संस्कृति/धर्म

नालालाई शुरक्षा गरिरहेका अष्टमातृकाहरु पुन निर्माणमा वडाले बिशेष जोड दिनु पर्ने

-रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला,बनेपा-४,काभ्रे


विश्वमा रहेका मानवले आ आफ्नै जाति वा समुदायको आफ्नै धार्मिक साँस्कृतिक रहेका हुन्छन /मानवले सबै भन्दा पहिले प्राकृतिक पुजा गर्न सिके त्यस पछि मात्र मातृ शक्तिको पुजा तथा आराधाना गर्न सिके /यसै क्रममा अष्ट मातृकाको प्रार्दुभाव भएको हुनु पर्दछ / ऋग्बेदमा स्वर्ग लोकमा सुर्य ,अन्तरिक्ष लोकमा ईन्द्र र भूलोकमा अग्नि देवताका साथै मातृ शक्तिको पूजा तथा आराधना गरेका वर्णनहरु थुप्रै ठाउँमा पाइन्छ /पौराणिक ग्रन्थहरुमा मातृकाको उत्पतिका कथाहरु उल्लेख गरेको पाइन्छ /मत्स्य पुराणमा असुरहरुको वध गर्न मातृकाको उत्पति भएको देखिन्छ /काठमाडौँ उपत्यकालाई खड्ग आकारमा मानव बस्ती बसाली चारैतिरबाट देश शुरक्षा गर्न गुनकाम देवले कलिगत सम्बत ३८२५ मा अष्ट मातृका स्थापना गर्न लगाएको कुरा वंशावलीमा उल्लेख गरिएकोछ /यहि समयमा नै नाला देश (शहर)मा पनि अष्ट मातृका स्थापना भएको अनुमान गर्न सकिन्छ /

अष्ट मातृका देवीहरुको बिचमा रहनुभएकी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ ।यी अष्ट मातृकाको नेपाली जनजिवनमा अत्यन्त धेरै महत्व रहेको छ, जस्तै कि हाम्रो नेपाली  दौरा सुरुवालमा भएको आठवटा टुना यिनै अष्ट मातृकाको प्रतिकका रुपमा लिईन्छ/

सिन्दु घाँटी सभ्यता मापनि अष्ट मातृकालाइ उच्च स्थान दिएको पाइन्छ / उक्त सभ्यतामा उत्खनन गर्दा पाइएका सिक्काहरुमा अष्ट मातृका अंकित पाइएकाछन /

 

हिन्दु र बौध्द धर्मालम्बीहरूद्वारा समान रूपमा पुजिनेअष्ट मातृ देवी हुन् । तामाङ्ग भाषामा मम् ठकुरानी, मम् पुकोसिद्धि, नेवारमा अजिमा, छस्कामुनि, तिब्बती भाषामा पुकासिदीको नामले पुजिने यस देवीको अर्थ नेपाली भाषामा (मातृका/बज्यै ) हुन्छ।काठमाडौँमा निम्न स्थानहरुमा अष्ट मातृका पाइन्छन /

 

 

  • हारती अजिमा (स्वयम्भु, बौद्ध)
  • लुमडी अजिमा (भद्रकाली)
  • कंङ्ग अजिमा (कंकेश्वरी)
  • म्हेपी अजिमा (ज्ञानेश्वरी)
  • मैती अजिमा (मैतीदेवी)
  • तकती अजिमा (नीलबाराही)
  • नेतमरु अजिमा(नरदेवी)
  • लुती अजिमा (इन्द्रायणी)

पछिलो समयमा अझै केहि अजिमाहरु थपेको देखिन्छ /

ब्राह्मायणी, माहेश्वरी, कौमारी, वैेष्णवी(नारायणी), वाराही,चामुण्डा,काराही र इन्द्रायणी नालामा पुजा गर्दै आएका अष्ट मातृका देबिहरु हुन् /काठमाडौँमा चामुण्डाको सट्टा नरसिन्हीलाइ पनि मान्ने गरिन्छ  /  नालामा रहेका जति पनि अष्ट मातृकाका स्थानहरु छन तिनीहरुको यथाशिग्र संरक्षण गर्नु पर्ने र सम्बन्धित देवताको मुर्ति तथा मन्दिरहरु बनाउन   बनेपा न.पा.-४ ले बिशेष पहल गरि तत्काल निर्माण गर्नु पर्ने अत्यन्त जरुरी देखिन्छ /

