प्रमुख समाचार

गोलढुंगामा प्रहरीले गोली हानी पक्राउ गरे साजन गुरुङलाई


२७ भदौ, काठमाडौं । काठमाडौंको गोलढुंगामा प्रहरीले गोली हानी पक्राउ गरेको साजन गुरुङ उर्फ नजोक गुण्डा नाइके समिरमान सिंह बस्न्यातको सहयोगी भएको खुलेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एक अधिकृतका अनुसार साजनले समिरको समूहमा दोस्रो तहको सदस्यको रुपमा काम गर्ने गरेका थिए । बस्न्यात अहिले केन्द्रीय कारागार सुन्धारामा छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २३ असोज ०७४ मा बानेश्वरको खरिबोटमा गोली हानी हत्या गरिएको घटनाका उनी मुख्य योजनाकार हुन् । अनुसन्धानपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंसिर दोस्रो साता उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।

तर, जेलभित्रैबाट पनि उनले फिरौती असूलीको धन्दा चलाइरहेको प्रहरी अधिकृतले बताउने गरेका छन् । उनलाई बाहिर रहेका समूहका सदस्यले सहयोग गर्ने गरेको प्रहरी दाबी छ ।

बस्न्यातलाई नै सहयोग गरेको आरोपमा प्रहरीले गृहमन्त्री रामबहादुर थापा बादलका भाइ नरेशलाई पनि पक्राउ गरेको थियो । समिरमानको निर्देशनमा फिरौती असुलीमा संलग्न भएको हुनसक्ने आशंकामा पवन खड्का र सुरेन नगरकोटीलाई साउन अन्तिम साता पक्राउ गरेसँगै नरेशको संलग्नता खुलेको थियो ।

घटनापछि अनुसन्धान अधिकृतले बस्न्यात समूहमाथि कडा निगरानी राख्न थालेका छन् ।

को हुन् गुरुङ ?

गुरुङ धादिङका वासिन्दा हुन् । उनले निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको थियो ।

उनले प्रहरी अधिकृतलाई पनि धम्क्याउने गरेका थिए । स्रोतका अनुसार एक उच्च प्रहरी अधिकृतलाई हत्या गर्छु भनेर गुरूङले भनेको अडियो प्रहरी प्रधान कार्यालयसम्म पनि पुगेको थियो ।

शुक्र, भदौ २७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

ढुक्क हुनुहोस् मंसिरदेखि रेल गुड्छ

धनुषा – जनकपुर–जयनगर रेल चल्ने कुरा हुन थालेको धेरै भयो । तर रेल चल्छ कि चल्दैन, चल्यो भने कहिलेदेखि चल्छ भन्ने यकिन हुन नसक्दा आशाभन्दा बढी निराशा छाउन थालेको छ । ‘रेल चल्ने कुरा हात्ती आयो हात्ती आयो फुस्सा भन्ने उखान जस्तै भयो । झण्डै डेढ...

समिट होटलको ३९ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न

हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन यस समिट होटलको ३९ औ बार्षिक उत्सब मा समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ५७  र महिला १४  गरि जम्मा ७१ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा पुरष तर्फ़ प्रथम बुद्ध घिसिंग, (१५.६) दोस्रो बाबुराम राई,(१६.६) तेस्रो मनोज...

नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त

२६ भदौ, काठमाडौं । प्रतिवन्धित नेकपा समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त गरेको छ । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशलाई पनि प्रहरीले पक्राउ गरेको थियो । अस्पतालभित्र हुलहुज्जत गर्न खोजेको भन्दै प्रकाशसहित एक दर्जन बढी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको...

राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्वसन्ध्यामा नेपाल आएका चिनियाँ विदेशमन्त्री

भदौ, काठमाडौं । नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुअघि नेपाली समकक्षी प्रदीप ज्ञवाली नेतृत्वको उच्चस्तरीय टोलीसँग द्विपक्षीय एजेण्डाका विषयमा छलफल गर्दैछन् । दुवै देशका परराष्ट्रमन्त्री नेतृत्वको टोलीबीच अपराह्न होटल याक एण्ड यतीमा यसअघि भएका सम्झौता र थाति सबै...

सेनाले पाँच महिनामै ८ सय ६९ घर बनाएर हस्तान्तरण गरे

काठमाण्डौ – बारा र पर्सामा हावाहुरी र असिनापानीबाट पीडित परिवारले पाँच महिनामै सरकारले बनाएको घर पाएका छन् । नेपाली सेनाले बनाएको घर बुधबार हस्तान्तरण गरिएको हो । छोटो अवधिमै सरकारनिर्मित घर पाएपछि पीडित खुशी भएका छन् । उनीहरुले सरकार र नेपाली सेनालाई धन्यवाद दिएका छन्...

ऋषिपञ्चमी आज नेपालीनारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी मनाउँदै

भदौ, काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी सवा सात बजेपछि नजिकको नदी, खोला, ताल, तलैया र...