साहित्य गतिबिधि

गोंगबु साहित्य समाजका सचिब तारा केसीलाई इडन ब्रिज एकेडमी बाल साहित्य सम्मान


इडन ब्रिज एकेडेमीले काभ्रेपलाञ्चोक पनौतीकी कवि तथा कथाकार तारा केसीलाई इडन ब्रिज एकेडमी बाल साहित्य सम्मान प्रदान गरेको छ । नेपाली साहित्यमा ओझेलमा परेको बाल साहित्यको उत्थान र विकासमा पुयाएको योगदानको कदर गर्दै एकेडेमीले कवि तथा कथाकार केसीलाई दोसल्ला ओढाएर सम्मानपत्रका साथमा नगद तीन हजार सहित सम्मान गरेको हो । ‘तारापुञ्ज’ कविता संग्रह २०६७, ‘फूलबारी’ बाल कविता संग्रह २०७०, फिन्को र स्टोरी बाल कथा संग्रह २०७४ लगायतका आधा दर्जन बढि साहित्यीक कृति पाठकमाझ ल्याएर बालशुलभ साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप केसीलाई सम्मान गरिएको एकेडेमीले जनाएको छ । केसी लिलाध्वज साहित्य प्रतिष्ठानद्धारा आयोजित कविता प्रतियोगीता २०७३ मा उत्कृष्ट कविता पुरस्कार, वसन्त काव्य पुरस्कार २०७५ लगायतबाट पुरस्कृत तथा सम्मानित भइसकेकी छन् ।

यस्तै, कथाकार श्रीराम राईले इडन ब्रिज एकेडेमी बाल साहित्य/पत्रकारिता सम्मान पाएका छन् । बाल साहित्य लेखन र बाल पत्रकारिताको माध्यमबाट नेपाली साहित्यको बृद्धिमा पु-याएको योगदानको कदर स्वरुप काठ्माडौं टोखा नगरपालिका–४ धापासीस्थित इडन ब्रिज एकेडेमीले बाल दिवसको अवसरमा राईलाई इडन ब्रिज एकेडेमी बाल साहित्य/पत्रकारिता सम्मान प्रदान गरेको हो ।
हाल साहित्य लेखन र पत्रकारितामा क्रियाशिल राईलाई आइतबार टोखा नगरपालिका–४ धापासीका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले दोसल्ला ओढाएर सम्मानपत्रका साथमा नगद तीन हजार प्रदान गरेका छन् । १० वर्षे शिक्षण पेशा छाडेर काठ्माडौं छिरेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका राईको बालकथा संग्रह ‘टोली नेता’ २०७५, ‘आजका लघुकथा संयुक्त लेखन’ २०७४ लगायतका कृति प्रकाशित छन् । बिशेषगरी बालकथामा दख्खल राख्ने राई लघुकथा, हाईकु, मुक्तक, गजल र कवितामा पनि उत्तिकै शसक्त छन् ।

सोम, भदौ ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु भएको छ । यही आन्दोलनको क्रममा मंगलबार काठमाडौंको गोङ्गबु चोकमा कवि र सर्जकहरुले कविता वाचन गरेका छन् । कार्यक्रममा युवा साहित्यकार रसुवाली कवि, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य बीपी विद्रोही,...

पनौती विशेष कवि गोष्ठी

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा पनौती नगरपालिकाको आयोजना र साहित्यकार खेलकुद समाजको सहकार्यमा आयोजित “पनौती विशेष कवि गोष्ठी” सम्पन्न भएको छ। पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ कबि तथा सस्कृतिबिद तुलसी दिबशको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रम पनौती नगर पालिकाको रमणीय स्थान...

सिमानाको बिषयमा कविता प्रतियोगिता

सिर्जनशील नेपालले  राजधानीमा एक कविता प्रतियोगिता गरेको छ । सिमानाको बिषयमा भएको कविता प्रतियोगितामा तार्केस्वर नगर पालिकाका बिभिन्न विद्यालय समाबेस भएका थिए । कार्यक्रम आयोजक सिर्जनशील नेपालका अध्यक्ष सुशील अचार्यका अनुसार कार्यक्रम भब्य रूपमा भएको छ । जस्को निर्णायकमा साहित्यकारहरु रसुवाली कवि ;रुपक अधिकारी र...

नेपालको साहित्यिक इतिहासमा पहिलो रेकर्ड

आधुनिक साहित्य परिषद को आयोजनामा नेपालमा पहिलो चोटी ६३ वटा कृतिको बिमोचन भएकोछ / गौरी पब्लिलिक रिलेशन ले हालै दिल्ली रमण पुस्तकालयमा मंशिर १,२,र ३ गते भएको बाल साहित्य महा उत्सबमा बाल साहित्यको पुस्तकहरु बिमोचन गरेका थिए / उक्त कार्यक्रमको प्रमुख अतिथि डा शैलेन्दु प्रकाश...

व्यथित सिन्धु प्रतिभा सम्मान अर्पण कार्यक्रम सम्पन्न।

व्यथित सिन्धु प्रतिभा सम्मान कोषले २०७६ सालको व्यथित सिन्धु प्रतिभा सम्मानबाट जनकवि श्री दुर्गालाल श्रेष्ठ र सिन्धु प्रतिभा सम्मान कवि श्री रामेश्वर राउत मात्रिदासलाई प्रदान गरेको छ। आज साहित्य सदन नेपाल, का. म. न. पा. ६, वौध्द काठमाडौमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपति माननीय श्री...

हाइकु सङ्ग्रह ‘सम्बन्ध सूत्र’ सार्वजनिक

काठमाडौं / नेपाली साहित्यमा सबैभन्दा छोटो सिमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरि तीन हरफमा जम्मा १७ अक्षरमा लेखिने वातावरण अनि रितुबोधक, प्राकृतिक विषयका साथै जीवन र जगतका कुराहरू समेटिने शव्द रहेको जापानी शैलीको लधुतम् विद्यामा लेखिने हाइकुमा शास्त्रीय सिद्धान्त र जीवन...