 

शुक्र, भदौ २७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नालामा चाड पर्वमा सामुहिक राँगो काट्ने चलन हराउदै

ऐतिहासिक तथा प्राचीन नगरी उग्रचण्डी नालामा पहिले पहिले हरेक चाडपर्वमा टोलै पिच्छे सानो वा ठुलो राँगो काट्ने चलन थियो /हिजो आज मासु पसल खुले पछि बिस्तारै हराउँदै गैरहेको छ /शुध्द ,स्वस्थ र सफा राँगोको मासु साँच्चिकै खाने हो भने यो नै हाम्रा पुर्खाले प्रतिपादन गरेको...

नाला उग्रचण्डी भगवती मन्दिरका कलात्मक पांच तोरणहरु

नेपाली शैलीका मन्दिरलगायत विहार, पुराना दरबार, झ्याल ,द्यो छे आदि माथि राखिने अर्धचन्द्रकार या अर्धगोलाकार काठ या धातुको कलात्मक बस्तुलाई नै तोरण भनिन्छ।मन्दिरको भित्तामा टाँसिएको हुन्छ /मुनिको भाग पुरै टाँसिए पनि माथि गोलाकार भाग अलि अगाडी झुकिएको हुन्छ /यसलाई बिशेष किसिमको किल्ला र सिक्री प्रयोग...

नाला करुणामयको प्रवेश द्वार ( गेट )

नाला एक प्राचीन ऐतिहासिक नगर हो /यस नगर वरपर थुपै ऐतिहासिक बिषय बस्तुहरु भए तापनि तिनीहरुको अध्ययन अनुसन्धान हुनसकेका छैनन /धेरै अध्ययन अनुसन्धानहरु उपत्यका केन्द्रित मात्र हुदै आएको छ /नाला शहरमा नेपालका चार प्रशिध्द भगवती मध्य एक उग्रचण्डी नाला भगवती र त्यसै गरि नेपालका चार...

उग्रचण्डी नाला आफैमा एक खुल्ला संग्राहालय भए पनि संग्रहालय खोल्नु पर्ने

उग्रचण्डी नाला आफैमा एउटा सांस्कृतिक,प्राकृतिक र प्राचिन मानवको खुल्ला संग्रहालय हो / यस संग्रहालयमा मानव सभ्यताको राम्ररी अध्ययन गर्न सकिन्छ / यहाँ मल्ल कालिन अवशेष मात्र केही मात्रामा बाँकी छ भन्ने प्राचिन र किराँत कालिन अवशेष कथामा मात्र सुन्न सकिन्छ /ढुंगे युगको हातियारहरु यस क्षेत्रमा...

नाला भगवती मन्दिर अगाडिको शिला स्तम्भहरु मुनि रहेका ढुंगाका तीन कछुवाहरु

कछुवा पृथ्वीमा रहेका जीव हरु मध्य बढी बाँच्ने जीव मान्दै आएको छ / यो जीवलाई घस्रेर हिड्ने जीव अथवा सरीसृप बर्गमा राखिएको छ / यो जीव चिसो रगत भएको जीव हो / भनिन्छ हात्तीले कुल्चे पनि केही हुदैन /यस जीवको शुरक्षा भन्नु नै यस जीवको...

जनैपूर्णिमाका केही झलकहरु

आज श्रावण शुल्क पूर्णिमा अर्थात जनै पूर्णिमा । यस दिनलाई रक्षाबन्धन र ऋषि तर्पणी पर्व पनि भन्ने गरिन्छ । यस हिन्दू धर्माबलम्बीहरुको तागाधारी समुदायले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई...