अर्थ

के गोंगबु विकृतिको केन्द्र बन्दै छ ?

-रत्नप्रसाद अनामणि श्रेष्ठ


श्रोतका अनुसार यसरी देहव्यापारमा लाग्नेहरु १५ देखि ४० वर्षसम्मका महिलाहरु रहेको पाइएको छ ।

होटेलवालासितको सम्पर्कको आधारमा ती महिलाहरु यस्तो कार्यमा लाग्छन् ।

काठमाडौंको टोखा नगरपालिकामा भौतिक विकास निमाणको काम तिब्रगतिमा भइरहेको छ । हरेक ठाउँमा राम्रो कामको विकास जुन गतिमा बढीरहेको हुन्छ, त्यहाँ नराम्रो कामले पनि त्यत्तिकै गति लिइरहेको हुन्छ । यहाँ साँस्कृतिक सम्पदा विकास र संरक्षणको काम गर्ने संघ संस्थाहरु पनि खुलिरहेका छन् तर यही ठाउँमा समाजले पचाउन नसकिने गलत धन्दापनि विकास भइरहेको पाइएको छ ।

जुन गतिमा विकृतिजन्य कामहरु भइरहेका छन् तर त्यसलाई नियन्त्रण गर्ने काममा सम्बन्धित निकायले खासै ध्यान दिएको पाइएको छैन । सानातिना कार्यक्रमहरुमा रिबन काट्ने गरेको त देखिन्छ तर विकृति रोक्ने काममा खासै ध्यान नदिनु विडम्बना हो । यता नगरको ९ र १० वडा जो नगरको आर्थिक श्रोतको मुख्य केन्द्र हो त्यहाँका स्थानीय जनप्रतिनिधिहरुले जनताको काममा ध्यान नदिएको गुनासो आएको छ ।

टोखा नगरपालिकाको नयाँ बसपार्क र गोंगबु क्षेत्रतिर जोडिएको स्थानतिर आजभोली अलि समाजमा अपाच्य गतिविधिहरु बढेको भन्ने रिपोर्टहरु आइरहेका छन् । सुन्नमा आए अनुसार यो क्षेत्रमा ३ किसिमका गोप्य धन्दाहरु चलिरहेको पाइएको छ ।

१ ) होटेलहमा यौन व्यवसाय

२) औषधी पसलहरुमा लागुऔषध विक्रिवितरण

३) साना ठूला अपराधिहरु लुक्ने र योजना बनाउने ठाउँकोरुपमा विकास ।

होटेलहरुमा यौनव्यवसायः टोखा नगरपालिका देशकै सबैभन्दा ठूलो बसपार्कसँगै जाडिएको यहाँका ९ र १० नम्बर वडामा साना तथा ठूला होटेलहरु सञ्चालनमा छन् । यता नगरपालिकाको माथिल्लो भाग झोर, साङ्ला लगायतकास्थानहरुमा पनि होटेलहरु खुल्नेक्रम जारी नै छ । नयाँ बसपार्क र गोंगबु वरपरका होटेलहरुमा होटेलका कोठाहरु घण्टे भाडामा लगाउने गरेको पाइएको छ ।

यसरी कोठाहरु घण्टेभाडामा दिएर ती होटेलहरुमा यौनधन्दा चलाएकोपनि सुन्नमा आएको छ । यहँका केही होटेल व्यवसायीहरु यसरी सेटिङ मिलाएर होटेलहरुमा घण्टाको हिसावले यौनधन्दा गराउन सकेमा पैसा कमाउन सकिने भनाइ रहेको छ । स्थानीयहरुका अनुसार गोंगबु क्षेत्र वरपर एउटा यस्तो सञ्जाल बनेको छ जसले ग्राहककोलागि युवती आपूर्ती गर्नेगर्छ । नयाँ होटेल खुलेको थाहा पाएभने सो सञ्जालका मान्छेहरु ती होटेल मालिकहरुकोमा पुगेर आफ्नो फोन नम्बर दिन्छन् र केटी चाहिएमा सम्पर्क गर्न भन्छन् ।

यो व्यवसाय हाल यतिसम्म फस्टाएको छ की, मानिसहरु होटेलमा खान र बस्न आएभने होटेलवालाहरु ग्राहकलाई ‘बासमात्र बस्ने की साथ पनि चाहिने हो’ ? भनेर सोध्छन् । ग्राहकहरु कुरा नबुझेर अन्कनाए भने होटेलवाला थप्छन्, ‘बास बसेर त हेर्नुस जस्तो भन्यो त्यस्तै पाइन्छ ।’ सो क्षेत्रमा मोटर मर्मत गर्ने ग्यारेजहरुमा काम गर्ने केही कामदारहरुका अनुसार प्रहरीले त्यस्तो कार्यमा संलग्नहरुलाई रंगेहात समाएपनि तत्काल छोडिहाल्छन् । त्यो त प्रहरीको देखाउने काम मत्र भएको छ ।

स्थानीयहरुको भनाइ हनुसार केही होटेलवालाहरु त गाउँबाट सहर आएका सोझा गाउँलेहरुको पैसा लुट्न पनि पल्केका छन् । होटेलवालाहरु गाउँलेसँगै रक्सी खान बस्नेअनि उनीहरुको नाममा धेरै बिल देखाएर पैसा असुल्ने र पैसा नदिएका कुटपटि गर्ने गरेको पनि पाइएको छ ।

श्रोतका अनुसार यसरी देहव्यापारमा लाग्नेहरु १५ देखि ४० वर्षसम्मका महिलाहरु रहेको पाइएको छ । होटेलवालासितको सम्पर्कको आधारमा ती महिलाहरु यस्तो कार्यमा लाग्छन् । आर्थिक अवस्था कमजोर भएका कारण ती महिलाहरु विहेको लगत्तैपछि पनि यौनव्यवसायमा लागेकोपनि पाइएको छ । यस्ता महिलाहरु श्रीमानसित सम्बन्ध राम्रो हुँदासम्म बस्ने र श्रीमानसित सम्बन्ध बिग्रिन थाल्यो भने झगडा गरेर यस्तो काममा पेशेवर नै भएर लाग्ने गरेकोपनि पाइएको छ ।

हिजो आज त अश्लील नामबाट फेसबुक एकाउन्ट खोल्ने र त्यसमा टोखानगरको नाम जोड्ने गरेको पनि पाइएको छ । यसैस्थानमा रिचार्ज कार्डमा ठगी गर्ने, फ्रिज, टेलिभिजनदेखि सुनको सिक्री तथा औंठीहरुको उपहार आदन प्रदान गर्ने गरेको पनि पाइएको छ ।

यस्तो कार्यमा स्थानीय व्यवसायी,मजदूर,विभिन्न संघसंस्थामा कामगर्ने जागिरेहरु लाग्ने गरेको एक अध्ययनले देखाएको छ । साथै कलाक्षेत्रमा काम गर्ने केही मान्छेहरु र केही समयकोलागि काठमाडौं आउनेहरु यस्तो कार्यमा लागेको पनि पाइएको छ । यी र यस्ता कार्यले टोखानगरलाई कस्तो संस्कारतिर डोर्याइरहेको छ ? प्रश्न उठेको छ । यी र यस्तै गतिविधिहरु बढ्दै गएभने भोली हाम्रै आफन्तहरुलाई हामीले नै त्यस्तो हालतमा देख्न पर्योभने समाज र परिवारको हालत कस्तो होला ?

