खेलकुद

नेपाल ओलम्पिक कमिटीको चुनाव भदौ २८ गते हुने


नेपाल ओलम्पिक कमिटीको चुनाव भदौ २८ गते हुने भएको छ । यसअघि २० गते हुने भनिएको चुनाव अदालतको आदेशका कारण स्थगित भएको थियो । चुनाव सातदोबाटोमा रहेकाे कमिटीको कार्यालयमा बिहान आठ बजे सुरु हुने छ ।

यसअघि चुनाव स्थगित गर्न माग गर्दै ओलम्पिक कमिटीका कार्यसमिति सदस्य कमलबहादुर चित्रकारले दायर गरेको रीटमा आइतबार दुबै पक्षसँग छलफल गरी न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको थियो ।

यसअघि उक्त रिटमा भदौ १९ गते भएको सुनुवाईमा सर्वोच्चले चुनाव स्थगित गरी दुवै पक्षलाई २२ गतेका लागि छलफलमा बोलाएको थियो । सर्वोच्चको आदेशपछि भदौ २० गतेका लागि तोकिएको ओलम्पिक कमिटीको चुनाव स्थगित भएको थियो । आइतबार रीट निवेदनकर्ता र विपक्षी नेपाल ओलम्पिक कमिटी दुबै पक्षको कुरा सुनेपछि सर्वोच्चले चुनाव रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको हो ।

सर्वोच्चको आदेशपछि स्थगित ओलम्पिक कमिटीको चुनावका लागि नयाँ मिति तोकिएको हो । यसपटकको चुनावमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ अध्यक्षको प्रतिस्पर्धामा रहेका छन । कुल २७ भोटमा २६ जना पदाधिकारी चुनावमा होमिएका छन् ।

अन्तिम अपडेट: भदौ २६, २०७६

बिहि, भदौ २६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

टी-२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेट सहज जित हात पारे

११ साउन, काठमाडौं । टी-२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेट सहज जित हात पारेको छ । अब विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाल एक जित टाढा छ । आइतबार आयोजक सिंगापुरलाई हराए नेपाल एसिया फाइनलको शीर्ष स्थानमा रहनेछ र ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ...

विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित

असार, काठमाडौं । विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित भएको छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको हो । ३३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो । अब ४० ओभरमा पाकिस्तानले ३०२ रनको...

विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि अभ्यास खेल सुरु हुँदै

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि अभ्यास खेल सुरु हुँदैछन् । ३० तारिखदेखि शुरु हुने प्रतियोगिता अघि सबै टिमले अभ्यास खेल खेल्न लागेका हुन् । आज दिउँसो नेपाली समय अनुसार सवा ३ बजे २ वटा अभ्यास खेल हुनेछन् । ब्रिस्टेलमा पाकिस्तान र अफगानिस्तान बीच खेल हुनेछ ।...

दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो खेल मेला(साग)को प्रतिक र मस्टक सार्वजनिक

दक्षिण एसियाली राष्ट्रको सबै भन्दा ठूलो खेल मेला दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको प्रतिक र मस्टक सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा सोमबार एक कार्यक्रम आयोजना गर्दै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले १३ औं सागको मस्कर र लोगो सार्वजनिक गरे । १३...

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार विश्वकै सर्वाधिक विकेट लिने स्पिनर बने सन्दीप

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पार्दै...

प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने

काठमाडौं । प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा गर्ने मिति तय गरेको हो । यसअघि चैत महिनामै गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेर वैशाखमा पुगेको हो...