संस्कृति/धर्म

नाला करुणामयको प्रवेश द्वार ( गेट )

-रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला,बनेपा-४,काभ्रे


नाला एक प्राचीन ऐतिहासिक नगर हो /यस नगर वरपर थुपै ऐतिहासिक बिषय बस्तुहरु भए तापनि तिनीहरुको अध्ययन अनुसन्धान हुनसकेका छैनन /धेरै अध्ययन अनुसन्धानहरु उपत्यका केन्द्रित मात्र हुदै आएको छ /नाला शहरमा नेपालका चार प्रशिध्द भगवती मध्य एक उग्रचण्डी नाला भगवती र त्यसै गरि नेपालका चार प्रशिध्द करुणामय मध्य एक शृष्टि कान्त लोकेस्वर करुणामय रहेकाछन /

शृष्टि कान्त लोकेस्वर करुणामय मन्दिरमा रहेको  प्रवेश द्वारको यहाँ चर्चा गर्दछौ /नाला करुणामयलाई पर्खालले घेरिएर रहेको छ / मन्दिरको दाँया बायाँ कलात्मक शतलहरु छन् भने मन्दिरको अगाडी र पछाडी पर्खालले घेरिएर रहेकाछन / मन्दिरको बाँयातिर स्थानीयको केही घरहरु पनि पर्खालसंग जोडिएर रहेकाछन / मन्दिरको अगाडी केही खुल्ला स्थान र एउटा सानो पोखरीलाइ ठाउं राखी पर्खाल लगाएको छ भने पछाडीतिर झन्डै ८-१० हात पर पर्खाल लगाएका छन /

पर्खालको उचाइ झन्डै ८-९ फिटको र मोटाइ २४ इन्च भन्दा बढी रहेको छ / अगाडिको पर्खालको बिचमा एक कलात्मक प्रवेश द्वार रहेको छ भने पछाडिको पर्खालको कुनामा सानो द्वार बनाएका छन  /दुवै द्वारमा फलामको खापाद्वारा जोडिएका छन् /

यसको निर्माण इँटा र सिमेन्ट प्रयोग गरेका छन् / बि.सं.२०३१ सालमा यसको निर्माण भएको हो /

?

काठमाण्डौ महाबौध्द निवासी स्व.जोगमान ताम्राकारको स्मृतिमा वृष मान ताम्राकारले बनाउन लगाएका हुन् / अगाडिको पर्खालको प्रवेश द्वार माथि एक सानो चैत्य पनि राखिएको छ / चैत्य मुनि सिमेन्ट कै सानो छाना रहेको छ / अष्ट मंगलका चिन्हहरु रहेका छन /द्वारको दाँया बाँया एक जोडी अष्ट मंगल कलश हरु ,एक जोडी आँखाहरु ,एक जोडी सुगाहरु ,चन्द्र र सुर्य रहेकाछन /

अगाडी प्रवेश द्वारको पछाडिको भागमा सबै भन्दा माथि कलात्मक सिमेंतद्वारा बनाएको छेपू रहेको छ /छेपुको दाँया र बाँया दुइ वटा ड्राइगन रहेका छन /द्वारको दाँया र बाँया भित्र पट्टि भागमा केही भक्तहरुको ढुंगाको हात जोडिएर रहेका ससाना मुर्तिहरु छन /सायद दाताका परिवारको मुर्तिहरु हुनु पर्दछ /

द्वारको फलामको खापा पछाडी एउटा शिलापत्र पनि रहेको छ /यस मन्दिरको यो पर्खाल बि.सं.२०३१ साल भन्दा अगाडी कस्तो थियो भन्ने कुनै अवशेस रहेको छैन /यो भन्दा अगाडी के कस्तो थियो यसको अध्ययन बाँकी नै छ /हामीहरु नयाँ बनाए पछि पुरानोलाई बिर्सने बानी परेको छ वास्तबमा जिर्णोद्वार पछाडी पुरानो अवशेष लाइ एउटा संग्राहलय बनाइ राख्नु बुध्दिमान देखिन्छ /

