उर्जा

नेपाल आयल निगमले खाना पकाउले ग्यास (एलपिजी) पनि पाइपबाटै ल्याउने योजना


नेपाल आयल निगमले खाना पकाउले ग्यास (एलपिजी) पनि पाइपबाटै ल्याउने योजना बनाएको छ। रक्सौल बोर्डरदेखि चितवनको लोथरसम्म ग्यासको पाइप बिच्छ्याउने योजना रहेकाे निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए।

निर्देशक पौडेलका अनुसार बोर्डरदेखि चितवनको लोथरसम्म ९८ किलोमिटर रूटमा ग्यासको पाइप विछ्याउने योजना अघि बढाइएको छ। पाइपलाइनको सर्भे गर्न इण्डियन आयल कर्पोरेसनले एमएस एसोसियसनलाई जिम्मा दिएको छ।

निगमको आग्रहमा इण्डियन आयल कर्पोरेसनले पाइपलाइनको सर्भे गरेको हो।

पौडेलका अनुसार गत बुधबारदेखि एमएस एसोसिएसनलाई सात चरणको अध्ययन गर्ने जिम्मेवारी दिइएको छ। बोर्डरदेखि चितवनको लोथरसम्म करिब ९८ किलोमिटर दुरीमध्ये हालसम्म ९७ किलोमिटरमा पाइपलाइनको रेखाङ्कन गर्ने काम सकिएको छ।

‘त्यस क्षेत्रमा जनसंख्याको घनत्व र माटोको परीक्षण गर्ने काम सकिएको छ। साढे ६७ किलोमिटरमा निगमले विस्तृत इन्जिनियरिङको सर्भे पुरा गरेको छ’, निर्देशक पौडेलले भने।

निगमले लोथरमा खरिद गरेको २४ बिघा ९ कट्ठा जग्गामा ग्यासका लागि ४० हजार मेट्रिक टनको भण्डारण गृह निर्माण गरिरहेको छ। बोर्डरबाट चितवनको लोथरसम्म ल्याइएको ग्यासको पाइप उक्त ग्यास भण्डारण गृहमा जोडिने छ।

भारतको हल्दियाबाट मुज्जफरपुरसम्म अहिले ग्यास पाइपलाइनको विस्तार गर्ने काम भइरहेको छ। यो पाइपलाइन मोतिहारीबाट रक्सौलको बोर्डरसम्म आएपछि यसमै लोथरको पाइपलाइन जोडिने निगमले जानकारी दिएको छ।

विस्तृत इन्जिनियरिङ सर्भेपछि पाइपलाइनको लागत खर्च निकालिने छ। निगमका अनुसार ग्यासको पाइपलाइन विछ्याउन आइओसीलाई आग्रह गरिएको छ।

अमलेखगञ्ज–लोथर पाइपलाइन विस्तारले प्रदेश २ र ३ का स्थानीयलाई पेट्रोलियम आपूर्तिमा सहज हुने निगमको विश्वास छ।

यो बाहेक निगमले पेट्रोल पाइपलाइनको पनि अध्ययन गरिरहेको छ। त्यस्तै, अमलेखगञ्जसम्म ल्याइएको तेलको पाइप निगमले चितवनको लोथरसम्म जोड्न सर्भे गरिरहेको छ।

बुध, अशोज १, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपालमा बढी भएपछि पहिलोपटक १५० मेगावाट बिजुली भारत निर्यात

काठमाडौं । नेपालले तल्कालका लागि बिजुली भारत निर्यात गरेको छ। लगातरको वर्षाका कारण कुलेखानी जलाशययुक्त अयोजना भरिएको र तराईमा बाढीका कारण बिजुली आपूर्ति अवरोध भएपछि बढी भएको भारत निर्यात गरिएको हो । विगत तीन दिनयता दैनिक एक सय ५० बिजुली निर्यात गरिएको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए...

पेट्रोलियम मिथेन ग्यासको उत्खननका लागि सरकार तयार भए

पेट्रोलियम मिथेन ग्यासको उत्खनन आगामी वैशाख तेस्रो हप्तादेखि गरिने भएको छ । चीनकोतर्फबाट चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच बेइजिङमा सम्झौता भएपछि उक्त पेट्रोलियम मिथेन ग्यासको उत्खननका लागि सरकार तयार भएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको...

चीनसित मिलेर नेपालले खानीहरुको अनुसन्धान गर्दै

काठमाडौँ । नेपालमा पेट्रोलियम खानीको धेरै सम्भावना छ तर त्यसको अनुसन्धान र प्रयोग हुन सकिरहेको छैन । तर यसपटक चीनसित मिलेर नेपालले ती खानीहरुको अनुसन्धान गर्दैछ । नेपालमा रहेका त्यस्ता पेट्रोलियम खानीहरुको विस्तृत अन्वेषण गर्न नेपाली र चिनियाँ प्रतिनिधिले बिहिबार चीनको बेइजिङमा ‘पेट्रोलियम खानी अन्वेषण...

विद्युत् चुहावट १० प्रतिशत घट्यो –कुलमानले प्राधिकरण सम्हालेपछि

 काठमाडौं । चालु आर्थिक वर्ष २०७५/७६को पहिलो पाँच महिनामा १० प्रतिशत विद्युत चुहावट घटाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । २५.७८ प्रतिशतबाट १५.४५ प्रतिशतमा चुहावट झार्न सफल भएको प्राधिकरणको दावी छ । कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा...

निगमले म्याच फिक्सिङ नगरेसम्म इन्द्रेको बाउ चन्द्रेले पनि केही गर्न सक्दैन –लिलेन्द्र प्रधान

मंसिर, काठमाडौं । नेपाल आयल निगमले नियमित अनुगमन गरेको र आधुनिक प्रविधि प्रयोग गरेको भनिए पनि ट्यांकरबाट तेल चोरी हुने र पेट्रोल पम्पहरुबाट कम परिमाणमा तेल बिक्री गरेर उपभोक्तालाई ठग्ने क्रम रोकिएको छैन । आयल निगमका लागि इन्धन ढुवानी गर्ने ट्यांकरहरुको तेल बीच बाटोमै चोरी...

नेपाल-भारत पेट्रोलियम पाइपलाइनको काम तीब्र गतिमा

वीरगञ्ज । नेपाल-भारत पेट्रोलियम पाइपलाइनको काम तीब्र गतिमा भइरहेको छ ।   मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम परियोजना अन्तर्गत रक्सौलदेखि अमलेखगञ्जसम्म १६ किलेामिटर खण्डमा पाइप गाड्ने काम सम्पन्न भइसकेको छ । परियोजना अन्तर्गत रक्सौलबोर्डरदेखि अमलेखगञ्जसम्म ३६.२ किलो मिटर र मोतिहारीदेखि रक्सौल बोर्डरसम्म ३३.७ किलोमिटर पाइप विछ्याउनुपर्ने हुन्छ । १५ महिनामा सक्ने लक्ष्यका...