उता नयाँबसपार्क वरपरका धेरै होटेलहरुमापनि यस्ता कार्यहरु भइरहेका रिपोर्ट पनि आउने गरेका छन् । खासगरी नयाँबसपार्क र मित्रनगर वरपर त परिवारका सदस्यहरुसित होटेलमा बस्नै नसक्ने वातावरण छ भन्नेपनि सुनिएको छ । यस्ता कार्यलाई तत्काल नियन्त्रण गर्नुपर्छ । सो क्षेत्रका जनप्रतिनिधि तथा वडा कार्यालयबाट यस्तो कार्यलाई निरुत्साहित गर्ने योजना तत्काल बन्नु पर्छ । नत्र हाम्रा स्थानीय सरकारहरुले कस्तो कुराको विकास गर्न खोजेका हुन भनेर प्रश्न उठ्ने बेला भइसकेको छ ।

गोंगबु टोखा नगरपालिकाको क्षेत्र भएकोले नगरपालिकाले नै यस्तो गतिविधि नियन्त्रण गर्न योजना बनाउनै पर्छ । नत्र टोखा नगरपालिकाले सेक्स टुरिजमको विकास गर्न खोजेको पुष्टि हुनेछ । यस्तो कुरा पुष्टि भयो भने हामी सबैको इज्जत माटोमा मिल्नेछ । उता मान्छेहरु बजारक्षेत्रमा हुने गरेका यौनधन्दाहरुमा होटेल ब्यवसायी,यौनकर्मी र प्रहरीको मिलेमतो रहेको आशंका गर्नेर्छन् ।

मानौं कुनै ठाउँ कोही रंगेहात समातियो भने प्रहरीले समाएर लैजान्छ तर तिनलाई कारवाही भएको देखिँदैन । यस्तोखाले समस्या प्रहरीले नै सुल्झाउँछ भनेर स्थानीयहरु कानमा तेल हालेर बसेका छन् । तर यस्तो समस्याको समाधान प्रहरीले मात्र गर्न सक्दैन । समुदायका सबै जिम्मेवार सदस्यहरुले मिलेर यस्ता समस्या हटाउनु पर्छ । त्यसैगरी टोखानगरपालिका भित्र पर्ने गोंगबु वरपर लागुऔषधपनि बिक्रीवितरण भएको पाइएको छ । यो क्षेत्रमा लगभग २५० जति साना ठूला औषधी पसलहरु छन् ।

ती मध्य आधाजसोले औषधी विक्री गर्ने अनुमति नलिएको अनुमान गरिएको छ । तर उनीहरुले बिना जाँच अनुमानको आधारमा बिरामीहरुलाई औषधी बिक्री गरिरहेका छन् । बिना जाँच बिक्री गरिएका औषधीहरुले मान्छेको शरिरमा लागुपदार्थकोरुपमा काम गर्न थाल्यो भने मान्छेको शरिरको हालत के हुन्छ ?

अनि त त्यसरी बिक्री भएका औषधीहरुलाई लागुऔषध भन्नुपर्ने हुन्छ । साथै रोग निको पार्नकोलागि खाएको औषधील लागु औषधको काम गर्न थाल्यो भने वास्तविक लागु औषधको बिक्रीको बेचविखन झन बढ्छ । यदि त्यसो भयो भने समाज बर्बाद हुन्छ । नगरपालिका तथा प्रहरीले यो समस्या चाँडै हल गर्नेतिर नसोच्ने हो भने समस्या झन विकराल भएर जान्छ । हाल समाजमा साना साना केटाकेटीहरुपनि नसालु पदार्थ सेवन रिरहेको देखिन्छ ।

यसले विकराल रुप लिनेवाला छ । यसो भयोभने काठमाडौंको टोखा नगरपालिका लागुपदार्थ र यौनधन्दाको केन्द्र बन्ने भयो । अनि यस्ता कार्यहरु बढ्दै गएभने यो क्षेत्र भोली अपराधिक घटनाको पनि केन्द्र बन्नसक्छ । टोखा नगरपालिकाले यसबारेमा चाँडै नै सोंच्नुपर्ने बेला आएको छ ।

हाल पनि नयाँ बसपार्क क्षेत्र अपराधीहरु लुक्ने, योजना बनाउने सुरक्षित क्षेत्रकोरुपमा चिनिएको छ । प्रहरीले जतिपनि अपराधी समाउँछ, धेरैजसो यही क्षेत्रबाट समाउँछ । यसबाट टोखानगर र काठमाडौंकै इज्जत बचाउन गाह्रो हुनेवाला छ । यस्तो काममा तत्काल पहल नथालेर टोखा नगरपालिका सुतेर बस्न मिल्दैन । यो कुरा नियन्त्रण गर्ने र व्यवस्थित गर्ने काम राज्यको हो । जनताले त सहभागिता जनाउने हो । 

file photo

बिहि, अशोज २, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

यूवराज खतिवडाको ग्राण्ड डिजाईनमा डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि लगाएका सतही आरोपहरुको छानविन गठित समितिका सदस्यले राजीनामा दिए।

अर्थमन्त्री डा. यूवराज खतिवडाको ग्राण्ड डिजाईनमा डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि सरकारले लगाएका सतही आरोपहरुको छानविन गठित समितिका सदस्य रामजी रेग्मीले १६ दिनपछि राजीनामा दिएका छन् । सरकारले डेपुटी गभर्नर श्रेष्ठ बिरुद्ध तथ्यबिहीन आरोप लगाउँदै राष्ट्र बैंक सञ्चालक समितिलाई छानविन गर्न निर्देशन दिएको थियो । गत कार्तिक...

भारतबाट चितवनसम्म पाइपलाइनबाटै डिजेल र ग्यास

भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाटै ल्याउने भएको छ । भारत मोतीहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाइन निर्माण गर्न निगम र इन्डियन आयल कर्पोरेसन(आइओसी)बीच सहमति भएको छ । करिब २५ अर्ब रुपैयाँ लागतमा ग्यास, पेट्रोलियम पाइपलाइन...

नेपालको हिटलरले पोलीग्राफ परिक्षण गर्न अस्वीकार

बम बनाउँदै गर्दा पड्केर घाइते भएकाहरूलाई इँटाभटामा ज्युँदै पोलेर मारेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले पोलीग्राफ परिक्षण गर्न अस्वीकार गरेका छन्। ‘हामीले पोलिग्राफ टेस्ट गर्न उहाँको सहमती खोजेका थियौं तर उहाँले मान्नु भएन’, प्रहरी  भन्यो। यसलाई भरपर्दो प्रमाण नमानिए पनि कुनै व्यक्तिले घटनाका बारेमा...

सालको पातको व्यापारले प्रभाव पारेको नाला बजार

एक समय थियो अनेकोटबाट सालको पात नाला बजार हुंदै भक्तपुरमा लैजान्थ्यो / अनेकोटका तामाङ्ग जातिले डोकोमा बोकेर ल्याउन्थे / दैनिक जसो ५०/६० भारी बोकेर ल्याउन्थे / छालाको नाम्लोले  बोकेर झन्डै ३० किलो मिटरको गह्रंगो भारी बोक्नुको कम्ताको दुख थिएन /तैपनि उनीहरुको मुस्कानमा खुशी नै भए...

बैंकको सिस्टम ह्याक गरेर डेढ करोड निकालिएको घटनामा नयाँ खुलासा

काठमाडौं। कृषि विकास बैंकको सिस्टम ह्याक गरेर डेढ करोड निकालिएको घटनामा नयाँ खुलासा भएको छ । खासमा यो निकालिएको रकम लुटको ‘मास्टरप्लान’को सानो हिस्सा मात्र थियो । लुटमा मुख्य ‘मास्टरमाइण्ड’ले नेपाली बैंकबाट पूरै ५ अर्ब रुपैयाँ लुट्ने योजना बनाएका थिए । उनले यो ‘मास्टरप्लान’लाई मुम्बइमा...

बैंकको विश्वास गर्दा सडकबास हुने भो

काठमाडौं । बैंकले जमान गरेअनुसार भुक्तानी नदिएका कारण मेरो सबै श्रीसम्पत्ति अहिले लिलामको प्रक्रियामा छ, मेरो सडकको बास हुँदै छ। ‘बैंक पनि साथी पनि’ भन्ने बैंकको भनाइ झूटो रहेछ। एनआईसी एसिया बैंकले मलाई १ करोड ६० लाख ऋण दिन्छु भन्यो। २०७५ साल साउनको कुरा हो। यसअघि...