 

 

 

 

 

बुध, अशोज १, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नालामा चाड पर्वमा सामुहिक राँगो काट्ने चलन हराउदै

ऐतिहासिक तथा प्राचीन नगरी उग्रचण्डी नालामा पहिले पहिले हरेक चाडपर्वमा टोलै पिच्छे सानो वा ठुलो राँगो काट्ने चलन थियो /हिजो आज मासु पसल खुले पछि बिस्तारै हराउँदै गैरहेको छ /शुध्द ,स्वस्थ र सफा राँगोको मासु साँच्चिकै खाने हो भने यो नै हाम्रा पुर्खाले प्रतिपादन गरेको...

नाला उग्रचण्डी भगवती मन्दिरका कलात्मक पांच तोरणहरु

नेपाली शैलीका मन्दिरलगायत विहार, पुराना दरबार, झ्याल ,द्यो छे आदि माथि राखिने अर्धचन्द्रकार या अर्धगोलाकार काठ या धातुको कलात्मक बस्तुलाई नै तोरण भनिन्छ।मन्दिरको भित्तामा टाँसिएको हुन्छ /मुनिको भाग पुरै टाँसिए पनि माथि गोलाकार भाग अलि अगाडी झुकिएको हुन्छ /यसलाई बिशेष किसिमको किल्ला र सिक्री प्रयोग...

नालालाई शुरक्षा गरिरहेका अष्टमातृकाहरु पुन निर्माणमा वडाले बिशेष जोड दिनु पर्ने

विश्वमा रहेका मानवले आ आफ्नै जाति वा समुदायको आफ्नै धार्मिक साँस्कृतिक रहेका हुन्छन /मानवले सबै भन्दा पहिले प्राकृतिक पुजा गर्न सिके त्यस पछि मात्र मातृ शक्तिको पुजा तथा आराधाना गर्न सिके /यसै क्रममा अष्ट मातृकाको प्रार्दुभाव भएको हुनु पर्दछ / ऋग्बेदमा स्वर्ग लोकमा सुर्य ,अन्तरिक्ष...

उग्रचण्डी नाला आफैमा एक खुल्ला संग्राहालय भए पनि संग्रहालय खोल्नु पर्ने

उग्रचण्डी नाला आफैमा एउटा सांस्कृतिक,प्राकृतिक र प्राचिन मानवको खुल्ला संग्रहालय हो / यस संग्रहालयमा मानव सभ्यताको राम्ररी अध्ययन गर्न सकिन्छ / यहाँ मल्ल कालिन अवशेष मात्र केही मात्रामा बाँकी छ भन्ने प्राचिन र किराँत कालिन अवशेष कथामा मात्र सुन्न सकिन्छ /ढुंगे युगको हातियारहरु यस क्षेत्रमा...

नाला भगवती मन्दिर अगाडिको शिला स्तम्भहरु मुनि रहेका ढुंगाका तीन कछुवाहरु

कछुवा पृथ्वीमा रहेका जीव हरु मध्य बढी बाँच्ने जीव मान्दै आएको छ / यो जीवलाई घस्रेर हिड्ने जीव अथवा सरीसृप बर्गमा राखिएको छ / यो जीव चिसो रगत भएको जीव हो / भनिन्छ हात्तीले कुल्चे पनि केही हुदैन /यस जीवको शुरक्षा भन्नु नै यस जीवको...

जनैपूर्णिमाका केही झलकहरु

आज श्रावण शुल्क पूर्णिमा अर्थात जनै पूर्णिमा । यस दिनलाई रक्षाबन्धन र ऋषि तर्पणी पर्व पनि भन्ने गरिन्छ । यस हिन्दू धर्माबलम्बीहरुको तागाधारी समुदायले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई...