजिबिलिटी) अध्ययन भइसकेको छ । चिनियाँ राष्ट्रपति स्वयंले यसअघि राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला रेलमार्गबारे सकारात्मक धारणा व्यक्त गरिसकेकाले यो वार्ताका क्रममा ती कुरामाथि समीक्षा हुने परराष्ट्र स्रोतले जनाएको छ ।

वाङसँग राष्ट्रपति र प्रधानमन्त्रीको भेटमा रेलमार्गको विषय उठ्ने प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए । विशेषतः काठमाडौं–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि नेपालले चीनको सहयोग पहिलो चरणमा खोजेको छ ।

चिनियाँ पक्षले भने बीआरआई र यसअघि नेपाल–चीनबीच भएका पारवहन सम्झौतामा नेपालको तर्फबाट भइरहेका कामप्रति चासो राखेको छ । राष्ट्रपति सीको भ्रमणपूर्व यी काममा प्रगति भएको चीनले हेर्न चाहेको छ ।

सोम, भदौ २३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत नियुक्त

चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत नियुक्त भएकी छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिङलाई सद्भावनादूत नियुक्त गरेका हुन्। नेपाली चेली भृकुटीले चिनियाँ नागरिक सम्राट श्रङचङसँग विवाह गरेको प्रसंग निकाल्दै मन्त्री भट्टराईले छिङलाई भाञ्जीको संज्ञा...

५ वडा कार्यालयमा आगजनीमा संलग्न रहेकाे आशंकामा ५ जनालाई प्रहरीले पक्राउ

२७ असाेज, हेटाैंडा । उत्तरी मकवानपुरकाे थाहा नगरपालिका-५ वडा कार्यालयमा भएकाे आगजनीमा संलग्न रहेकाे आशंकामा ५ जनालाई प्रहरीले पक्राउ गरेकाेे छ । सोमबार राति नगरपालिकाकाे आरनडाँडामा रहेकाेे कार्यालयमा आगजनीमा संलग्न रहेकाे भन्दै ५ जनालाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हाे । पक्राउ पर्नेकाे नाम सार्वजानिक गरेकाे...

नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किए

२६ असोज, काठमाडौं । नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किएका हुन् । राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई...

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउदै

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा सी शनिबार नेपाल भ्रमणमा आउन लागेका हुन् । भारत भ्रमणमा रहेका सी त्यतैबाट शनिबार अपराह्न ०४ः३०–०५ः३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

शरीर विज्ञान र  चिकित्सा विज्ञानका लागि नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई

२० असोज, स्टकहोम (एपी) । शरीर विज्ञान र  चिकित्सा विज्ञानका लागि यस वर्षको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ । शरीरका कोषहरुले कसरी अक्सिजनको तह अनुभूत गर्छन् र प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा गरेको खोजका लागि उनीहरुलाई पुरस्कृत गरिएको हो...

महरालाई आरोप लगाउने रोशनी शाही र उनका पति चित्रजंग शाहीबीच सम्बन्धबिच्छेद

निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई आफूमाथि बलात्कारको आरोप लगाउने रोशनी शाही र उनका पति चित्रजंग शाहीबीच सम्बन्धबिच्छेद गर्ने लिखित सहमति भएको छ। चित्रजंगले सम्बन्ध बिच्छेद गर्ने लिखित सहमति पत्र आफ्नो फेसबुकमा सेयर गरेका छन्। योसँगै उनीहरूको सम्बन्धबिच्छेद गर्ने कानुनी प्रक्रिया पनि अघि बढेको छ। ‘प्रिय जनहरू, थुप्रै...